कात्तिक २५, २०८०
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
आत्महत्या विश्वमै एउटा ठूलो समस्या बनेर उदाएको छ ।
मान्छेले आत्महत्या किन गर्छ र कसरी रोक्न सकिन्छ भनेर विश्वमा धेरै मनोरोग विशेषज्ञहरू अध्ययन अनुसन्धानमा जुटिरहेका छन्, तर कुनै आत्महत्या समाधानको कुनै एक ठोस निष्कर्षमा पुगिसकेका छैनन् ।
कोही कसैले आत्महत्याको बारेमा सोचिरहेको छ भने उसले केही दिनअघि देखि नै संकेतहरू देखाउन शुरू गर्छ । आत्महत्याबारे लेखिएका कतिपय जर्नलहरूमा ती संकेतका बारेमा लेखिएको छ ।
आत्महत्या गर्न चाहनेले देखाउने पहिलो संकेत हो उसमा देखिने भावनात्मक परिवर्तन । जब कसैले आत्महत्याका बारेमा सोचेको हुन्छ उसको मनोभावमा परिवर्तन आउँछ । उसले हरेक कुरा फरक कोणबाट सोच्न शुरू गर्छ ।
यो संकेत परिवार र नजिकका साथीहरूले अनुभव गर्न सक्छन् । यदि सही समयमा यस्ता संकेत देखियो भने आत्महत्याबाट जोगाउन सकिन्छ ।
आत्महत्या गर्न चाहनेले देखाउने अर्को संकेत भनेको मृत्युको बारेमा बढी कुरा गर्न खोज्नु हो ।
'म मरेपछि के होला ? मान्छे मर्नकै लागि जन्मिने हो भने किन जन्मिएको होला ?' जस्ता प्रश्नहरू आफूनिकटका व्यक्तिहरूसँग उसले गर्न शुरू गर्छ ।
आत्महत्या गर्नेले देखाउने अर्को संकेत हो, महत्त्वपूर्ण व्यक्तिहरूसँग कुरा गर्न चाहनु ।
उसलाई जब आफ्नो जिन्दगीदेखि विरक्त लाग्छ र मृत्यु नै विकल्प हो भन्ने सोच्छ त्यतिबेला सबैलाई हाई हेलो गरौँ न त भन्ने दिमागमा आउँछ ।
उसले लिस्ट नै बनाएर आफू नजिकका केही महत्त्वपूर्ण व्यक्तिहरूसँग कुराकानी गर्न शुरू गर्छ । यस्तो कुराकानी कुनै विषयकेन्द्रित भने हुँदैन ।
किन भेट्नु भनेर कसैले सोध्यो भने उसले '२ दिनको जिन्दगी हो, यसो भेटघाट गरौँ न' भन्ने जवाफ दिन्छ ।
आत्महत्या गर्न चाहने व्यक्तिले देखाउने अर्को संकेत हो - सुत्ने समय परिवर्तन हुनु । उ ढिलो सुत्ने गरेको छ भने चाँडो सुत्न थाल्छ । बिहान छिटो उठ्ने गरेको छ भने उ ढिलो उठ्न थाल्छ । यस्तो संकेत परिवारका सदस्यहरूले तत्काल पत्ता लगाउन सक्छन् र समयमै उसलाई के समस्या परेको हो सोधेर समाधान गर्न सक्छन् ।
सुत्ने मात्र होइन, आत्महत्या गर्न चाहनेले खाने समय र छनोट पनि परिवर्तन गर्छ । उसले नयाँ नयाँ खानाहरू खाने मन गर्न सक्छ । कहिले धेरै खाने र कहिले खाँदै नखाने जस्तो संकेत देखाउन सक्छ ।
आत्महत्या गर्न चाहनेले रक्सी, चुरोट या अन्य कुलतमा लागिसकेको छ भने त्यसलाई जबर्जस्ती छोड्ने प्रयास गर्न सक्छ ।
यदि कुलतमा फसेको छैन भने त्यस्ता चीजहरू सेवन गर्न शुरू गरेको हुन सक्छ । त्यस्ता चीजहरू सेवन गर्ने काम उसले एक दुई दिनमै गर्छ ।
अर्को महत्त्वपूर्ण संकेत हो - एकान्तमा हराउनु । आत्महत्या गर्न चाहनेले एकान्त ठाउँ रोज्छ । रुन्छ । आफ्नो कमजोरीका बारेमा एक्लै कुरा गर्छ । उसले एक्लै हुँदा इन्टरनेट सर्च पनि गर्न सक्छ ।
पहिल्यै आत्महत्या गरेका व्यक्तिहरूको बारेमा खोजेर पढ्न शुरू गर्न सक्छ । आत्महत्या गरेपछि परिवारमा के होला भन्ने कोणबाट पनि उसले एक्लै हुँदा सोचिरहेको हुन्छ ।
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...