×

NMB BANK
NIC ASIA

योमरी नेवारी समुदायको एक लोकप्रिय खाना हो । तर अहिले गैरनेवारहरूले पनि योमरी मन पराउन थालेका छन् ।

Muktinath Bank

जाडो महिनामा यो खानाको ज्यादा माग हुने गर्छ । योमरी चामल र चाकुबाट बन्ने सुन्दर र मुलायम रोटी पनि हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेर्नमा निकै आकर्षक देखिने रोटी स्टिम गरेर पकाइने हुनाले स्वास्थ्यका हिसाबले पनि फाइदाजनक मानिन्छ । धन्य पूर्णिमाका दिन नेवार समुदायले ‘योमरी पुण्ही’ चाड मनाउँछन् । 


Advertisment
Nabil box
Kumari

धान भित्र्याइसके बित्तिकै ‘योमरी पुण्ही’ चाड शुरू हुन्छ । नेवारी भाषामा योमरीको अर्थ मन पर्ने स्वादिष्ट रोटी भन्ने बुझिन्छ । योमरीलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन नेपाल पर्यटन बोर्डले प्रकाशनमा ल्याएको  नेपाली ‘अथेन्टिक कुजिन’ पुस्तकमा पनि योमरीलाई नेपालको एक प्रमुख डेजर्टका रूपमा समावेश गरिएको छ । योमरी अहिले आएर नेवारी समुदायमा मात्र नभएर सर्वत्र लोकप्रिय हुँदै गएको छ ।   

Vianet communication

योमरी कसरी बनाइन्छ ?

सामग्रीः चामलको पिठो, ४०० ग्राम, मैदा १०० ग्राम (अतिरिक्त), मोलासिस अर्थात् चाकु २०० ग्राम, भुटेको तिल ३ चम्चा, काजु वा बदाम १५० ग्राम, नरिवल १२० ग्राम, तेल २ चम्चा, पानी आवश्यकता अनुसार

विधिः चामल र मैदाको मिठोलाई हल्का मन तातो पानीमा मुछेर एक ठाउँमा राख्नुस् र केहीबेर आराम गर्न दिनुस् । अर्कोतर्फ काजु, नरिवल, तिल सम्पूर्ण सामग्रीलाई चप वा ग्रेट गरेर तयारी अवस्थामा राख्नुस् । एउटा सस प्यान तताउनुस् र चाकुलाई पगालेर चप गरेको ड्राइ फूडलाई मिसाउनुस् र तिल हालेर चलाउनुस् ।

मिक्चर तयार भएपछि एउटा कचौरामा सुरक्षित राख्नुस् र धमाधम हातमा तेल लगाएर माछाको आकारका मिक्चर भरेर योमरी बनाउनुस् । सम्पूर्ण योमरी बनाउन सकिएपछि मःमको भाडो वा राउस कुकरको जालीमा स्टिम दिएर पकाउन सक्नुहुन्छ । 

मिठो गोलभेडा पोलेर बनाएको चटपटा र पिरो अचारसँग योमरी सर्भ गर्न सकिन्छ । योमरी चाकुमा जस्तै खुवा भरेर पनि बनाउन सकिन्छ । 

जाडोमा योमरी खादा के फाइदा ?

– शरीरमा तापक्रम बृद्धि हुन्छ ।
– गर्भवती महिलाका लागि उत्तम भोजन ।
– बाफमा पकाउने हुँदा स्वास्थ्यबद्र्धक, कुनै अधिक चिल्लो नहुने ।
– योमरीले कोल्ड फ्लुबाट बचाउन मद्दत पुर्‍याउँछ । 
– बुढा वा बच्चा सबैलाई उत्तम भोजन । 
– योमरीको भित्र ड्राइ नट भरेको हुनाले ड्राइ नटस् स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।
– धार्मिक हिसाबले पनि निकै महत्त्व बोकेको योमरी, बच्चा जन्मँदा र चौरासी गर्दा पनि प्रयोग गरिन्छ । 
– चाकुले शरीरमा तापक्रम बृद्धि गर्ने हुनाले जाडो महिनामा खुब प्रयोग गरिन्छ । घ्यू चाकु भात पनि जाडो महिनामा खुब लोकप्रिय खाना मानिन्छ । 
– तिलको दानाले पनि स्वस्थ्यका लागि कयौं फाइदा बोकेको हुनाले योमरीमा तिल भरेकाले धेरै फाइदा मानिन्छ ।  

योमरीमा पाइने वास्तविक पोषण 

साधारणतया एउटा योमरीमा ११५ क्यालोरी हुन्छ र २२ ग्राम कार्बोहाइडेड, १ ग्राम चिल्लो र २ ग्राम प्रोटिन रहन्छ । प्रतिशतका हिसाबले ७७%  कार्बोहाइडेड, ८% चिल्लो र ७% प्रोटिन हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x