×

NMB BANK
NIC ASIA

विज्ञहरू भन्छन्– कोरोनासँग बाँच्न सिकौं, विगतको जस्तो सामान्य अवस्था कल्पना मात्र

असोज १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सन् २०२० सकिन अब तीन महिना मात्र बाँकी छ र सन् २०२१ मा पनि कोरोनाको कहर कायम रहिरहने देखिन्छ । एउटा कुरा थाहा पाइराख्नुस्– स्थिति कहिले पनि विगतको सामान्यतर्फ फर्किने छैन र नयाँ सामान्यलाई अँगाल्नुको विकल्प छैन । 

Muktinath Bank

यस वर्षले ल्याएका परिवर्तनहरू स्थायी हुन् कि हैनन् भन्ने कुरा हामी बिस्तारै थाहा पाउँदैछौं । हामीमध्येका भाग्यमानीहरूले घरैबाट काम गर्न पाउनेछौं । हामी किराना पसल कमै जानेछौं तर धेरै खर्च गर्नेछौं । सार्वजनिक


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाडीमा मास्क लगाएर चढ्नु सामान्य हुनेछ । हात मिलाउने र अँगालो हाल्ने काम घट्नेछ । हाम्रा दैनिक अन्तर्क्रियाहरू आमनेसामने रहेर कम, भिडियोमार्फत बढी हुनेछ । 


Advertisment
Nabil box
Kumari

‘६ महिनामा पाँच वर्ष बराबरको परिवर्तन’ यस महामारीको साझा नारा हो । महामारीले जीवनै उथलपुथल बनाएको छ । जागिरहरू गुमेका छन् र नातेदारहरू एक्लै परेका छन् । 

Vianet communication
Laxmi Bank

‘स्थिति सामान्य बन्छ भनी ढोङ गर्ने राजनीतिकर्मीहरू आफैंलाई वा आफ्ना अनुयायीलाई मूर्ख बनाइरहेका छन्,’ अमेरिकाको मासाचुसेट्समा रहेको बाबसन कलेजमा सूचना प्रविधि तथा व्यवस्थापन अध्यापन गर्ने टमस ड्याभनपोर्टले बताए । 

‘त्रासदी भोगेका मानिसहरू पछिपछि गएर पहिलेकै खुशीको स्तरमा फर्कन्छन्,’ ड्याभेनपोर्टले भने । ‘तर कोभिड–१९ अलि फरक छ किनकि हामी यो छिट्टै अन्त्य होस् भनी अपेक्षा गरिरहेका छौं । त्यसैले यसका विषयमा दृष्टिकोण स्थायी रूपमा परिवर्तन गर्ने कुनै आवश्यकता छैन ।’

कुनै पनि परिवर्तन अस्थायी हुन्छ भन्ने विश्वास राख्नु मानव प्रवृत्ति हो । अनि भविष्य विगत जस्तै हुन्छ भन्ने सोचलाई ‘सामान्यप्रतिको पक्षपात’ (नर्मल्सी बायस) भनिन्छ ।  

परिवर्तनसँग आफूलाई अनुकूल नबनाउनेहरूले विगतको सामान्य अवस्था फर्कन्छ भन्ने सोच राख्छन् र आफ्नो नियमित व्यवहारमा परिवर्तन गर्न ढिलाइ गर्छन् । मास्क लगाउन नमान्नेहरू नर्मल्सी बायसको दोषी हुन सक्ने ड्याभेनपोर्ट बताउँछन् किनकि उनीहरू अहिलेको अवस्था छिट्टै बितेर जानेछ र यसलाई अँगाल्नुपर्दैन भन्ने सोच्छन् । 

तर हाम्रो मस्तिष्कका तन्तुहरूले जीवन बाँच्नेतिरै जोड दिन्छन् । हाम्रा मस्तिष्कका केही भागले परिवर्तनको प्रतिकार गरेर विपतहरू छिट्टै बित्नेछन् भन्ठाने पनि मस्तिष्कको अर्को दह्रो भागले नयाँ सामान्य अवस्थालाई चाँडै अँगाल्छ ।

हाम्रो दिमागको तन्तुले हामीलाई निराश रहन दिँदैन । ‘हामी सोचेभन्दा बढी पुनरुत्थानशील छौं ।’

सीएनएनबाट 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x