×

NMB BANK
NIC ASIA

नेकपा विवाद उत्कर्षमा पुगेका बेला पोखरामा माधव नेपाल पक्षको भेला

मंसिर ७, २०७७

NTC
फाइल फोटो
Premier Steels

पोखरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को माधव नेपाल पक्षको भेला आइतवार भएको छ ।

Muktinath Bank

पूर्व प्रधानमन्त्री नेपालनिकट स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको उपस्थितिमा पोखराको लेकसाइडस्थित एक होटलमा गुटगत भेला भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माउन्ट कैलाश रिसोर्टमा आइतबार बिहान ११ देखि शुरू भेला साँझ अबेरसम्म जारी छ । बिहान ८ बजे नेकपाका स्थायी कमिटी सदस्य पाण्डे पोखरा आएका थिए । 


Advertisment
Nabil box
Kumari

भेलामा नेपाल निकटका करीब ३५ जना प्रदेश तथा जिल्लास्तरका कार्यकर्ताहरू उपस्थित रहेको स्रोतले जनाएको छ ।

Vianet communication

भेलामा नेकपाका विपक्षी गुटअन्तर्गतका कार्यकर्ताहरूलाई उपस्थित दिइएको छैन । आफ्नो निकटका कार्यकर्ताहरूलाई प्रवेशका लागि नाम पठाएपछि भेलास्थलबाट मानिस आएर मात्र लैजाने गरेका छन् । 

स्थानीय भेलाको समन्वय नेकपा केन्द्रीय सदस्य तथा पूर्व समानुपातिक सांसद चुडामणि जंगलीले गरेका हुन् । 

भेलामा युवा संघका केन्द्रीय नेता पूर्ण लामा, नेकपा कास्कीका नेता ओम नेपाली, अनेरास्ववियूका पूर्व उपाध्यक्ष सोभियत ढकाल लगायतको उपस्थिति छ ।

कास्कीमा वरिष्ठ नेता नेपाल पक्ष धरका भनी तुलबहादुर गुरुङ, श्रीनाथ बराल समेत चिनिन्छन् । तर सो गुटगत भेलामा अन्य को–को सहभागी छन् भन्नेबारे यकिन छैन । 

चितवनमा शनिवार मन्तव्य राख्ने क्रममा मदन भण्डारी फाउन्डेसनको विषयमा बोल्दै गर्दा पाण्डेविरुद्ध नेकपाकै कार्यकर्ताले नाराबाजी गर्दै कार्यक्रमस्थलबाटै लखेटेका थिए । 

सो घटना पोखरामा समेत दोहोरिन सक्नेतर्फ सचेत रहँदै बिहानैदेखि भेलास्थल आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x