×

NMB BANK
NIC ASIA

मूल्य महंगो परेपछि बिक्नै छाड्यो ढुवानी अनुदानको चामल

मंसिर १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

धार्चे गाउँपालिकाको माछाखोला डिपोबाट ढुवानी अनुदानमा उपलब्ध गराइँदै आएको सहुलियत दरको चामल बिक्री हुन छाडेको छ ।

Muktinath Bank

खाद्य अभाव भोग्दै आएका धार्चे र चुमनुब्री गाउँपालिकाका विभिन्न क्षेत्रका नागरिकलाई लक्ष्य गरी ढुवानी अनुदानको चामल उपलब्ध गराइँदै आएको धार्चे डिपोबाट पछिल्लो दुई वर्षदेखि न्यून मात्र चामल बिक्री हुने गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय गुम्दासम्म सडक पुगेपछि व्यापारीले नै बिक्रीका लागि स्थानीय बजारमा चामल पुर्‍याउन थालेपछि ढुवानी अनुदानको चामल बिक्री हुन छाडेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाका प्रमुख नवीन बस्नेतले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

एउटै गुणस्तरको बजारको चामल मूल्यभन्दा खाद्य कम्पनीले ढुवानी अनुदान उपलब्ध गराउँदै आएको चामलको मूल्य महंगो परेकाले पनि त्यस क्षेत्रका नागरिकले ढुवानी अनुदानको किन्न छाडेका हुन् ।

Vianet communication
Laxmi Bank

“सोना मनसुली चामल अहिले बजारमा प्रतिबोरा एक हजार २६० रुपैयाँमा पाइन्छ”, कार्यालय प्रमुख बस्नेतले भने, “त्यही चामल खाद्य कम्पनीको माछाखोला डिपोमा प्रतिबोरा एक हजार ४४० रुपैयाँ तिर्नुपर्ने भएपछि डिपोबाट बिक्री ह्वात्तै घटेको छ ।”

अहिले व्यापारीले नागरिकका घरघरमा चामल पुर्‍याउँछन् । प्रमुख बस्नेतले भन्नुभयो, “ ढुवानी अनुदानको चामलभन्दा सहुलियत मूल्यमा चामल महँगो पर्ने भएपछि खाद्य कम्पनीको चामल बिक्री कम हुनु स्वाभाविक नै हो ।”

बर्खाका बेला सवारी साधन चल्न नसक्ने अवस्थामा भने बजारको चामलभन्दा ढुवानी अनुदानको चामल अति सस्तो पर्ने भएकाले बर्खामा थोरै बिक्री हुने उनको भनाइ छ ।

यसअघि वर्षमा दुई हजार पाँच सय क्विन्टल चालम बिक्री गर्दै आएको माछाखोला डिपोबाट चालु आर्थिक वर्षमा बल्लतल्ल ८०० क्विन्टल चामल बिक्री गरिएको प्रमुख बस्नेतले जानकारी दिए ।

ढुवानी अनुदानको चामल बिक्री हुन छाडेपछि यस वर्षका लागि माछाखोला डिपोको कोटा घटाएर ५०० क्विन्टलमा झारिएको छ ।

“चालू आर्थिक वर्ष शुरुदेखि अहिलेसम्म एक क्विन्टल पनि चामल बिक्री भएको छैन, अहिले बिक्री नै नहुने भएकाले त्यहाँ स्टक पनि साढे एक क्विन्टल मात्र राखिएको छ”, प्रमुख बस्नेतले भने, “आवश्यकता परेका अवस्थामा जति बेला पनि चामल पुर्‍याउन सकिने अवस्था भने छ ।”

माछाखोला डिपोबाट उत्तरी गोरखाका गुम्दा, उहिया, केरौजा, कोशीगाउँलगायत क्षेत्रका नागरिकले चामल लैजाने गरेका थिए ।​

माछाखोला डिपोबाट कम्पनीले प्रतिकिलो सोना मनसुली र जापानी चामल रु ४८ मा बिक्री गर्ने गरेको छ ।

कम्पनीले उत्तरी गोरखाका धार्चे र चुमनुब्री गाउँपालिकाका नागरिकलाई लक्ष्य गरी माछाखोला र चुमनुब्री गाउँपालिकाको सिर्दिबासमा डिपो राखेर ढुवानी अनुदानमा चामल बिक्री गर्दै आएको छ ।

अहिले पनि सिर्दिबास डिपोबाट  वार्षिक चार हजार सात सय क्विन्टलसम्म चामल बिक्री हुने गरेको उनले जानकारी दिए ।

कम्पनीको सिर्दिबास डिपोमा सोना मनसुली चामल प्रतिकिलो रु ५० र जिरामसिनो चामल प्रतिकिलो रु ६२ मा बिक्री हुँदै आएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x