×

NMB BANK
NIC ASIA

नेपालसँगको सम्बन्धमा सुधार आइरहेको भारतका विदेशमन्त्रीको दाबी

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतका विदेशमन्त्री एस जयशंकरले भारत र नेपालको सम्बन्धमा सुधार आइरहेको बताएका छन् । 

Muktinath Bank

द हिन्दु पत्रिकाका लागि सुहासिनी हैदरसँगको अन्तर्वार्तामा जयशंकरले उक्त कुरा बताएका हुन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जयशंकरको नयाँ पुस्तक द इन्डिया वेको विषयमा कुरा गर्ने क्रममा हैदरले सोधिन्, ‘छिमेकी मुलुकको कुरा गर्दा लचिलोपना र कठोरता साथसाथै देखाउनुपर्छ भनी तपाईंले पुस्तकमा लेख्नुभएको छ । 


Advertisment
Nabil box
Kumari

नेपालको संविधानका विषयमा भारतको असन्तुष्टि छ । यसै वर्ष नेपालले भारतीय भूमिलाई आफ्नो नक्सामा देखाएको छ र भारतले यसमा आपत्ति जनाएको छ । तर अहिले भारतीय अधिकारीहरू काठमाडौं गइरहेका छन् तैपनि नेपालले टसमस गरेको छैन । यस्तो अवस्थामा कठोरतालाई तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ ?’
 

Vianet communication
Laxmi Bank

जयशंकरको उत्तर छ, ‘म एउटा घटनालाई मूल्यांकनको अन्तिम मापदण्ड मान्दिनँ । समस्याहरू देखापर्छन् । दुई छिमेकीबीच समस्या नभएको मलाई देखाउनुहोस् त ।’

हाम्रा लगभग सबैजसो छिमेकीहरू लोकतान्त्रिक मुलुक हुन् । उनीहरूको आफ्नो राजनीति छ, हाम्रो आफ्नै राजनीति छ । कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न हो । साझा विन्दु कहाँ फेला पार्ने, असमझदारी कसरी घटाउने ?’

‘अन्ततोगत्वा एक, दुई वा तीन वर्षमा समस्या हराउँछ अनि सोध्नुपर्छ, म अगाडि बढें त ?’

‘छिमेकमा हेर्दा निकै ठूलो परिवर्तन भएको पाउँछु । तपाईंले नेपालको विषयमा केन्द्रित भएर प्रश्न गर्नुभएको छ । विगत केही सातादेखि भारत र नेपालले अघि बढ्ने निर्णय लिएको हामी स्पष्ट देख्छौं र यो पारस्परिक कुरा हो ।’
हैदरको अर्को प्रश्न छ :

‘भारत यस क्षेत्रका अन्य शक्तिहरूप्रति चाहिँ लचिलो छ । उदाहरणका लागि अमेरिकाले माल्दिभ्ससँग सैन्य संवाद गर्दा वा सम्बन्ध बनाएको छ । अनि अमेरिकाले नेपाल वा श्रीलंकामा मिलेनियम च्यालेन्जेज प्रोग्रामको सन्दर्भमा योजना बनाउँदा भारतले आपत्ति गर्दैन । भारतले यसलाई आफ्नो हितमै योगदान हुने रूपमा हेर्छ । यस क्षेत्रमा चीन ठूलो शक्ति भएको तथ्यको प्रतिक्रियाका रूपमा त्यसलाई हेर्न मिल्छ ?’
 

जयशंकरको उत्तर छ : 

‘हैन, अमेरिकासँग हाम्रो सम्बन्ध कस्तो छ भन्ने कुरा यसबाट प्रतिबिम्बित भएको हो । मैले पुस्तकमा लेखेको छु, भारतका लागि विगतमा अमेरिका शत्रु शक्ति थियो । अमेरिका, चीन र पाकिस्तान सँगै हुँदा हामीले ठूलो रणनीतिक चुनौतीको सामना गर्नुपरेको थियो ।’

‘अमेरिका रणनीतिक रूपमा नकारात्मक भयो भने मेरो निश्चित प्रतिक्रिया हुन्छ । तर अमेरिका रणनीतिक रूपमा नकारात्मक रहेन भने मेरो मूल्यांकन फरक हुनेछ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x