×

NMB BANK
NIC ASIA

पुल उद्घाटन गर्न खोज्दा पौडेल पक्राउ

मंसिर १८, २०७७

NTC
Premier Steels

पुल उद्घाटन गर्न गृहनगर दमौली आएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि छाडेको छ ।

Muktinath Bank

व्यास नगरपालिका–१, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न पुगेका उनलाई प्रहरीले दिउँसो पौने ३ बजेतिर पक्राउ गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तारूढ नेकपानिकट राष्ट्रिय युवा संघ पुल उद्घाटन कार्यक्रमलाई अवरोध गर्न सदरमुकाम दमौलीमा प्रदर्शनमा उत्रिएपछि त्यसलाई मत्थर पार्न भन्दै स्थानीय प्रशासनले दिउँसो १२ देखि साँझ ६ बजेसम्म कार्यक्रमस्थलमा निषेधाज्ञा जारी गरेको थियो ।


Advertisment
Nabil box
Kumari

पौडेलबाट उद्घाटन गराउने कार्यक्रम भने बुधबार दिउँसो १ बजेलाई तय गरिएको थियो । अकस्मात् जारी निषेधाज्ञा तोड्दै पौडेल पुल उद्घाटन गर्न हिँडेपछि तालघरेबाट उनलाई पक्राउ गरिएको थियो । नारा–जुलुससहित पुलनजिकै पुगेका कांग्रेस कार्यकर्तालाई प्रहरीले रोकेपछि झडप पनि भएको थियो । त्यस क्रममा नेता पौडेल, कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेसहित एक दर्जन नेता–कार्यकर्ता पक्राउ परेका हुन् ।

Vianet communication

पौडेलसहित सबैलाई साँझ साढे ५ बजे प्रहरीले छाडेको थियो । नेताहरू हिरासतमा रहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर तत्काल रिहा गर्न आग्रह गरेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

तनहुँ कांग्रेसका कार्यवाहक सभापति आलेले सर्वदलीय सहभागिता रहेको निर्माण उपभोक्ता समितिले सर्वसम्मत रूपमा पौडेलबाट पुल उद्घाटन गराउने निर्णय गरेको बताए । त्यसमा नगरपालिका र सम्बन्धित वडाको साथ–सहयोग रहेको उनको भनाइ छ । तर मंगलबारदेखि नै प्रशासनले सत्तासीन पार्टीको इसारामा उपभोक्ता समिति र वडाध्यक्षलाई उद्घाटन स्थगन गर्न भनेको र उद्घाटन नरोकिने भनेपछि युवा संघलाई प्रशासनले नै प्रतिरोध गर्न लगाएको आरोप उनले लगाए ।

‘युवा संघका केहीलाई पक्राउ गरेको नाटक गरी निषेधाज्ञा लगाइयो,’ उनले भने, ‘यस्तो घटनाबाट सरकार देशलाई प्रतिगमनमा धकेल्ने योजनामा छ भन्ने छर्लङ्ग भएको छ । पुल उद्घाटनले न शान्तिसुरक्षामा असर पुर्‍याउँथ्यो न कुनै हानि–नोक्सानी हुन्थ्यो ।’ उनले प्रशासनको ‘रवैया’ विरुद्ध आन्दोलन गर्ने बताए ।

प्रहरीसँगको झडपमा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, कांग्रेस महासमिति सदस्य रामचन्द्र अधिकारी र जिल्ला सचिव लक्ष्मी आचार्य घाइते भएको र उनीहरूको रत्नहरि अस्पतालमा उपचार भइरहेको आलेले बताए । उनका अनुसार जिल्ला समन्वय समिति उपप्रमुख पवित्रा पौडेल, ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, ट्रेड युनियन कांग्रेसका अध्यक्ष सूर्य हड्खले र उद्धव पौडेल पनि घाइते भएका छन् । प्रहरीसँगको धकेलाधकेलमा नेता पौडेल र आले पनि परेका थिए ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पूर्वाधार विकास कार्यालयबाट मंगलबार मात्रै पुल उद्घाटन कार्यक्रम रोक्नुपर्‍यो भन्दै पत्राचार भएको बताए । ‘त्यही पत्रका आधारमा उपभोक्ता समितिलाई कार्यक्रम रोक्न भनेका थियौं । नेता पौडेललाई मौखिक रूपमा अनुरोध गरेका थियौं,’ उनले भने । पुल उद्घाटन गर्ने र रोक्न खोज्ने पक्षबीचको सम्भावित झडपलाई रोक्न निषेधाज्ञाको विकल्प नरहेको उनले बताए । ‘निषेधाज्ञालाई तोड्छु भन्दै नेता पौडेल जानुभयो । त्यही क्रममा प्रहरीले उहाँलाई स–सम्मान गाडीमा राखेर जिल्ला प्रहरी पुर्‍याएको हो ।’ जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौडेलले प्रशासनले निषेध गरेको क्षेत्रमा प्रवेश गर्न खोजेकाले नियन्त्रणमा लिइएको बताए ।

