×

NMB BANK
NIC ASIA

बझाङको सैपालका च्यांग्रा यसरी पुग्छन् पोखराको बजारसम्म

कात्तिक ४, २०७७

NTC
फाइल फोटो
Premier Steels

सुदूरपश्चिमको पहाडी जिल्ला बझाङस्थित सैपाल हिमालको फेदको गाउँ धलनका उब्जन बोहरा बिक्रीका लागि भेंडा/च्यांग्रा लैजाँदै गर्दा कैलालीको अत्तरियामा भेटिए । व्यावसायिक रूपले भेडा/च्यांग्रा पालन गर्दै आएको साइपाल गाउँपालिका–१ धलनका बोहरा यस वर्ष दशैंमा लागि बिक्री गर्न ११२ वटा भेडा/च्यांग्रा लिएर पोखरा हिँडेका छन् ।

Muktinath Bank

बझाङ सदरमुकाम चैनपुरसम्म पुग्न २ दिन पैदल हिँडेर आएका बोहराले पोखरामा सैपालको भेडा/च्यांग्राको व्यापार लामो समयदेखि रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाम्रो सुदूरपश्चिममा दशैं तिहारजस्ता चाडपर्वमा खसीको मासुलाई बढी महत्त्व दिन्छन्,’ बोहराले भने, ‘भेडा/च्यांग्रामो माग पोखरा र काठमाडौंलगायत शहरमा बढी हुन्छ ।’ विगत ४ वर्षदेखि चाडपर्वका बेला भेडा/च्यांग्रा खरिद बिक्रीमा सक्रिय उनले ७ दिनको यात्रापछि पोखरा पुग्ने गरेको बताए ।


Advertisment
Nabil box
Kumari

‘बाटोमा चराउँदै लैजाँदा ७ दिनमा भेडा/च्यांग्रा पोखरा पुर्‍याउँछौं,’ उनले भने, ‘सुदूरपश्चिममा यसको माग छैन ।’ सैपालका स्थानीय अधिकांशले भेडा/च्यांग्रा पालनलाई मुख्य व्यवसाय बनाउँदै आएका छन् । २ दिनअघि मात्रै ६ ट्रक भेडा/च्यांग्रा पोखराका लागि यहाँबाट हिँडेका छन् ।

Vianet communication

कोरोना भाइरस महामारीका बेला भेडा/च्यांग्रा व्यापार समेत प्रभावित हुने अवस्थामा पुगेको बोहराको भनाइ छ । ‘सैपालमा च्यांग्राको ओजन हेरेर १९ हजारदेखि २७ हजारसम्म खरिद गरेर ल्याएको छु,’ उनले भने, ‘यो व्यापारमा कहिले नाफा त कहिले घाटा पनि हुन्छ ।’ उनले पूरै गाउँपालिकाभरका किसान लामो समयदेखि च्यांग्रा पालन गर्दै आएको बताए ।

स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि सैपालमा विकासका योजना अघि बढिरहेका छन् । स्थानीय सरकार आइसकेपछि सडक पुर्वाभारसित सैपाल जोडिने क्रममा रहेको उनको भनाइ छ । चीनको उरै नाका नजिक पर्ने सैपाल गाउँपालिकाका किसान भेडा/च्यांग्रा चराउन चीनको भूमिसम्म जाने गरेको बोहराको भनाइ छ ।

‘चीनको सीमा क्षेत्रका गाउँका चिनियाँ पनि गाईवस्तु चराउन हाम्रोमा आउँछन्,’ उनले भने, ‘हिमालमा भेडा/च्यांग्रा पालन गर्न सहज भने छैन ।’ सैपालमा गहुँ, जौ र आलु फल्ने गरेको छ । स्थानीय बढीजसो भेडा/च्यांग्रा बिक्री गरेर परिवारको खर्च चलाउने गरेका छन् ।

‘दशैंमा पोखरासितको च्यांग्रा व्यापारले हाम्रो वर्षभरिको खर्च चल्छ,’ उनले भने, ‘पोखराबाट पनि दशैंमा च्यांग्रा माग गर्दै धेरै फोन आउँछन् ।’ बझाङबाट पोखरा पुर्‍याएबापत प्रतिट्रक ७० देखि ८० हजार ढुवानी खर्च लाग्ने गरेको छ ।

साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले सैपालका किसानले वार्षिक डेढदेखि २ करोडको भेडा/च्यांग्राको व्यापार गर्ने गरेको बताए । ‘पहिले स्थानीयस्तरमै भेडा खाद्यान्न ढुवानीमा बढी प्रयोग गरिन्थ्यो,’ अध्यक्ष धामीले भने, ‘गाउँपालिकाका ५० प्रतिशतले भेडा/च्यांग्रा पालनमा लागेका छन् ।’ ५ वडा रहेको साइपाल गाउँपालिकाको जनसंख्या ३ हजार रहेको छ ।

विगतमा भेडा/च्यांग्राको व्यापार सन्तोषजनक नरहे पनि २०७३ सालयता भने पोखरा र काठमाडौं बिक्रीका लागि लैजान थालिएको अध्यक्ष धामीको भनाइ छ । उनले भेडा/च्यांग्रा पालनमा सक्रिय किसानलाई संघ र प्रदेश सरकारबाट अनुदान दिने विषयमा कुराकानी भइरहेको बताए ।

‘यहाँ स्थानीयले जडीबुटीको व्यापार पनि छिमेकी मुलुक चीनसित गर्दै आएका छन्,’ उनले भने, ‘चैनपुरबाट यहाँ पुग्न हिँडेर २ देखि ३ दिन लाग्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x