×

NMB BANK
NIC ASIA

महामारीबीच उद्योगी-व्यवसायीको 'महाचुनाव', सहमतिमा अघि बढेर इतिहास रच्ने मौका !

कात्तिक २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना महामारीका बीच नेपाल उद्योग वाणिज्य महासंघ चुनावमा होमिएको छ । 

Muktinath Bank

मंसिर ११, १२ र १३ गतेका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै महासंघका पदाधिकारीहरू चुनावमा होमिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै महासंघको भावी अध्यक्ष हुने व्यवस्था छ, जसअनुसार अब वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघको नेतृत्व सम्हाल्दैछन् । 


Advertisment
Nabil box
Kumari

कोरोनाका कारण पर धकेलिएको महासंघको निर्वाचनमा यतिखेर सबैको चासो छ । ठूला औद्योगिक घरानादेखि स–साना उद्योगी समेतको संलग्नता रहेको महासंघको निर्वाचन प्रतिष्ठाको समेत केन्द्र हो । 

Vianet communication
Laxmi Bank

यसको नेतृत्व सम्हाल्न वा पदाधिकारी बन्न निकै नै रस्साकस्सी हुने गरेको छ । 

वरिष्ठ उपाध्यक्षमा कडा टक्कर

​महासंघको निर्वाचनमा २ प्यानल चुनावी मैदानमा उत्रिएका छन् । 

किशोर प्रधान र चन्द्र ढकालबीच वरिष्ठ उपाध्यक्ष पदमा कडा टक्कर पर्ने देखिएको छ । चुनावका लागि यी दुवै जनाले आफ्नो प्यानल सहित उम्मेदवारी घोषणा गरिसकेका छन् । 

कोरोना महामारीका कारण पटक–पटक सर्दै आएको महासंघको ५४औं महाधिवेशन अन्तिममा आएर मंसिर ११, १२ र १३ गते हुँदैछ ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा निजी क्षेत्रका उद्योगी व्यवसायीहरू चुनावमा केन्द्रित भएका हुन् । 

महासंघका उपाध्यक्ष ढकाल र प्रधान दुवै जनाले आ–आफ्नो जीत हुने दाबी गर्दै आएका छन् । 

ढकालको प्यानलमा उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षका लागि गुणनिधि तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एसोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघईले उम्मेदवारी घोषणा गरेका छन् । 

यस्तै प्रधानको प्यानलबाट जिल्ला नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फ उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसिएटतर्फ उपाध्यक्षमा सौरभ ज्योतिले प्रतिस्पर्धा गर्दैछन् । 

महासंघमा जिल्ला र नगरको ५० प्रतिशत, एसोसिएटको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत भोटिङ अधिकार हुन्छ ।

जिल्ला र नगरमा एक उपाध्यक्षसहित २६ जना, एसोसिएटमा एक उपाध्यक्षसहित १८ जना, वस्तुगतमा एक उपाध्यक्षसहित १४ जना निर्वाचित हुनेछन् । यस्तै महासंघमा जिल्ला र नगरमा १ सय ६, वस्तुगतमा १०१ र एसोसिएटमा ८ सय जना मतदाता छन् ।

सहमति गरेर इतिहास रच्ने अवसर

कोरोना महामारीका कारण मुलुकको आर्थिक क्षेत्र निकै धिमा भएको छ, जसका कारण अहिले सामान्य नागरिकसम्ममा दैनिक गुजारा टार्न धौधौ भइरहेको छ ।

यसबीचमा मुलुकमा लाखौंले रोजीरोटी गुमाएका छन् । महामारीका बीचमा अर्थतन्त्र चलायमान बनाउन केन्द्रित हुनुपर्ने निजी क्षेत्र यतिखेर चुनावी मैदानमा छ । 

विषम परिस्थितिका बीचमा महासंघमा चुनाव हुने र प्रतिस्पर्धीहरूबीच कडा रस्साकस्सी हुने हुनाले अहिलेको समय सान्दर्भिक नहुने विज्ञहरूले बताउन थालेका छन् ।

निजी क्षेत्रले यतिखेर आफ्नो मुद्दामा केन्द्रित भएर अर्थतन्त्र पुनरुत्थानमा लाग्नु आवश्यक हुने विज्ञहरूको भनाइ छ । 

