‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ को उपलक्ष्यमा ‘जितगढी विजयी दौड(२०७७’ सफलतापूर्वक सम्पन्न भएको छ । २१ किलोमिटर दूरीको सो दौडको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा पुस २५ गते शुभारम्भ भएको थियो ।
‘जितगढीको शान, नेपालीको पहिचान’ मुल नारासहित आयोजना गरिएको सो कार्यक्रमको मुख्य उद्देश्य सबैमा राष्ट्रिय एकताको भावनामा विकास गर्नु र सबैको साथ र सहकार्यमा प्रमुख ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण किल्लाहरुको संरक्षण, सम्बर्दन एवं प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्नु रहेको सेनाले जनाएको छ ।
१४१ जना धावकहरुको सहभागीता रहेको उक्त प्रतियोगिताका विजेता खेलाडीहरुलाई पोखरेलबाट नगद पुरस्कार, पदक तथा प्रमाण(पत्र प्रदान गरिएको थियो ।
विजेताको सूची यसप्रकार रहेको छः
(क) पुरुष तर्फ:
(१) प्रथम: सि. शिब रायमाझी, श्री खड्गदल गण ।
(२) द्वितीय: सि. सुबाश कार्की, श्री नारायणदल गण ।
(३) तृतीय: स.प्र.ज. गौरब भण्डारी, श्री नं.५ विन्दावासिनी बाहिनी ।
(ख) महिला तर्फ:
(१) प्रथम: सि. निर्मला के.सी., गरुडदल गण ।
(२) द्वितीय: स.प्र.ज. भाबना शाही, श्री नं.५ विन्दावासिनी बाहिनी ।
(३) तृतीय: मिनिसा थापा, गोरखदल गण ।
लोकान्तर संवाददाता