×

NMB BANK
NIC ASIA

दकमल भवन निर्माण स्थलमा सार्वजनिक सुनुवाई

मंसिर ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 काठमाडौं महानगरले वडा ३ क्षेत्रमा पर्ने महाराजगञ्ज बाँसवारीमा निर्माण योजना बनाएको दमकल भवन सम्बन्धि शनिवार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

Muktinath Bank

कार्यक्रममा वडा २ र ४ का वडाध्यक्षसहित स्थानीयहरु सहभागी थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले दमकल भवन बनाउने योजना र यसका सेवाका बारेमा स्थानीयलाई जानकारी दिन र योजनामा स्थानीयको सुझाव लिन सुनुवाई कार्यक्रम आयोजना गरेका हौं । यसमा हामीले सकारात्मक प्रतिक्रिया पायौं ।’ सुनुवाई कार्यक्रममा सहभागीको सुझावपछि प्रतिक्रिया दिँदै वडा ३ का अध्यक्ष दीपक के. सी. ले भने — ‘वडा ३ लाई सबै प्रकारका सेवा र सुविधा भएको वडाका रुपमा विकास गर्ने क्रममा दमकल भवन निर्माण गर्न लागिएको हो । विशिष्ट पदका व्यक्तिहरु बस्ने, विशेषज्ञ सेवा दिने धेरै अस्पताल भएको, दूतावासहरुको भएको वडा हाम्रो पहिचान हो । यहाँ दमकल भवन निर्माण भएपछि महानगरका वडा २ र ४ तथा बुढानिलकण्ठ नगर क्षेत्रमा आगलागीका समयमा छिटो दमकल पठाउन सकिन्छ ।’


Advertisment
Nabil box
Kumari

त्यस क्रममा बोल्दै वडा २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ र वडा ४ का अध्यक्ष मोहन विष्टले विपद् व्यवस्थापनको काम सीमानाले नबाँधिएको काम भएकोले सबै मिलेर योजना कार्यान्वयन गर्नु पर्ने धारणा राखे । 'आगो लागेका बेला घटनास्थलमा दमकल जति छिटो पुग्न सक्यो उति नै जनधनको क्षति कम गराउन सकिन्छ । त्यसैले यो मानवीय सेवाको काम हो । यसलाई पूर्वाधार निर्माणको काममा रुपमा मात्र बुझ्नु हुँदैन,' उनीहरुको भनाइ थियो । 

Vianet communication
Laxmi Bank

सुनुवाई कार्यक्रममा सहरी पूर्वाधार बिभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले दमकल भवनको प्राबिधिक योजनाका बारेमा प्रस्तुतिकरण गरेका थिए । उनका अनुसार यो भवन २१. ५ आना जग्गामा क्षेत्रफल भएको जग्गामा निर्माण हुनेछ । भवन ६ हजार ६२९ स्क्वायर फिट क्षेत्रफलको हुनेछ । जसमा १ हजार ९२१ स्क्वायर फिटका २ वटा बेसमेन्ट हुनेछन् । २ हजार ४०१ स्क्वायर फिटको भुइँतला र ३८६ स्क्वायर फिटको छानो हुनेछ । 

भवन निर्माण स्थल भिरालो भएकोले रिटेनिङ् पर्खाल लगाउने कामसहित भवनमा १ लाख लिटर क्षमताको पानी ट््याङ्की हुनेछ । भवनमा ३ वटा दमकल राख्ने क्षमता हुनेछ । श्रेष्ठका अनुसार भवनमा १ वटा इन्चार्ज कोठा, पोशाक राख्ने, अक्सिजन राख्ने, सामान्य मर्मत गर्ने प्रयोजनका लागि ३ वटा कोठा हुनेछन् । 

भवनमा टेलिभिजन हेर्ने एउटा कोठा हुनेछ । २० जना अग्नि नियन्त्रक बस्न मिल्ने कोठाहरु हुनेछन् । ४० जनालाई राखेर प्रशिक्षण दिन मिल्ने बैठक कोठा हुनेछ । साझा शौचालयसहित ६ वटा शौचालय हुनेछन् । 
नेपाली परम्परागत शैलीमा निर्माण हुने भवनमा सवारी पार्किङ् गर्ने, मर्मत सम्भार गर्ने र सरसफाइ गर्ने प्रणाली जडान हुनेछ । 

सुनुवाईमा सहभागीले योजनाको प्रशंशा गर्दै भिरालो जग्गा भएकोले संरचना निर्माण गर्दाका जोखिम पूर्वानुमान गर्न, निर्माण कार्यबाट वातावरणीय सन्तुलन पर्ने प्रभाव कम गराउन, त्यस क्षेत्रमा रहेको गायत्री परिवारलाई व्यवस्थापन गर्न सुझाव दिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x