×

NMB BANK
NIC ASIA

संसद् विघटनको सिफारिशले प्रदेशमा पनि तरंग, प्रदेश सभामा के पर्छ असर ?

पुस ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेसँगै त्यसको तरंग प्रदेशहरूमा पनि पुगेको छ ।

Muktinath Bank

संघीय संसद् विघटन भएको अवस्थामा प्रदेश सभामा त्यसको कस्तो असर पर्छ भनेर चर्चा शुरू भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘संसद् विघटन भए देशमा नै असर पर्छ,’ सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले भने, ‘संवैधानिक रूपमा नेपालको प्रधानमन्त्रीले प्रदेशसभा विघटन गर्ने संविधानमा कतै व्यवस्था छैन । प्रदेश सभा त प्रदेशको मुख्यमन्त्रीले नीति तथा कार्यक्रम अगाडि बढाउने बेला अवरोध भयो भने त्यसमा सोच्न सक्छन्, तर प्रधानमन्त्रीले प्रदेश सभा, स्थानीय तहलाई विघटन गर्न सक्ने हाम्रो संविधानमा व्यवस्था छैन ।’


Advertisment
Nabil box
Kumari

उनले थपे, ‘गम्भीर मोडमा देश जाने अवस्था आयो । मन्त्रिपरिषद् बैठकले संसद् विघटन गर्ने सिफारिश गर्नु दुर्भाग्य हो । हामी यसमा गम्भीर समीक्षा गर्छाैं । बैठक बसेर हामी छलफल गर्छाैं ।’

Vianet communication
Laxmi Bank

उनले अगाडि भने– ‘प्रदेशको संसद् विघटन गर्नुपर्ने कारण नै छैन । दुई वर्षमा अविश्वासको प्रस्ताव ल्याउनै मिल्दैन, त्यसपछि पनि नीति तथा कार्यक्रम असफल भएमा पनि अविश्वासको प्रस्ताव आउँछ । त्यसको सामना गर्ने हो, सामना गर्न सकिएन भने पनि नैतिकताको आधारमा राजीनामा दिने हो सरकारको नेतृत्व गर्नेले वा आफ्ना नीति तथा कार्यक्रम असफल पार्नै षड्यन्त्र भयो भने संसद् विघटनको प्रक्रियामा जाने हो ।’ 

संघीय संसद् विघटन भएपनि संवैधानिक रूपमा प्रदेशलाई त्यसले कुनै असर नपार्ने उनले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले पनि संघीय संसद् विघटन हुँदैमा प्रदेश सरकारको संसद्मा कुनै असर नपर्ने बताए । 

सङ्घीय सरकारले संविधान मिचेर संसद् विघटनको सिफारिस गरेको छ ‘संसद् विघटनको सिफारिश गर्ने अधिकार मन्त्रिपरिषद्मै हुन्छ,’ उनले भने ‘तर, त्यसका विभिन्न चरण हुन्छन् आज सबै मिचेर निर्णय गरिएको छ ।’ 

उपाध्यायले यो असंवैधानिक कदम भएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x