×

NMB BANK
NIC ASIA

काठमाडौं, २६ वैशाख— काठमाडौंको उत्तर पश्चिममा रहेको तारकेश्वर नगरपालिका, गोलढुंगाका स्थानीय नारायण महर्जन दिनभरि घरमै बसिरहेका हुन्छन् ।

उता मुख्य सडकमा प्रायः सबैजसो पार्टीका नेता भोट माग्दै नाच्दै रमाइलो गर्दै आउँछन् । कुनै समूह पार्टीका गीतमा नाच्दै गाउँदै आउँछन् । कुनै समूह बाइकमा हुरुरु आउँछन् । हल्ला गर्छन् र जान्छन् ।



चुनावले तारकेश्वर नगरपालिकाका धेरैजसो टोल तातेका छन् । चोकचोकमा मात्र होइन, प्रायःजसो घर, बाटोमा देखिने सबै खम्बामा समेत विभिन्न पार्टीका झण्डाहरू देखिएका छन् । जताततै चुनाव लागेको छ । विभिन्न पार्टीका नेताहरू टोलटोलमा भोट माग्न आएका छन् । स्थानीयसँग सेल्फीसमेत खिचाइरहेका छन् ।

सिन्धुपाल्चोक खाडीचौरका गोविन्द पराजुली चोकमा होटल गरेर बसेका छन् । उनको होटलमा जम्मा हुने धेरैले चुनावकै बारेमा कुरा गरेको उनी सुनाउँछन् ।

‘यहाँको चहलपहल बाक्लै छ । खासगरी एमालेको बढी चर्चा भएको छ यो टोलमा,’ चिया बनाउँदै गरेका पराजुली सुनाउँछन्, ‘केही दिनमा म पनि भोट हाल्न गाउँतिर जाँदैछु । यताको माहोलले गाउँ गएर भोट हालौं हालौं बनाएको छ ।’

तर उनको गाउँमा एकाधले बाहेक अरूले भूकम्पले भत्काएको घर ठड्याउन सकेका छैनन् । कुन पार्टीलाई भोट हाल्ने भन्ने अन्योलमा छन् उनी ।

शुद्ध खानेपानीदेखि स्मार्ट सिटीसम्म



वडावडाबाट उठेका अध्यक्ष तथा नगरपालिकाका मेयरले आफ्ना प्रतिबद्धतापत्रमा शुद्ध खानेपानीदेखि ‘स्मार्ट सिटी’ सपना बाँडेका छन् । एमालेले तारकेश्वर नगरपालिकालाई सार्वजनिक यातायात, खोलानालाको संरक्षण, शान्ति सुरक्षाका लागि टोलटोलमा सुरक्षा साइरन लगायतका घोषणा गरेको छ ।

अन्य पार्टीका प्रतिबद्धता पत्र आकर्षक लाग्छन् । नेपाली कांग्रेसबाट मेयर पदमा उठेका श्रीराम थापाले आफ्नो प्रदिबद्धता पत्रमा तारकेश्वर नगरपालिकालाई स्मार्ट सिटी बनाउने घोषणा गरेका छन् ।

उनले पर्यटकीय नगरी बनाउने मात्र होइन, खानेपानी ढल निकासी जस्ता समस्यालाई पनि आफ्नो प्रतिबद्धतामा स्थान दिएका छन् ।

टोलटोलमा झण्डा, सवारीमा पनि लाग्यो चुनाव



काठमाडौंका प्रायः सबैजसो गाउँमा चुनावी माहोल तातेको छ । निजी तथा सार्वजनिक साधनमा समेत कुनै न कुनै झण्डाका पार्टीहरू फरफराइरहेका देखिन्छन् । चुनावले केटाकेटीदेखि वृद्धवृद्धामा समेत रौनक छाएको छ । मोटरसाइकल तथा साइकलमा सवार गर्ने धेरैले पार्टीको झण्डाको प्रचार गरेका छन् ।



टोलटोलमा देखिने चुनावी माहोलले तारकेश्वर नगरपालिका तातेको छ । स्थानीयहरूले नेताहरूको सम्मान पाएका छन् । पालैपालो भोट माग्दै आउने राजनीतिक पार्टीमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र नयाँ शक्तिको बढी चहलपहल भएको स्थानीय बताउँछन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x