बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
असोज २७, २०७७
कोरोनाभाइरस (कोभिड– १९) संक्रमित बिरामीहरूले अस्पतालका बेड भरिँदा होटल व्यवसाय चलायमान हुन थालेको छ ।
मुलुककै ठूला अस्पतालमा समेत जटिल प्रकृतिका नयाँ कोरोना संक्रमितका लागि बेड अभाव हुँदा संक्रमितहरू होटलतर्फ जान बाध्य भएका हुन् ।
कोरोना महामारीका कारण गत माघदेखि प्रभावित बनेको नेपालको होटल व्यवसाय महामारीकै बीचमा चलायमान हुन थालेको छ ।
मुलुकमा कोरोना संक्रमितहरूको संख्या १ लाख नाघिसकेको छ । दिनदिनै कोरोना संक्रमितको दर बढ्दै जाँदा अस्पतालमा बेड अभाव भएको अस्पतालहरूले बताउँदै आएका छन् ।
काठमाडौं उपत्यकामा रहेका अधिकांश सरकारी तथा निजी अस्पतालका बेडहरू भरिएका छन्, जसका कारण अन्य नयाँ संक्रमितहरू होटलमा क्वारेन्टीन तथा आइसोलेसनमा बस्न थालेका हुन् ।
वीर अस्पतालकै स्टाफहरूको बसाइ होटलमा
मुलुककै जेठो अस्पतालका रूपमा रहेको वीर अस्पतालमा पनि बेड अभाव भएको छ । जसका कारण कोरोनाका संक्रमितलाई त्यहाँ बेड पाउने अवस्था नरहेको अस्पतालले जनाएको छ । अस्पतालले हालसम्म जसोतसो बेडको व्यवस्थापन गर्दै आएको भएपनि अब भने नयाँ संक्रमितलाई बेड अभाव नै हुने देखिएको बताएको छ ।
अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले अस्पतालले अहिले जसोतसो बेड व्यवस्थापन गरेको भएपनि अब धान्न मुस्किल भइरहेको लोकान्तरलाई बताए । उनले भने, ‘हामीले अहिलेसम्म जसोतसो धानिरहेका छौं, तर बिस्तारै असहज हुँदै गएको छ ।’
अस्पतालले केही दिन अघिदेखि नै आफ्ना स्टाफहरूलाई होटलमा पठाइसकेको छ ।
‘कतिपय संक्रमण मुक्त भई फर्किसकेका छन् भने कतिपय अहिले पनि होटलको आइसोलेसनमै छन्,’ लोकान्तरसँग डा. सेञ्चुरीले भने ।
उनले अहिले खाली बेड नभएको भन्दै अब नयाँ संक्रमित आएको समयमा अरू अस्पतालमा जानुपर्ने बताए ।
उनले भने, ‘कोरोना संक्रमित राख्नका लागि पहिला हामीलाई फोन अर्थात् केही जानकारी आउँछ, यहाँ बेड छैन भनेपछि अन्त खोज्नुपर्ने हुन्छ । अहिले हाम्रोमा बेड खाली छैन ।’
उनका अनुसार, अस्पतालका ३० जनासम्म वा कहिले काहीँ त्योभन्दा थोरै स्टाफहरू होटल क्वारेन्टीनमा पठाउने गरिएको छ । ‘हाम्रो अस्पतालमा बेड खाली छैन, जसोतसो म्यानेज गरौं, बिरामीलाई बेड अभाव हुन नदिऔं भनेर हामीले संक्रमित स्टाफहरूलाई सुरक्षित रूपमा होटल आइसोलेसनमा राखेका हौं,’ उनले भने ।
उनले अस्पतालको बेड व्यवस्थापन गर्ने विषयमा सरकारले निर्णय गर्नुपर्ने बताए ।
यता निजी अस्पतालहरूले पनि बेड अभाव हुन थालेको बताउन थालेका छन् ।
एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिट्युसन अफ नेपाल (अफिन)का उपाध्यक्ष कुमार थापाले संक्रमितहरूको संख्या बढ्दै जाँदा अस्पतालमा बेड अभाव हुन थालेको बताए ।
विज्ञापन नै गरेर कोरोना संक्रमितलाई निम्ता !
