×

NMB BANK
NIC ASIA

ममता बनर्जीलाई कोभिड सारिदिने भाजपा नेताको भनाइ, उजुरी दर्ता

असोज १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आफूलाई कोरोना लागेमा भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीलाई अँगालो हालेर सारिदिने भनी भारतीय जनता पार्टीका राष्ट्रिय सचिव अनुपम हाजराले विवादास्पद बयान दिएका छन् ।

Muktinath Bank

कोभिड–१९ का रोगीको परिवारको पीडा बुझाउनका लागि यस्तो गर्न खोजेको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको यस टिप्पणीका विरुद्ध तृणमूल कांग्रेस सिलिगुडीले प्रहरीमा एक उजुरी दर्ता गरेको छ । 


Advertisment
Nabil box
Kumari

आइतवार बेलुका बरुइपुरमा आयोजित भाजपाको एक कार्यक्रममा उनले विवादास्पद बयान दिएका हुन् । 

Vianet communication
Laxmi Bank

‘हाम्रा कार्यकर्ताहरू कोरोनाभन्दा ठूला शत्रुविरुद्ध लडिरहेका छन् । ममता बनर्जीविरुद्ध उनीहरू लडिरहेका छन् । भाजपा क्याडरहरू ममता बनर्जीविरुद्ध मास्क नलगाइकन लड्न सफल भएका छन् भने कोरोनाविरुद्ध पनि मास्क नलगाइकन लड्न सफल हुनेछन्,’ उनले भने । 

‘मलाई कोरोनाभाइरस लाग्यो भने ममता बनर्जीलाई गएर अँगालो हाल्ने निर्णय लिएको छु,’ उनले भने । 
 

हाजरा पहिले तृणमूल कांग्रेसका विधायक थिए र पोहोर साल उनले भाजपामा प्रवेश गरेका हुन् । कोभिड–१९ बाट मरेकाहरूलाई राज्यले गरेको दाहसंस्कार दयनीय भएको उनले बताए । 

उनले रोगीहरूलाई दयामाया देखाइनन् । उनीहरूको शरीर मट्टीतेल लगाएर डढाइयो । छोराहरूलाई कोडिका कारण मरेका आमाबुवाको अनुहार हेर्न समेत दिइएन । हामी मरेका कुकुर बिरालालाई पनि त्यस्तो व्यवहार गर्दैनौं,’ उनले भने । 
 

तृणमूल कांग्रेसका वरिष्ठ नेता सौगातो रोयले हाजराको टिप्पणीको भर्त्सना गरे र यसले भाजपाको सोचलाई प्रतिबिम्बित गर्ने बताए । 

दलको सिलिगुडी इकाइले हाजराविरुद्ध जुलूस निकाल्यो र उनीविरुद्ध प्रहरीमा उजुरी समेत दियो ।

ममता बनर्जीले नरेन्द्र मोदीलाई अपमानजनक शब्द प्रयोग गर्ने गरेको भन्दै हाजराले आफ्नो बचाउको प्रयास गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x