×

NMB BANK
NIC ASIA

साकार बन्दै चन्द्रकान्तको परिकल्पना, पोखराको शिरमा ठडिँदैछ भगवान् शिवको विशाल मूर्ती

माघ १, २०७७

NTC
Premier Steels

पोखराका चन्द्रकान्त बरालको परिचय सफल व्यवसायी भन्दा समाजसेवीका रूपमा स्थापित छ ।

Muktinath Bank

समाजसेवा गर्न पाउँदा सन्तुष्ट भएको महशुस गर्छन्, उनी । बराल फिड इन्डस्ट्रिजका सञ्चालक उनी गरिमा विकास बैंकका अध्यक्ष पनि हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरा नजिकैको गाउँ पुम्दीभुम्दीमा हुर्केका उनले व्यवसायबाट प्रशस्त आम्दानी गरेका छन् ।


Advertisment
Nabil box
Kumari

७ जना दाजुभाइलाई बाँडेर खाने २ सय रोपनी जग्गामध्ये उनले आफ्नो भागमा परेको जग्गा बैंकमा धितोमा राखेर डेढ लाख रुपैयाँ ऋण काढे, अनि थाले बंगुरपालन ।

Vianet communication

शुरू–शुरूमा त बाहुनको छोरोले बंगुर पाल्यो भनी कुरा काट्ने पनि भेटिए । तर उनले त्यसको वास्ता गरेनन् । निरन्तर परिश्रममा केन्द्रित रहे । पछि कुखुरापालन र मासु बेच्न थाले । समयक्रमले छिट्टै करोडपति बनायो ।

यो सामग्रीमा हामी उनको व्यावसायिक सफलताको कथाको पाटो छोडेर उनकै परिकल्पनामा बन्न लागेको अद्वितीय नमूनामा केन्द्रित हुनेछौं ।

आजभन्दा ८/१० वर्षअघिको कुरा हो । चन्द्रकान्तको थातथलो पुम्दीभुम्दीको पुम्दीकोटमा महादेवभूमि मेला लागेको थियो । उनी हरेक वर्षझैँ त्यस वर्ष पनि मेला भर्न गए । अन्यले झैं महादेवको दर्शन गरे ।

पोखराको चुली पुम्दीकोट आफैँमा सुन्दर स्थल । यहाँबाट पोखरालाई तल पारेर पोखरा बजार, फेवाताल, उत्तरमा हिमश्रृङ्खलाको रसस्वादन गर्न पाइन्छ । उनले आफ्नै गाउँ–ठाउँलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्छ भनी योजना बनाए । देशविदेश घुमेका व्यवसायी बराललाई धेरथोर जानकारी थियो । विकसित देशमा सिको गरे । अनि संकल्प गरे, ‘नेपालमै अग्लो विशाल महादेवको मूर्ती किन नबनाउने ? 

लोकान्तरसँग उनले भने, ‘पहिलो त १०८ फिट अग्लो मूर्ती बनाउने योजना हो । तर हवाइ उड्डयन प्राधिकरणको सुझाव आधारमा बनाउन मिलेन । तैपनि ५१ फिट अग्लो मूर्ती निर्माण अन्तिम चरणमा छ । यसबाट पोखरामा धार्मिक पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने देखेको छु ।’ 

मूर्ती जडान प्रक्रिया हालैमात्र पूरा भए पनि औपचारिक रूपमा सर्वसाधारणका लागि खोलिएको छैन । अहिले ८० प्रतिशत कार्य पूरा भएको छ । पूरै निर्माण हुन अझै ५/६ महिना लाग्न सक्ने उनको अनुमान छ । 

मूर्ती निर्माणमा लाग्ने ठूलो रकम आफैँले धान्न नसक्ने भएपछि स्थानीयको समन्वयमा महायज्ञ गरी आर्थिक संकलन गरिएको थियो । 