सकेसम्म सर्वसम्मतिमा पदाधिकारी चयन गर्ने प्रयास भने महासंघका पदाधिकारीहरूले शुरू गरेका छन् ।

महासंघका पूर्वअध्यक्षहरूले सहमतिका लागि निरन्तर छलफल गर्दै र गराउँदै आइरहेको महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले लोकान्तरलाई बताए ।  

उनका अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि पूर्वअध्यक्षहरूको कदमलाई सकारात्मक रूपमा लिएका छन् र छलफललाई निष्कर्षमा पुर्‍याउन जोड दिएका छन् ।

उनले भने, ‘हामीले संस्थाको हितलाई ध्यानमा राखेर, अहिलेको परिस्थिति अनुकूल हुनेगरी छलफल गरिरहेका छौं, निष्कर्षमा पुर्‍याएरै छाड्छौं भन्ने आशा छ ।’

उनले दुवै प्यानलका पदाधिकारीहरूले सहमतिमा आएर अहिले महासंघलाई एकढिक्का बनाएर इतिहास रच्नुपर्ने बेला भएको भन्दै लोकान्तरसँग भने, ‘मेरो गोरुको बाह्रै टक्का’ भनेझैं गर्नुभएन, एउटाले त्याग गरेर अर्कालाई सहमति जनाउन सक्नुपर्छ, अहिले सहमति गरेर इतिहास रच्ने सुनौलो अवसर छ ।’

पूर्वअध्यक्षहरूले अहिले निकै नै छलफल चलाइरहेको भन्दै उनले छिट्टै दुवै प्यानलका पदाधिकारीहरूले एकैपटक बैठक बोलाउने र सहमतिका लागि छलफल चलाउने बताए । 

होला त सहमति ?

महासंघको निर्वाचनमा ढकाल समूह र प्रधान समूहबीच निकै कडा टक्कर हुने देखिन्छ । आफ्नो जीत हुने दाबी गर्दै आएका दुवै प्रतिस्पर्धी सहमतिका लागि सहजै तयार हुने अवस्था देखिएको छैन ।

दुईमध्ये एकले दाबी छाड्न तयार नभएसम्म सहमति हुने सम्भावना रहन्न । पूर्व अध्यक्ष श्रेष्ठ भन्छन्, ‘सहमतिका लागि एक जनाले त्याग गर्नु अत्यावश्यक हुन्छ, अहिले को हुने र अर्कोपटक को हुने भन्ने कुरामा सहमति गर्नुपर्ने देखिन्छ ।’

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार ढकाल समूह सहमतिका लागि तयार भए पनि पद त्याग गर्ने विषयमा तयार छैनन् ।

अध्यक्ष ढकालकै भाषामा जीत निश्चित भएको समूहले पद त्याग्ने कुरा हुँदैन । 

उनले भने, ‘कमजोर समूहले त्याग गर्नुपर्छ, हाम्रो जीत निश्चित छ भने हामीले पद कसरी त्याग्न सक्छौं ?’ 

उनले वरिष्ठ उपाध्यक्ष पद छाड्न तयार भएमा अन्य पदमा केही हेरफेर र सहमति गर्न सकिने बताए ।

यद्यपि सहमति नभएमा पनि चुनावी प्रक्रियाबाट जानु प्रजातान्त्रिक पद्दति भएकाले कोही कसैबीच तिक्तता नहुने र कुनै हानी नहुने उनको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष पदका अर्का प्रत्यासी किशोर प्रधानले पूर्व अध्यक्षहरूले सहमतिमा जाने कुरा आफूलाई नबताएको तर अभिभावकको निर्णयमा आफ्नो समर्थन रहने बताए ।

‘उहाँहरू हाम्रा अभिभावक हुनुहुन्छ, उहाँहरूको निर्णयमा मेरो समर्थन रहन्छ,’ प्रधानले भने । 

उनले संस्थाको हितका लागि आफू जहिले पनि सकारात्मक रहेको बताउँदै छलफलपछि समय र परिस्थिति सबै कुरा तय गर्ने बताए ।

प्रधानले भने, ‘पहिला छलफल होस्, अनि हामी के गर्छौं, के भन्छौँ र कसरी सहमति हुन्छ भन्ने बारेमा त्यतिखेर नै निर्णय हुनेछ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x