अस्पतालहरूमा बेड भरिएसँगै होटलमा कोरोना संक्रमितको बास हुन थालेको छ ।
कतिपय होटलहरूले त क्वारेन्टीनका लागि हामीलाई सम्पर्क गर्नुहोस् भन्दै आफ्नो वेबसाइटमा सम्पर्क नम्बरसहितको सूचना राख्न थालिसकेका छन् ।
होटल सांग्रिला, होटल ट्रेकर्स होम लगायतले सूचना नै राखेर कोरोना संक्रमितलाई ‘निम्ता’ गरिरहेका छन् ।
होटल सांग्रीलाले क्वारेन्टीनमा बस्नका लागि भाइबर तथा ह्वाट्सएपमा सम्पर्क गर्नुहोस् भन्दै आफ्नो वेबसाइटमा मोबाइल नम्बर राखेको छ ।
सो नम्बरमा फोन गरेर बुझ्दा उसले अहिलेसम्म आफूहरूले पीसीआर नेगेटिभ आएकालाई मात्रै क्वारेन्टीनमा राख्ने गरेको दाबी गरेको छ ।
कान्तिपथको होटल एल्लो पगोडाले लक्षण भएका र नभएका संक्रमितलाई छुट्टाछुट्टै भवनमा राख्ने गरेको छ ।
होटलका एक कर्मचारीका अनुसार, सो होटलमा कोरोना संक्रमित भएकाहरूमध्ये लक्षण देखिएकालाई र लक्षण नभएकालाई छुट्टाछुट्टै आइसोलेसनको व्यवस्था छ ।
होटलले प्रतिव्यक्ति प्रतिदिनका दरले ६ हजार २ सय ७२ रूपैयाँ आइसोलेसन शुल्क लिन्छ । यस्तै दुई व्यक्ति बसेमा दुई जनाको ७ हजार ४ सय ५८ रुपैयाँ शुल्क लिन्छ ।
कर्मचारीले दिएको जानकारी अनुसार, होटलमा चिकित्सकको समेत सुविधा छ । चिकित्सकको सुविधा लिनका लागि ग्राहकले थप २ हजार प्रतिदिन शुल्क तिर्नुपर्नेछ । यद्यपि टेलिफोनमा मात्रै चिकित्सकसँग परामर्श लिने हो भने कुनै शुल्क लाग्ने छैन ।
होटलका अनुसार हालसम्म कोरोना संक्रमितमध्ये लक्षण देखिएका मात्रै एक सय जनाको हाराहारीमा सो होटलमा रहेका छन् ।
यस्तै ५० जनाभन्दा बढी लक्षण नदेखिएका संक्रमित पनि होटलमा रहेका छन् । उनीहरूको क्वारेन्टीन अलग–अलग बनाइएको होटलले जनाएको छ ।
यस्तै ठमेलमा रहेको होटल ट्रेकर्स होमले पनि क्वारेन्टीनमा बस्नका लागि सजिसजावट तरिकाले होटलको विज्ञापन गर्ने गरेको छ । ‘के तपाईंलाई कोरोना भाइरस पुष्टि भएको छ ? यदि छ भने आइसोलेसन रूमका लागि हामीलाई सम्झनुहोस्,’ उसले सामाजिक सञ्जालमा शेयर गरेको छ । जसमा सम्पर्क नम्बर सहित होटलभित्रको बेडसहितको कोठा देखाइएको छ ।
होटलले प्रतिदिन ४ हजार रुपैयाँका दरले कोरोना संक्रमितलाई आइसोलेसन रूम दिने गरेको पाइएको छ । होटलका एक कर्मचारीका अनुसार, १ जनाको ४ हजार (भ्याटबाहेक) र २ जनाका लागि ३/३ हजार (भ्याटबाहेक) शुल्क तिर्नुपर्ने हुन्छ ।
होटलले संक्रमितलाई आवश्यक परेका शुल्क लिएर चिकित्सकलाई उपलब्ध गराउने छ । चिकित्सकको निगरानीमा रहने हो भने संक्रमितले ‘पर भिजिट’ २ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने ती कर्मचारीले बताए ।
यी बाहेक अस्पताल आसपासका धेरै होटलहरूमा कोरोना संक्रमित राख्ने गरेको पाइएको छ ।
काठमाडौं सुन्धारा आसपासका होटलहरू, गौशाला, एयरपोर्ट नजिक रहेका होटलहरूमा पनि कोरोना संक्रमित राख्ने गरेको पाइएको राष्ट्रिय होटल व्यवसायी महासंघका एक पदाधिकारीले लोकान्तरलाई जानकारी दिए ।
कोराना महामारी शुरू भएसँगै सरकारले विदेशबाट उद्दार गरेर ल्याएका मानिसलाई होटल क्वारेन्टीनमा राख्दै आएको थियो, अहिले पनि त्यो जारी नै छ ।
उद्दार उडानमार्फत नेपाल आएकाहरूसँगै अहिले होटलले अस्पतालबाट कोरोना संक्रमितलाई लैजाने गरेको होटल व्यवसायीहरूले नै बताउन थालेका छन् ।
‘अस्पताल आसपासका अधिकांश होटलमा आपसी समझदारीमा कोरोना संक्रमित बस्ने गरेको पाइएको छ,’ एक होटल व्यवसायीले लोकान्तरसँग भने ।
अहिले होटलहरूमा विदेशबाट आउने मानिसभन्दा अस्पतालबाट गएका संक्रमितको संख्या धेरै रहेको छ ।
महासंघमा छैन खबर !
