डा. केसीलाई जबर्जस्ती नियन्त्रणमा लिनु राज्यको निर्लज्जता - डा. शेखर कोइराला

फाइल तस्वीर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले डा. गोविन्द केसीलाई अपहरण शैलीमा प्रहरीले नियन्त्रणमा लिएकोमा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै डा. कोइरालाले शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न पाउने संवैधानिक हकमाथिको राज्यको बर्बरता तत्काल बन्द गर्न आग्रह गरेका हुन् ।


Advertisement

'सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई प्रहरी प्रशासनले अभद्र व्यवहार गर्दै जसरी अपहरण शैलीमा नियन्त्रणमा लियो त्यो अत्यन्तै आपत्तिजनक र निन्दनीय छ,' उनले लेखेका छन्, 'नागरिकले शान्तिपूर्ण रुपमा आफ्ना माग राख्न पाउने संवैधानिक हक माथीको राज्यको यस्तो निर्लज्जता र बर्बरता काम तुरुन्तै बन्द गरियोस ।'

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्