×

NMB BANK
NIC ASIA

संकट टरेपछि मुख्यमन्त्री शाही निवासमा खुशीयाली, स्याउ–केरा बाँडियो

असोज २७, २०७७

NTC
Premier Steels

कर्णाली प्रदेशसभा दलको कार्यालयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावपछि उत्पन्न संकट तत्काललाई टरेको देखिएको छ ।

Muktinath Bank

विपक्षमा हस्ताक्षर गरेकामध्ये केही सांसदलाई पक्षमा पार्न सफल भएपछि मुख्यमन्त्री शाहीमाथि आइलागेको संकट टरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संकट टरेपछि सुर्खेतको वीरेन्द्रनगर–७ इत्रामस्थित मुख्यमन्त्री शाहीको निवासमा प्रदेशसभा सदस्य, कार्यकर्ता र समर्थकको भीड लागेको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका प्रकाश ज्वालासहित ८ जनामध्ये ७ जनालाई सरकारको पक्षमा ल्याएपछि शाही निवासमा खुसीयाली छाएको छ ।


Advertisment
Nabil box
Kumari

नेकपाका नेता कार्यकर्ता, नेकपा निकट पत्रकारदेखि प्रदेशसभा सांसदलाई सरकार जोगिएको भन्दै मुख्यमन्त्री निवासमा केरा र स्याउ बाँडिएको छ । मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा योजना मन्त्री नरेश भण्डारी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, सांसदहरू रातो कामी, विन्दमान विष्ट, गोपाल शर्मा लगायत मुख्यमन्त्री निवासमा भेला भएका छन् ।

Vianet communication

नेपाल पक्षका ४ जना मन्त्री

नेकपामा आएको विवादले नेपाल पक्षलाई फाइदा हुने देखिएको छ । विवाद समाधानका क्रममा प्रदेश सरकारमा ज्वालासहित ४ जनालाई मन्त्री बनाउने सहमति भएको छ । यसअघि नेपाल पक्षबाट ज्वाला मात्रै सरकारमा मन्त्री थिए ।

मुख्यमन्त्री शाहीलाई मन्त्रीका लागि ज्वालाले ४ जनाको नाम बुझाएका छन् । सुर्खेतकै सांसद पदमा खड्का, मुगुका चन्द्रबहादुर शाही, दैलेखका अम्मरबहादुर थापा र जाजरकोटका करवीर शाहीमध्ये ३ जना मन्त्री हुनेछन् । पूर्व माओवादीको तर्फबाट विन्दमान विष्ट मन्त्री बनेको अवस्थामा पदमा खड्का मन्त्री नहुने स्रोतको दाबी छ ।

उपसभामुख, दलको उपनेतामा सहमति खोजिँदै

स्रोतका अनुसार उपसभामुख पुष्पा घर्तीलाई अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने तयारी भएको सरकारका एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए । संसदीय दलको उपनेतामा कसलाई राख्ने भन्ने कुरा अहिले चलिरहेको मुख्यमन्त्री कार्यालय स्रोतले लोकान्तरलाई बतायो । 

अविश्वासको प्रस्ताव दर्ता गराउने पक्षको बैठक बस्न नसकेपछि विपक्षमा लागेका ३ जना पूर्व माओवादी सांसद मुख्यमन्त्रीकै सर्मथनमा फर्किन लागेको स्रोतको दाबी छ । त्यसका लागि पूर्व सांसद नरबहादुर विष्ट, नेकपा जिल्ला कमिटी सुर्खेतका सचिव कृष्णबहादुर विसी लगायतको टीम परिचालन भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x