युवा संघका जिल्ला अध्यक्ष ईश्वर बस्यालले भने व्यास नगरपालिकाले एकलौटी हिसाबमा कार्यक्रम गरेकाले आफूहरू विरोधमा उत्रिएको बताए । संघले उद्घाटन कार्यक्रम रोक्नुपर्ने भन्दै मोटरसाइकल र्‍यालीसहित दमौलीमा प्रदर्शन गरेको थियो । जिल्ला प्रशासन कार्यालय पुगेका बस्याल, नेकपा व्यास–१ का अध्यक्ष ज्ञानेन्द्र बसौलासहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि छाडिदिएको थियो ।

तत्कालीन जिविसको एसएनआरटीपी परियोजनाअन्तर्गत २०७३ वैशाखमा निर्माण सुरु भएर २०७५ कात्तिकमा पुल निर्माण सकिएको थियो । पक्की बाटोलगायत संरचना बनिनसकेकाले उद्घाटन भएको थिएन । पुल दुई करोड ५४ लाख रुपैयाँ लागतमा बनेको थियो । पौडेलले मंगलबार मास्दी घाटमा व्यास–१४ र ऋषिङ–३ जोड्ने सोंढेस्थित सेती पुलको पनि उद्घाटन गरेका थिए । यहाँको पुल उद्घाटन गर्ने चाहना भने पौडेललाई हराएर प्रतिनिधिसभामा चुनिएका नेकपाका कृष्णकुमार श्रेष्ठको थियो । तर पौडेलबाट उद्घाटन गराइएपछि नेकपाका नेता–कार्यकता रुष्ट बनेका थिए ।

प्रहरीको नियन्त्रणबाट मुक्त भएपछि नेता पौडेलले आफूलाई सामान्य गतिविधिमा सरिक हुनबाट पनि रोकेर सरकारले नागरिकको अधिकारमाथि नाङ्गो हस्तक्षेप गरेको प्रतिक्रिया दिएका छन् । आफूलाई सुनियोजित ढंगले नै पक्राउ गरिएको जनाउँदै उनले देशैभरि प्रतिकार गर्ने पनि बताए । नेता पौडेलले सरकारका गलत क्रियाकलापविरुद्ध संघर्ष गर्ने बताए ।

‘यो जनविरोधी सरकार हो । हामीले राणा शासनसँग लड्यौं, पञ्चायतसँग पनि लड्यौं, कम्युनिस्ट तानाशाहीसँग पनि लड्छौं,’ उनले भने, ‘हामी कुनै पनि गुन्डा र तस्करहरूको आदेश मान्दैनौं, लक्ष्य पूरा नहुन्जेल पछाडि हट्ने छैनौं ।’

अधिनायकवादी जगमा गिरफ्तारी ः देउवा
काठमाडौं– कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरी प्रशासनले दुर्व्यवहार गर्दै गिरफ्तारी गरेकामा आपत्ति जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्तिमार्फत सरकारले अधिनायकवादी शैली प्रकट गरेको जनाउँदै त्यसविरुद्ध एकढिक्का भएर प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

‘स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रूपमा निर्णय गरेर निमन्त्रणा गरेपश्चात् उद्घाटन गर्न जाँदै गर्दा पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । देउवाले सरकारको अधिनायकवादी आकांक्षाको जगमा यस्तो घटना भएको बताएका छन् ।

मानवअधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमिति र पार्टीका विभिन्न भ्रातृसंस्थाले पनि पौडेलको गिरफ्तारीलाई लिएर विरोध जनाएका छन् । नेविसंघले बुधबार साँझनै माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको थियो । कान्तिपुर दैनिकमा सम्झना रसाइलीले खबर लेखेकी छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x