‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

 नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । ‘कोभिसिल्ड’ सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले उत्पादन गरेको खोप हो ।

योसँगै नेपालमा रहेको आधिकारिक आयातकर्ता हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालिले ‘कोभिसिल्ड’ नामक खोप ल्याउने औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए । उनले निवेदन दिएकामध्ये अन्य दुई जनाको आवश्यक कागजात नपुगेको र टेक्निकल नोटका आधारमा निर्णय गर्दै जाने बताए ।


Advertisement

उनले भने, ‘यो कम्पनी मात्रै अन्तिम होइन । सरकारले कोरोनाविरुद्धको खोप आयात सन्दर्भमा टेक्निकल नोट तयार गरेको छ । त्यसमा आधारित रहेर अन्य भ्याक्सिन पनि दर्ता हुन सक्छन् ।’

नेपालमा कोरोना भाइरसविरुद्ध खोपको आपतकालीन प्रयोगका लागि विभागीय निर्णयअनुसार कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको हो । विभागका वरिष्ठ औषधि व्यवस्थापक केसीले भने, ‘आधिकारिक आयातकर्ताले मात्रै कोरोनाविरुद्धको खोप ल्याउन पाउँछ । टेक्निकल नोटका आधारमा हामीले निर्णय गर्दै जाने हो ।’राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्