×

NMB BANK
NIC ASIA

कोरोना भाइरस संक्रमणको महामारीका बेला दशैंभत्ता लिएको भनेर जनस्तरमा अर्काे आलोचना भएपछि सांसदहरूले दशैंभत्ता फिर्ता गर्ने घोषणा गरे । तर २ नम्बर प्रदेशका सांसदले दशैंभत्ता फिर्ता गर्ने घोषणा अझै कार्यान्वयन गरेका छैनन् ।

Muktinath Bank

प्रदेशमा चाडपर्व खर्चबापत सांसदहरूले लिएको ५६ लाख २४ हजार ७७५ रुपैयाँ दशैंभत्ता हालसम्म फिर्ता भएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नियम अनुसार पाउनुपर्ने दशैंभत्ता उहाँहरूले लिनुभएको थियो तर लोकान्तरमा समाचार आएपछि नेताहरूले भत्ता फिर्ता गर्ने भनेर मौखिक घोषणा गर्नुभएको थियो,’ प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले भने, ‘प्रदेश सभामा रहेका सबै दलका नेताहरूले दशैं भत्ता फिर्ता गर्ने भनेर पार्टीको केन्द्रबाट नै निर्णय भई निर्देशन समेत प्राप्त भएकाले दशैंभत्ता फिर्ता गर्ने भनेर मौखिक रूपमा सचिवालयलाई जानकारी गराउनुभएको थियो ।’ तर हालसम्म फिर्ता भने नभएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

सचिवालयले उपलब्ध गराएको तथ्यांक अनुसार प्रदेश सभाबाट कूल ९४ जना सांसदमध्ये ६ जना सांसदले बैंक खाता विवरण नपठाएका कारण कूल ८८ जना सांसदले १ महिनाको पारिश्रमिक बराबर भत्ता बुझेका थिए । एक सांसदले ६१ हजार २० रुपैयाँ, दलको प्रमुख सचेतकले ६१ हजार ४८० रुपैयाँ, सत्ता पक्षको प्रमुख सचेतकले ६५ हजार ५३० रुपैयाँ, दलको नेताले ६५ हजार ५३० रुपैयाँ, दलको सचेतकले ६१ हजार ४८० रुपैयाँ, सत्ता पक्षको सचेतकले ६७ हजार २५ रुपैयाँ दशैंभत्ता बुझेका थिए । 

Vianet communication
Laxmi Bank

प्रमुख प्रतिपक्षी दलको नेता ६७ हजार २५ रुपैयाँ, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकले ६५ हजार ५३० रुपैयाँ, विभिन्न संसदीय समितिका सभापतिले ६५ हजार ५३० रुपैयाँ, सभामुखले ६८ हजार ४८० रुपैयाँ, उपसभामुखले ६७ हजार २५ रुपैयाँ भत्ताबापत बुझेका थिए । 

प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल भने संसद बैठक सञ्चालन नभएका कारण भत्ता फिर्ता नभएको बताए । ‘म कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नुपरेको थियो,’ मण्डलले भने, ‘अब संसदको बैठक आह्वान भएपछि संसदीय दलको बैठक नै बसेर एकैसाथ फिर्ता गर्ने निर्णय सहितको लिखित पत्र नै प्रदेशसभा सचिवालयमा पठाउँछौं ।’

नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरी पनि आफ्नो पार्टीले दशैंभत्ता फिर्ता गर्ने निर्णय गरेको भए पनि पैसा फिर्ता भएर कहाँ पठाउने भनेर निर्णय नगरिएकाले फिर्ता हुन नसकेको बताए । ‘सांसदहरूको भत्ता प्रदेश सरकारले सञ्चालन गरेको कोरोना कोषमा पठाउने भनेर शुरूमा कुराकानी भएको थियो,’ सांसद चौधरीले भने, ‘तर कोषको पहिलेदेखिकै पैसा प्रदेश सरकारले खर्च गर्न नसकेकाले त्यहाँ नपठाउने कुरा भएको छ ।’

सांसदहरूले फिर्ता गर्नुपर्ने रकम प्रदेश सरकारको कोरोना कोषमा पठाउनुभन्दा पनि अस्पताललाई सिधै पठाउनेबारे अनौपचारिक छलफल भएको उनले बताए ।

राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह सुडी पनि केही दिनभित्र सबै दलका नेताहरूले बैठक बसेर कुन कोषमा वा कहाँ रकम फिर्ता गर्नेमा सहमति जुटेपछि रकम फिर्ता हुने बताए । ‘पार्टीले नै निर्णय गरिसकेका कारण दशैंभत्ता फिर्ता नगर्ने भन्ने कुरा छैन, फिर्ता हुन्छ नै,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x