अस्पतालको शौचालयका भित्तामा विपक्षी दलको झण्डाको रंग, भयो हंगामा

भारतको उत्तर प्रदेशमा रहेको गोरखपुरमा रेलवे अस्पतालको शौचालयका भित्तामा समाजवादी पार्टीको झण्डाको जस्तो रंग लगाइएको छ । 

समाजवादी पार्टीले यसमा घोर आपत्ति जनाएको छ र यसलाई तत्कालै सही बनाउन भनेको छ । 


Advertisement

बिहीवार पार्टीले ट्वीट गरेर यस विषयमा आपत्ति उठाएको थियो । ट्वीटमा लेखिएको छ, ‘दूषित सोच राख्ने सत्ताधीशहरूले राजनीतिक द्वेषका कारण गोरखपुर रेलवे अस्पतालको शौचालयका भित्तामा सपाको रंग लगाउनु लोकतन्त्रलाई कलंकित बनाउने लज्जास्पद घटना हो ।’

शौचालयमा रातो र हरियो रंगको टाइल लगाइएको देखिन्छ । त्यसपछि समाजवादी पार्टीले सत्तारूढ भाजपामाथि आक्रमण गरिरहेको छ । 


Advertisement

यस विषयमा उत्तर प्रदेश सरकार र भाजपाका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । राज्यसभा चुनावको माहौल बनिरहेको बेलामा यसले झगडा निम्त्याउन सक्ने देखिएको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्