×

NMB BANK
NIC ASIA

मुसापछि बिरालोको 'कब्जा'मा विद्युत प्राधिकरण: उपत्यकामा सोमवार एकैपटक कसरी गयो बिजुली ?

पुस २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सोमवार साँझ काठमाडौं उपत्यकाका मुख्य क्षेत्रमा एक्कासि बत्ती गयो । 

Muktinath Bank

साँझ ५ः१० बजे अख्तियार, प्रहरी मुख्यालय, बालुवाटार, प्रधानमन्त्री तथा सभामुख निवास लगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लैनचौर, ठमेल, दरबारमार्ग, नारायणहीटी संग्रहालय, गैरीधारा फिडरहरूमार्फत् प्रवाह हुने विद्युत आपूर्ति रोकिएपछि सबैको ध्यान त्यता खिचियो । 


Advertisment
Nabil box
Kumari

सोमवार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्युत् किन बढी जान थालेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसँग प्रश्न गरेको थियो ।

Vianet communication
Laxmi Bank

छलफलपछि विद्युत् जाने दर कटौती गर्दै व्यवस्थापन गर्न निर्देशन समेत दिइएको थियो ।

त्यसको केही समयमै साँझ ‘भीभीआईपी’ क्षेत्रमा बत्ती गएपछि विद्युत् प्राधिकरणलाई समेत तनाव भयो । 

प्राधिकरणले अचानक आएको समस्याले विद्युत् सेवा केही समय अवरुद्ध भएको भन्दै पछि क्षमा समेत माग्यो । 

किन गयो भीभीआईपी क्षेत्रमा एकाएक बत्ती  ? 

लैनचौरको ट्रान्सफर्मरमा अचानक आगलागी भएपछि भीभीआईपी क्षेत्रमा बत्ती गएको विद्युत् प्राधिकरणले जनाएको छ । 

विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले ट्रान्सफर्मरमा अचानक विद्युत् शर्ट भएकाले त्यसबाट सप्लाइ हुने फिडरहरूको विद्युत् कटौती गर्नुपरेको बताए । 

आगलागीको कारण भने रोचक छ ।

प्रवक्ता तिम्सिनाले बिरालोले ट्रान्सफर्मरको कुनै तार ‘टच’ गरेका कारण तार जुधेर आगलागी भएको बताए ।

लोकान्तरसँग उनले भने, ‘तार जुधेर विद्युत् शट भएको रहेछ, त्यहाँ बिरालो पनि मरेको पाइयो । बिरालोले छुँदा तार जुधेछ, त्यसकारण विद्युत् शट भयो ।’

स्मरण रहोस्, केही समयअघि (गत असोज ११ गते) लैनचौरकै ट्रान्सफर्मरमा मुसा छिरेपछि आगलागी भएको थियो भने भीभीआईपी क्षेत्रमा विद्युत् प्रवाह रोकिएको थियो ।

मुसाका कारण ट्रान्सफर्मरमा विद्युत् शट भएको करीब साढे ३ महिनामा बिरालोका कारण विद्युत् शट भएको हो । 

प्राधिकरणले भीभीआईपी क्षेत्रमा ३० मिनेट भित्रमै विद्युत् सेवा सञ्चालनमा ल्याएको र बाँकी क्षेत्रमा ४५ मिनेटमा लाइन सुचारू गरेको जनाएको छ । 

पछिल्लो समय विद्युत् प्राधिकरणले विभिन्न कारण देखाउँदै विद्युत् कटौती गर्दै आएको छ । विद्युत् कटौतीपछि आम उपभोक्ता पुनः ‘लोडशेडिङ’ हुने त हैन भन्ने आशंका व्यक्त गर्न थालेका छन् ।

राति स्युचाटारमा पनि आगलागी  

सोमवार राति १० बजे आसपासमा काठमाडौं उपत्यका र आसपासका जिल्लामा अचानक बत्ती गयो । 

एक्कासि सबैतिर बिजुली गएपछि सबैको मनमा प्रश्न उब्जियो । धेरैले सामाजिक सञ्जालमा प्रतिक्रिया समेत जनाए । 

यता नेपाल विद्युत् प्राधिकरणले ट्रान्समिसन सिस्टमको सीटी ब्रस्ट हुँदा सोमवार राति बत्ती गएको जनाएको छ ।

स्युचाटार सबस्टेसनमा रहेको मर्स्याङ्दी–काठमाडौं १३२ केभी ट्रान्समिसन सिस्टमको सीटी ब्रस्ट भएकाले बत्ती गएको प्राधिकरणले जनाएको छ । 

राति १०ः१५ मा गएको बिजुली १०ः४० मा आएको थियो ।

प्राधिकरणका अनुसार सोमवार राति मातातिर्थ, स्युचाटार, बालाजु, लैनचौर, टेकु, र पाटन गरी ७ वटा सबस्टेसन र मध्य तथा पश्चिम नेपालको केही भागमा विद्युत अवरुद्ध भएको थियो । 

के हो सिटी ब्रस्ट ?

प्राधिकरणका प्रवक्ता तिम्सिना ट्रान्समिसन सिस्टमको सीटी ब्रस्ट हुँदा सोमवार राति बत्ती गएको बताउँछन् । 

सीटीको अर्थ 'करेन्ट ट्रान्समिसन' हो । उनका अनुसार ट्रान्समिसनमा तीनवटा सीटी रहेका छन् । अघिल्लो वर्ष पनि एउटा सीटीमा आगलागी भएको उनले बताए । अहिले अर्को सीटीमा आगलागी भएको उनको भनाइ छ । 

उनले भने, ‘आगलागी हुनु भनेको त पक्कै नि त्यहाँ केही गडबडी छ भन्ने हो, कारण खुलिसकेको छैन, हामी अनुसन्धान गर्दैछौं ।’


 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x