×

NMB BANK
NIC ASIA

कोमल ओलीलाई प्रश्न : दशैंको राम्रो–नराम्रो पक्ष के–के हो ?

कात्तिक ७, २०७७

NTC
फाइल फोटो
Premier Steels

यो पटकको दशैं कसरी मनाउँदै हुनुहुन्छ ?

Muktinath Bank

घरमै परिवारसँग बसेर दशैं मनाउँदै छु । पहिलेजस्तो रमाइलो त नहोला तर, समय यस्तै छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो पटक दशैंमा मिस भएको कुरा के हो ?


Advertisment
Nabil box
Kumari

यसपटक मिस गरेको शुभकामना आदानप्रदानका समारोहहरू, साथीहरूसँगको भेटघाट र उनीहरूसँगका रमाइला कुराकानीहरू । टीका थाप्न जाने कार्यक्रमहरू, मेरो पार्टीको विशाल शुभकामना आदानप्रदान समारोह, यस्तै कुराहरू हुन् ।

Vianet communication

जिन्दगीको सबैभन्दा सम्झनलायक दशैं कुन होला ?

बाल्यकालको दशैं नै हो । हरेक दशैं मा नयाँ लुगा किन्नु र त्यो कपडा लगाएर गाउँभरि घुम्नु, अनि टीका थापेर पाएको पैसा पटक–पटक गन्नु र पैसाअनुसार के चिज किन्ने भनेर योजना बनाउनु लगायतका यादहरूका कारण मेरा लागि ती दशैंहरू आजपनि ताजा छन् । र, मानसपटलमा घुमिरहन्छन् ।

दशैंको सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो ?

धेरै कुराहरू महत्त्वपूर्ण छन् । यसका धार्मिक पक्ष, सांस्कृतिक पक्ष र सामाजिक पक्ष । यी तीनै पक्ष उत्तिकै महत्त्वपूर्ण छन् । धार्मिक सामाजिक सांस्कृतिक जे भनेपनि हाम्रा मान्यजनबाट टीका ग्रहण गरेर प्राप्त गर्ने आशिर्वाद नै हो । यसले सम्बन्धमा सद्भाव, मानव हृदयमा सहिष्णुता, मानिसमा अनुशासन निर्माण गर्छ भन्ने लाग्छ ।

दशैंमा सपिङ गर्ने बानी कत्तिको छ ?

पहिले–पहिले सपिङ गर्थें अब त गर्दिनँ । पहिलेकै जे छ त्यही लगाउँछु, सामान्य खानेकुरा खान्छु । म दशैंभर माछामासु खाँदिन त्यसैले अब त सबैकुराहरू छुटेका छन् ।  कहिलेकाहीँ बच्चाहरूलाई केही किनिदिन्छु । भाइबहिनीहरूलाई, मामुबुवालाई किनिदिन्छु । उपहार किनिदिन्छु । त्यति नै हो ।

दशैंको राम्रो–नराम्रो पक्ष के–के हो ?

दशैंका राम्रा पक्ष नै धेरै छन् । नराम्रा पक्ष खासै देख्दिनँ । पहिले हुने खानेलाई दशैं नहुनेहरूलाई दशा भनिन्थ्यो तर, आजभोलि मानिसहरूले बुझे, अब खासै त्यस्तो अवस्था छैन । सरकारले समाजवादउन्मुख अर्थनीति लिएको छ । संविधानमै किटान गरिएको छ भने अब सबैले बराबर रूपमा  दशैं मनाउने समय आउँदैछ । अब देखासिकी गरेर दशैं मनाउने अवस्था पनि छैन । मानिसले बुझेका छन् । मलाई अलिकति बलिपूजामा चित्त भारी हुन्छ । तर, चलिआएको प्रथालाई एकैपटक रोक्न पनि नसक्ने अवस्था छ । जब मानिसले बुझ्नेछन्, शायद त्यसपछि यसमा परिवर्तन आउन सक्ला । यही हो ।

दशैं मनाउने तरिका परिवर्तन हुँदै गएको जस्तो लाग्छ ?

समयानुसार दशैं मनाउने तरिका फरक होलान् । तर, धार्मिक र केही सामाजिक मूल्यमान्यता उही रहन्छन् र रहनुपर्छ । बाजेले नातिलाई नै हो टीका लगाइदिने नातिले बाजेलाई लगाइदिने दिन त नआउला । दशैंमा देवीकै पूजा आराधना गरिन्छ । त्यसैले खासै परिवर्तन नहोला । त्यही जुवातास खेल्नेचाहिँ परिवर्तन हुन सक्ला ।

दशैंका बेला खानपानमा खासै ध्यान दिएको पाइँदैन नि ?

दशैंमा अर्काे महत्त्वपूर्ण कुरा खानाका परिकारहरू नै हुन् । विशेष गरेर मासु त्यसमा पनि खसीको पक्कु, पहिले बनाएर लगातार खाइराख्ने । स्वास्थ्य राम्रो भए त खाँदा फरक पर्दैन । दशैं हो दुईचार दिन मज्जाले खान्छु भनेपनि फरक पर्दैन । आफ्नो स्वास्थ्य हेरेर खाने हो । खाएर फेरि परिवारलाई नै दुःख भएमा मज्जा आउँदैन । त्यसैले खानुस्, तर आफ्नो अवस्था हेरेर । अहिले त झन् कोरोना छ खानामा विषेश ध्यानदिनुर्‍यो । बिरामी भएपछि अस्पताल जानुपर्छ । दुःख हुन्छ आफूलाई, परिवारलाई साथीभाइ इष्टमित्र सबैलाई । त्यसैले यसपटक त झनै विशेष ध्यान दिनुपर्छ हामी सबैले खानपानमा ।

सानो छँदाको दशैं सम्झना कत्तिको याद गर्नुभएको छ ?

सानोमा पैसाको नै विशेष महत्त्व हुन्थ्यो । एकपटक मेरो हजुरबुवाले मलाई लुकाएर पैसा थप दिनुभएको थियो । त्यसपछि हजुरबुवा मलाई असाध्यै राम्रो लाग्न थाल्यो । जसले पैसा दिन्छ त्यो राम्रो लाग्ने त्यो बेलाको स्वभाव थियो । सानो छँदाका धेरै सम्झना छन् ।

दशैंका बेला सधैँ सम्झनामा आउने एउटा याद के हो ?

सानोमा गाउँमै हुँदा हामी खुबै पिङ खेल्थ्यौं । एकपटक पिङ खेल्दा धेरै माथिबाट चिप्लिएर डोरीमा झुन्डिए बचेँ । खस्न त खसिनँ ।  खसेको भए शायद ढाड पक्का भाँचिन्थ्यो । त्यसपछि खासै मच्चिएर पिङ खेल्दिनँ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x