×

NMB BANK
NIC ASIA

दशैँमा पनि गुडेनन् सबै बस

कात्तिक ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दशैँको छैटौँ दिन बितिसक्दा पनि पूरै सङ्ख्याका लामो तथा मध्यम दूरीका सार्वजनिक बस सञ्चालन हुन सकेनन् । गत चैत ११ देखि थन्किएका बस साउन ७ गते बन्दाबन्दी खुलेपछि चलाउन अनुमति पाए पनि यात्रु नपाएर ग्यारेजमै थन्किएका छन् ।

Muktinath Bank

सामान्य अवस्थामा दिनमा नयाँ बसपार्कबाट मात्रै दैनिक २५ सय बस बाहिरिन्थे तर हाल दशैँको अवसरमा पनि दैनिक छ सय बस मात्र बाहिरिएका छन् । यात्रु नभएका कारण बस कम चलेका हुन् । कोरोनाको बन्दाबन्दीपछि यात्रुको रोजाइ बसभन्दा पनि हवाई यातायात परेको छ । ट्राफिक प्रहरीका अनुसार असोज १ देखि कात्तिक ४ सम्म काठमाडौँ उपत्यकाबाट एक लाख ५२ हजार ६३८ सवारीसाधन बाहिरिए । विगतका वर्षमा झन्डै ३० लाख मानिस राजधानीबाट बाहिरिने गर्दथे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी एक महिनामा छ लाख ७० हजार ८१ यात्रु काठमाडौँबाट बाहिरिए भने एक लाख ५३ हजार ६१० सवारीसाधनबाट छ लाख २० हजार ८९ भित्रिए । यही कारण दशैँको चलपहलले यातायात व्यवसायलाई छोएको छैन । हाल जम्मा ४० प्रतिशत मात्र बस चलेका छन् भने ६० प्रतिशत ग्यारेजमै थन्किएका छन् ।


Advertisment
Nabil box
Kumari

यात्रु नभएपछि सबै बस नचलाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । दशैँमा पनि यात्रुको चाप नभएपछि व्यवसायी अचम्मित छन् । व्यवसायबाटै पलायन हुने सम्भावना देखिएको सरोकारवालाको भनाइ छ ।

Vianet communication
Laxmi Bank

महासङ्घका महासचिव सरोज सिटौला भन्छन्, “परिस्थिति सोचेभन्दा बाहिर भयो । यतिसम्म होला भनेर सोचेकै थिएनौँ । ४० प्रतिशत मात्रै बस चलेका छन् अरू थन्किएका छन् । चलेकाको पनि खर्च धान्न सक्ने अवस्था छैन । ”

बजारमा चहलपहल भए पनि मानिसहरू यात्रा गर्न भने डराइरहेका छन् । अति आवश्यक काम परेका वा विदेशबाट आएकाबाहेक बसले यात्रु पाएका छैनन् । दशैँ मनाउन घर जाने भनेर बस चढ्नेको सङ्ख्या ३० प्रतिशत पनि नरहेको सिटौलाको दाबी छ । उनको भनाइ छ, “कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या झन्झन् बढिरहेको छ । ”

असोज १ बाट लामो तथा मध्यम दूरीका सार्वजनिक बस सञ्चालनमा ल्याउँदा ५० प्रतिशत भाडा बढाएर पूर्ण सिटको आधा यात्रु राख्ने गरी सरकारले व्यवस्था गरेको थियो तर कात्तिक १ देखि भने पुरानै भाडा कायम गरी पूर्ण सिट क्षमतामै यात्रु राख्न पाउने व्यवस्था भएको छ । गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x