यद्यपि होटल व्यवसायी महासंघका बाग्मती प्रदेश महासचिव दामोदर नेपाल अहिलेसम्म अस्पतालबाट बिरामीहरू होटलमा बसेकोबारे जानकारी नआएको बताउँछन् ।
लोकान्तरसँग उनले भने, ‘पछिल्ला दिनहरूमा अस्पतालबाट बिरामी आएर होटलमा राखेको त जानकारी आएको छैन । त्यो राखेको हुँदा पनि जानकारी नपठाइएको हुन सक्छ । आफ्ना सम्पर्कमा गएर बसेकाहरू पनि हुन सक्छन्, हामी यसबारे बुझ्छौं ।’
यता होटल्स एसोसिएसन नेपाल (हान)का उपाध्यक्ष विनायक शाह कोरोना संक्रमितहरू होटलमा बस्ने गरेको कुरा आइरहेको भएपनि आधिकारिक रूपमा यसबारे होटलहरूले हानलाई जानकारी नगराएको बताउँछन् ।
उनले भने, ‘सरकारले संक्रमित केस राख्न दिएको छैन, हामीलाई पनि जोखिम हुन्छ । हामीकहाँ यस्तो छैन ।’
आर्थिक रूपमा सहज
महामारीका कारण आर्थिक संकटमा परेका होटल व्यवसायीहरू अहिले भने केही व्यापार भएको बताउँछन् । अस्पतालबाट आएका बिरामीहरूलाई सेवासुविधासहित होटलमा राख्दा आर्थिक रूपमा केही सहज भएको व्यवसायीहरू बताउँछन् ।
लोकान्तरसँग एक होटल व्यवसायीले भने, ‘गत माघदेखि बन्द हुँदा समस्या भइरहेको थियो, अहिले घरभाडा र कर्मचारीलाई तलब दिन सक्ने हुँदैछौं ।’
उनले सुरक्षित तबरले होटलहरूले संक्रमितलाई आइसोलेसनको सुविधा दिँदा राज्यलाई नै सहज हुने बताउँदै यसमा राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए ।
बेडको व्यवस्थापन कहिले ?
कोरोना संक्रमित बढ्दै जाँदा अस्पतालहरूमा बेडको अभाव हुन थालिसकेको छ । तर यसको व्यवस्थापन गर्न सरकारलाई हम्मेहम्मे परिरहेको छ । यद्यपि सरकारले पनि होटलहरूसँग सहकार्य गरेर अगाडि बढ्ने नीति लिने तयारी गरिरहेको बताएको छ ।
कोभिड १९ क्राइसिस् म्यानेजमेन्ट सेन्टरका प्रवक्ता महेन्द्र गुरागाईंले नयाँ पूर्वाधार थप्न खर्च बढी लाग्ने भन्दै अहिले मुलुकमा भएकै स्रोत साधनको प्रयोग गर्नेतर्फ सरकारले सोचेको बताए ।
उनले लोकान्तरसँग भने, ‘नयाँ पूर्वाधार बनाउन खर्च हुन्छ, जे छ त्यसलाई प्रयोग गर्ने नीति छ । होटलहरूबाट पनि कुरा आइरहेको छ, हामी यसलाई छिट्टै व्यवस्थापन गर्छाैं ।’
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...