विवाहको मण्डपमा बसिरहेकी दुलहीलाई जब बिहान ५ बजे दुलहाले सिन्दुर भरे । त्यसबेला नै दुलही मण्डप छाडेर जागिरको काउन्सेलिङमा पुगिन् ।
त्यहाँ गएपछि उनलाई सरकारी जागिर मिल्यो र पछि फिर्ता आएर बिदाइ भइन् । यो अनौठो घटना उत्तर प्रदेशको गोडा जिल्लाको हो ।
गोडाको रामनगरमा बारान्बमा बस्ने प्रज्ञा तिवारी मेहेन्दी लगाएको हातसँगै आफ्नो कागजपत्र लिएर फर्म भर्दै गरेकी भेटिइन् । कपालमा फूलको गुच्छा लगाएकी थिइन् ।
प्रज्ञा बुधबार प्रज्ञाको विवाह भयो र बिहीबार बिहान ५ बजे नै सिन्दुर भर्नेबित्तिकै बीएसए अफिसतिर लागिन् । जहाँ प्रज्ञाको काउन्सेलिङ हुँदैथियो ।
चुंकी काउन्सेलिङमा मिति पहिले नै फिक्स थियो र सोही कारण पनि उनी सिन्दुर हाल्नेबित्तिकै मण्डपबाट उठेर कार्यालयतिर दौडिएकी हुन् । प्रज्ञा लाइनमा लागिन् र आफ्नो कागजपत्र चेक गराएर नियुक्तिपत्र लिइन् ।
मण्डपमा सबैले पर्खिरहेका थिए । प्रज्ञाका अनुसार बेहुला उनका लागि भाग्यमानी निस्किए । बेहुला आएपछि नै आफूलाई जागिर मिलेको उनले बताइन् ।
लोकान्तर संवाददाता