पोखरा महानगरपालिका वडा २२, पुम्दीकोटमा अहिले अष्ठधातुजडित फाइबर ग्लासबाट बनेको मूर्तीमात्र बन्ने छैन पुम्दीकोटको समग्र विकासका लागि ४० करोड रुपैयाँको गुरुयोजना बुनिएको छ । गुरुयोजनाअन्तर्गत १०८ स्वर्गद्वारी सिँढी, रूंगाटा बैकुण्ठ हल, गुरू महाराज आश्रम, हरियाली बगैँचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थल लगायतका संरचना निर्माण समेटिएको पुम्दीकोट विशाल महादेव मूर्ती निर्माण तथा पर्यटन प्रवद्र्धन उपभोक्ता समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए । 

उनका अनुसार गुरुयोजनाको हालसम्म ४० देखि ४५ प्रतिशत कार्य सम्पन्न भएको छ । हालसम्म करीब १५ करोड रुपैयाँ खर्च भइसकेको छ । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने योजनाअन्तर्गत शिलान्यास भएको साढे २ वर्ष बितिसकेको छ । गुरुयोजनाअन्तर्गत सम्पूर्ण संरचना निर्माण पूरा हुन अझै २ वर्ष लाग्ने देखिन्छ । कुल २२ रोपनी क्षेत्रफलमा रहेको उक्त जग्गा समितिले ३० वर्षका लागि नेपाल सरकारसँग भाडामा लिएको हो । पुम्दीकोट समुद्री सतहबाट १५०० मिटर उचाइमा छ ।

कोरोना महामारीका कारण लागत बढेर ४५ करोड रुपैयाँसम्म पुग्ने बरालले बताए । समितिले आर्थिक संकलनका लागि २०७३ फागुनमा महादेव पुराण एवं धार्मिक पर्यटन महोत्सव आयोजना गरेको थियो । महायज्ञमा ६ करोड १८ लाख नगद र २० रोपनी जग्गा भूमिदान भएको थियो ।

महायज्ञमा बोलिएको रकममध्ये अझै डेढ करोड रुपैयाँ उठ्न बाँकी छ । यो वृहत् योजना सफल बनाउन संघीय सरकारले साढे ४ करोड, पोखरा महानगरपालिकाले डेढ करोड, गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ सहयोग भएको छ । 

यो योजनामा वीरगञ्जका समाजसेवी एवं उद्योगपति रुंगटा वेलफेयर सोसाइटीका मुरलीधर रुंगटाका छोरा प्रदीपकुमार रुंगटाले १ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् । त्यस्तै १ करोडभन्दा बढी दान गर्नेमा समिति अध्यक्ष चन्द्रकान्त बराल आफैँ पनि छन् ।

मूर्ती दान गर्ने काठमाडौं निवासी कमल जैन हुन् । उनको मात्रै ३ करोड रुपैयाँभन्दा बढी सहयोग छ । 

‘विगत पूर्खादेखि नै महादेवभूमि देवता भनी पुज्ने चलन थियो ।  समय–समयमा लाग्ने मेलामा दर्शनार्थी पनि जाने र शिवको दर्शन गरी फर्किन्थें,’ बरालले भने, ‘पितापुर्खादेखि चलिआएको चलन धार्मिक आस्थालाई जीवन्त रूप दिन विशाल महादेवको मूर्ती निर्माण गर्ने परिकल्पना आयो । त्यही परिकल्पना सबैको सहयोगले साकार रूप लिँदा हर्षविभोर छु ।’ 

सिंहासनमा बसेको ५१ फिट अग्लो सो मूर्ती भारतबाट १२ वटा गाडीमार्फत ल्याइएको हो । अचेल यस स्थलमा पुगेर सेल्फी खिच्नेहरू प्रशस्त भेटिन्छन् ।

‘धार्मिक, पर्यटन तथा सांस्कृतिक प्रवद्र्धनका लागि यो योजना बुनिएको हो । विभिन्न संघसंस्था, व्यक्तिहरूको सहयोग प्राप्त भएको छ । शुरूआतदेखि ३ वर्ष बढी समय त मेरो यसैमा गइसकेको छ,’ अध्यक्ष बरालले भने, ‘यो बनिसकेपछि पोखरा घुम्न आउनेहरूको संख्या थप हुने विश्वास छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x