×

NMB BANK
NIC ASIA

कृषि–बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घका अध्यक्षमा पराजुली

मंसिर २०, २०७७

NTC
तस्वीर सौजन्य : जयदेश डटकम
Premier Steels

कृषि बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडको एकीकृत साधारणसभाले विनोद पराजुलीका अध्यक्षतामा २३ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ ।

Muktinath Bank

गत असार ३१ गते कृषि बीउ र तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडबीच एकीकरण भएको थियो । कृषिसँग सम्बन्धित सहकारीको छाता संस्थालाई एउटै बनाउने उद्देश्यले एकीकरण गरिएको जनाइएको छ । हाल २० केन्द्रीय सङ्घमध्ये १३ वटा कृषिकै रहेको जनाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकीकरण भएपछि शुक्रबार शुरु पहिलो साधारणसभाले आगामी चारवर्षे कार्यकालका लागि २३ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको हो । सङ्घको सहअध्यक्षमा होमनाथ थपलिया, उपाध्यक्ष त्रयमा सुश्री गोपा बिएम, कालीप्रसाद पाण्डे र रणबहादुर बोहरा निर्वाचित भएका छन् ।


Advertisment
Nabil box
Kumari

यसैगरी महासचिवमा मीनबहादुर घिमिरे निर्वाचित भएका छन् । सङ्घको सात जना सचिवमा क्रमशस् हरिप्रसाद प्याकुरेल, श्रीमती सङ्गीता कँडेल, हितराज कार्की, हरिबहादुर थापा, रामप्रसाद पाण्डे, बर्जुराम घतानी र रामचन्द्र रेग्मी निर्वाचित हुनुभएको छ । सात जना सचिवलाई आगामी सञ्चालक समितिको बैठकले प्रदेशगतरुपमा संयोजन गर्नेगरी जिम्मेवारी तोक्ने सचिव प्याकुरेलले जानकारी दिए। 

Vianet communication

सङ्घको कोषाध्यक्षमा धर्मेन्द्र महर्जन, सदस्यमा भूमिप्रसाद रेग्मी, कल्याणी बोहरा, रुद्रबहादुर विसङ्खे, पासाङदोर्जे लामा, बद्री सञ्जेल, एकप्रसाद बजगाइँ, गङ्गासागर नेपाल, विवेक ढकाल र रमेश फुयाँल निर्वाचित हुनुभएको छ । साधारणसभाको शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले उद्घाटन  गरेकी थिइन् ।

 
मन्त्रालय र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम ९युएनडिपी० को सहयोगमा कृषि–बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडले करिब रु सवा करोडको लागतमा चाबहिलस्थित सरस्वतीनगरमा केन्द्रीय सहकारी बजार पनि शुक्रबारदेखि नै औपचारिकरुपमा सञ्चालनमा ल्याएको छ । खुद्रा बजारमा ताजा तरकारी तथा फलफूल सुपथ मूल्यमा पाइने बजार सञ्चालकसमेत रहनुभएका सचिव प्याकुरेलले जानकारी दिए।
 
सरकारको सहयोगमा निर्माण भएको यो पहिलो सहकारी बजार हो । मन्त्रालयकै सहयोगमा ललितपुरमा सहकारी बजार सञ्चालनमा ल्याउने तयारी भएको छ । बजारमा केही दिनमा थोक बिक्री कक्षसमेत खोल्न लागिएको जनाइएको छ । लिमिटेडमामा देशका विभिन्न भागका १९३ वटा कृषि बीउ, तरकारी तथा फलफूल सहकारी आबद्ध छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x