×

NMB BANK
NIC ASIA

पोखरामा देशकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह शिलान्यास

अर्थतन्त्र सुदृढ बनाउन सरकार कटिबद्ध : आपूर्तिमन्त्री भट्ट

कात्तिक २७, २०७७

NTC
Premier Steels

मुलुककै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृहको पोखरामा बिहीबार शिलान्यास गरिएको छ । नेपाल आयाल निगमले २०५८ सालपछि निगमकै आफ्नै लगानीमा पहिलो कामको रुपमा यो परियोजना अघि सारेको हो । 

Muktinath Bank

हरेक प्रदेशमा कम्तीमा ३ महिना (९० दिन) का लागि इन्धन भण्डारण क्षमताको डीपो निर्माण गर्ने निगमको घोषणा नीतिअनुरुप पहिलो परियोजनारुपमा गण्डकी प्रादेशिक डीपोको क्षमता अभिवृद्धि सुरु गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरा महानगरपालिका वडा २९ र ३० अन्तर्गत गगनगौंडामा रहेको सो डीपोको भण्डारण क्षमता बिस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोसेढुंगा सावित हुने विश्वास गरिएको छ । 


Advertisment
Nabil box
Kumari

हाल डीपो रहेको कुल २७ रोपनी जग्गालाई नै व्यवस्थापन गरेर निगमले पहिलो चरणमा ५० लाख लिटर क्षमताका दुई छुट्टाछुट्टै डीजल भण्डारण ट्याङ्क निर्माण गर्नेछ । सो परियोजना आगामी २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । परियोजनाको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्यांकस जेभीले पाएको छ । यो डीपो अमलेखगञ्जपछिको नेपालकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह बन्नेछ । 

Vianet communication

परियोजनाको एक समारोहबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरेका हुन् । उनले कोरोना महामारीले कमजोर बनाएको अवस्थामा अर्थतन्त्र सुदृढ बनाउन सरकार कटिबद्ध रहेको बताए । उनले आगामी दिनमा पेट्रोलियम पदार्थ आपूर्तिमा कुनै कमजोरी हुन नदिने बताए । 

नाकाबन्दी, विनासकारी भूकम्प लगायत विषम परिस्थितिको बेला नेपाली जनताले भोग्नुपरेको समस्या मध्यनजर राख्दै सरकारले यो अभियान अघि सारेको मन्त्री भट्टले प्रष्ट पारे । 

उनले भने, ‘यो विकासको एउटा फड्को हो । छोटो समयमै जनताले विकास चाहेका छन्, परिणाम देखिने सरकार काम गर्न चाहन्छ । त्यसको ज्वलन्त उदाहरण यो हो ।

उनले आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै कोभिडसँग लड्ने र देशको अर्थतन्त्र कमजोर हुन नदिने गरी सरकार अघि बढेको दाबी गरे । 

पेटोलियम पदार्थ सुरक्षा र विकाससँग जोडिएको विषय भएको हुँदा सरकारको यसमा कुनै कमी कमजोरी हुन नदिने उनले बताए । उनका अनुसार देशका सातै प्रदेशमा यस्तै प्रकृतिको पेट्रोलियम भण्डारण बनाउँदै जाने बताए ।

मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले असामान्य अवस्थामा पनि मुलुकमा पेट्रोलियम पदार्थ आपूर्तिको अभाव हुन नदिने बताए । पोखरामा डीपो निर्माणपछि गण्डकी हवको रुपमा विकास हुने र काठमाडौंमा अभाव देखियो भने पनि त्यसको ब्याकअपको रुपमा आपूर्ति गर्न सकिने व्यवस्था मिलाइने बताए । उनले निर्धारित २ वर्षमै जर्मन प्रविधिबाट परियोजना सम्पन्न हुने जिकिर गरे । 

गण्डकी प्रदेशमा हरेक दिन ४ लाख ६७ हजार लि. पेट्रोलियम पदार्थको खपत हुने गरेको निगमका प्रवक्ता इन्जियिर वीनितमणि उपाध्यायले जानकारी दिए ।  उनका अनुसार एक दिनमा गण्डकीमा ३ लाख २५ हजार लि. डीजल र १ लाख ४२ हजार लि. पेट्रोल बिक्री भइरहेको छ । यस डीपोमा हाल २२ लाख ८० हजार लि. डीजल र ३ लाख ५० हजार लि. पेट्रोलको भण्डारण क्षमता रहेको छ ।

प्रदेशमा कुनै कारणले अवरोध भए डीजल ७ दिन र पेट्रोलको माग २ दिनमात्रै धान्न सक्छ । अब नयाँ भण्डारण परियोजना संचालनमा आएपछि डीजल ३० दिन र पेट्रोल १२ दिनसम्म धान्न पुग्नेछ । चितवनको लोथरमा बन्ने ठूलो ब्लक भण्डारण गृहको सप्लाई चेनको रुप्मा निगमले गगनगौँडा डीपोलाई लिएको  जनाएको छ । डीपो निर्माण गर्न इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले प्राविधिक अध्ययन गरेको हो । भण्डारण गृहको कुल निर्माण लागत ७७ करोड रुपैयाँ लाग्नेछ । 

नयाँ पहुँच सडक, २ लाख लि. क्षमताको पानी भण्डारण ट्यांक, डीपोको चमेना गृह, चालक तथा सुरक्षाकर्मी बस्न नयाँ संरचना निर्माण गरिनेछ । इन्धन भण्डारण ट्यांक र सोमा जडान हुने संरचना जर्मन प्रविधिमा आधारित पूर्ण स्वचालित हुनेछन् । डीजल लोड तथा अनलोड सुविधा पूर्णरुपमा स्वचालित र हाइटेक सुरक्षा प्रविधिमा आधारित हुने निगमका कार्यकारी निर्देशक पौडेलले बताए । 

यस्तै, नयाँ भण्डारण गृहमा २० हजार लि. क्षमताका ३२ देखि ४० ट्यांकरले दैनिक डीजल अनलोड गर्न सक्नेछन् । ट्यांकर अनलोडका लागि प्रतिघण्टा १२० किलोलिटर क्षमताका ५ वटा पम्प जडान गरिने जनाइएको छ । कुनै कारण डीपोमा आगलागी भए करिब २ घण्टासम्म निरन्तर आगो नियन्त्रणका लागि लड्ने क्षमताको पूर्वाधार डीपो हुनेछ । ७० प्रतिशत पानी र ३० प्रतिशत फोमयुक्त अग्नि नियन्त्रण उपकरण प्रयोग हुनेछ । 

कार्यक्रममा पोखरा २९ का अध्यक्ष चेतबहादुर गुरुङ, निगमका प्रमुख सचिव विष्णु नेपाल, गण्डकी प्रादेशिक डीपो कार्यालयका शाखा प्रमुख पुष्कर कार्की लगायतले बोलेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x