×

NMB BANK
NIC ASIA

तिहार भुलेर बिरामीको सेवामा कोरोना अस्पतालका नर्स, भाइटीकाका दिन पनि बिहानैदेखि ड्युटीमा

मंसिर १, २०७७

NTC
Premier Steels

स्टाफ नर्स किरण चौधरीलाई तिहारमा आफ्ना भाइलाई टीका लगाउन छुटाएको अहिलेसम्म कुनै सम्झना छैन । तर, यसवर्ष भने उनले भाइलाई टीका लगाइदिन पाइनन् । उनी बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएकी छिन् । बर्दियाकी किरण तिहारको दिन सोमवार बिहान ८ बजेदेखि नै ड्युटीमा खटिएकी छन् । 

Muktinath Bank

उनी भन्छिन्, ‘जिम्मेवारी लिएपछि महामारीको बेला हामीले साथ छाड्न भएन । अहिलेको तिहार बिरामीको सेवा नै बित्दैछ । कुनै पनि तिहार घरपरिवारसँग मनाउन नपाए पनि दुःख मान्दिनँ । चाडपर्व मनाउने कुनै एउटा समय हुने रहेछ । जिम्मेवारीमा पुगेपछि पाइँदैन । कुनै एक जना बिरामीको जीवन बचाउन सक्नु नै मेरो दायित्व हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

यही असोजदेखि कोरोना अस्पतालमा कार्यरत उनी कोभिड अस्पतालकी आईसीयू इञ्चार्ज समेत हुन् । २५ वर्षीया किरणले भनिन्, ‘चाडपर्वका बेला परिवारको याद त आउँदो रहेछ । तर, महामारी सधैँ रहँदैन । अस्पतालमै लक्ष्मीपूजा गरेका हौं । बिरामीको सेवा गरेर तिहार मनाउँछौं, यसमा कुनै गुनासो र दुःखेसो छैन ।’ 

Vianet communication

किरणसँगै कोरोना अस्पतालमा सँगै कार्यरत अर्की नर्स रमा सापकोटा पनि बिहानैदेखि अस्पतालमा ड्युटीमा खटिएकी छिन् । तीन वर्षदेखि नर्सिङ सेवा कार्यरत रमाले पनि तिहारमा दाइभाइलाई टीका लगाइदिन पाइनन् ।

रमा खुशीसाथ भन्छिन्, ‘अहिले हामीले आफ्ना इच्छा, चाहना र चाडपर्व हेर्ने होइन, बिरामीको स्वास्थ्य हेर्ने हो ।’ 

उनले थपिन्, ‘हामीलाई त ड्युटी पर्‍यो । हामी त तिहारमा घर जाने र टीका लगाउने कुरा भएन । ड्यूउटी नपरेका अन्य स्वास्थ्यकर्मी घर जाँदा पनि डर छ । घरका बुढापाका बुवाआमा र बालबच्चालाई संक्रमण भए त्यसले ठूलो जोखिम निम्त्याउँछ, त्यसैले अहिलेको महामारीमा स्वास्थ्यकर्मी घर नजाँदा नै घर र समाजलाई सुरक्षित राख्न सकिन्छ । बिरामीले निको भएर घर फर्किँदा हामी स्वास्थ्यकर्मी मनैदेखि आनन्दित र युद्ध नै जितेसरह हुन्छौं ।’ 

पूर्णिम क्षेत्री पनि बिहानैदेखि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फिवर क्लिनिकमा सेवामा छिन् । जहाँ कोरोनाका शंकास्पद बिरामीलाई राखेर उनीहरूको स्वाब संकलन गर्नुका साथै प्राथामिक पनि गर्नुपर्ने हुन्छ । पूर्णिमा भन्छिन्, ‘भाइटीका भन्दा पनि बढी जिम्मेवारीको काममा खटिरहेका छौं । मलाई मनपर्ने चाड दिपावली हो । घरलाई झिलिमिली बनाउने मेरो ठूलो रहर थियो । तर, अहिले महामारीले गर्दा घर जान सकिएन । दुःखी छैन । बिरामीको सेवामा घटिन्छु ।’

बुटवलको कोरोना विशेष अस्पतालमा १६ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् । महामारी शुरू भएदेखि कोभिड अस्पतालमा कार्यरत सोफिया काफ्लेले पनि तिहारमा घर गइनन् । सोमवार उने रातिको ड्युटी छ । ‘महामारीमा हाम्रो काम सेवा गर्नु हो । निराश भए पनि उत्साहका साथ गर्ने हो,’ उनले भनिन् । 

त्यस्तै अर्की नर्स रिया थापालाई घर जान नपाएकोमा खिन्नता महशुस भएको छ । तर, पनि बिरामीको सेवामा कुनै कमी हुन दिएकी छैनन् । बिरामी हाम्रा भगवानसरह हुनुहुन्छ । उहाँहरूको सेवा गर्नुपर्ने अहिले हाम्रो दायित्व हो ।’ 

उनीहरूसँगै सुस्मिता चापागाईँ, सिर्जना ढकाल, शान्ति पाण्डे लगायत १ सयभन्दा बढी स्वास्थ्यकर्मी कोरोना अस्पतालमा खटिएका छन् । महामारीमा कुनै चाडपर्व र आफ्नो कुनै चाहना नराखी बिरामीको सेवामा खटिएका छन् । उनीहरूले लक्ष्मीपूजा पनि अस्पतालमै गरेका थिए । 

स्वास्थ्यकर्मीहरू महामारी शुरू भएयता घर गएका छैनन् । होटलमा बस्ने र अस्पताल जाने उनीहरूको विगत ७ महिनायताको दिनचर्या हो ।

उनीहरूलाई होटलमा बस्ने व्यवस्था अस्पतालले व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीसँगै संक्रमितहरूले पनि यस वर्ष भाइटीका लगाउन पाएनन् ।

बुटवलस्थित कोरोना विशेष आइसोलेसन सेन्टरमा अहिले १० जना संक्रमित छन् । धेरै संक्रमितहरू घरमै रहेकाले पनि उनीहरूले टीका लगाउन पाउने छैनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x