नर्वेमा कोभिडविरुद्ध फाइजरको खोप लगाएका २९ जनाको मृत्यु

कोरोनाभाइरसविरुद्धको खोप धेरै देशले लगाउन थालेका छन् । 

तर नर्वेमा खोप लगाएपछि मानिसहरूको मृत्यु भएपछि त्यहाँको सरकारले चिन्ता व्यक्त गरेको छ । फाइजरको खोप लगाएका २९ जनाको मृत्यु भइसकेको छ । 


Advertisement

खोप लगाएकामध्ये धेरैजसो वृद्धहरूको मृत्यु भएको छ । उनीहरूको उमेर ७५ देखि ८० वर्ष छ । 

उनीहरूले खोप लगाउँदा त्यो कोरोनाभाइरस रोक्न सक्षम थियो कि थिएन भन्ने विषय स्पष्ट छैन । 


Advertisement

नर्वेमा लगभग ४२ हजार मानिसलाई फाइजरको कम्तीमा एक डोज दिइसकिएको छ । वृद्ध तथा अन्य व्यक्तिलाई यो खोप जोखिमयुक्त मानिएको छ । 

नर्वे मेडिसिन एजेन्सीले शनिवार ब्लूमबर्ग पत्रिकालाई लिखित जवाफ दिँदै शुक्रवारसम्म फाइजर र बायोएनटेक एसईले बनाएको खोप मात्र दिइएको र खोपकै कारण मृत्यु भएको बताएको छ । 

एजेन्सीले बतायो, ‘अधिकांश मानिसले खोपको अपेक्षित दुष्प्रभावको अनुभव गरेका छन् । उनीहरूलाई वाकावाकी, ज्वरो आउने समस्या देखिएको छ । यसले अन्तर्निहित स्थिति बिगार्दै लगेको छ ।’

तर आत्तिहाल्नुपर्ने कारण नरहेको नर्वे सरकारले बताएको छ । 

अस्ट्रेलिया पनि नर्वेको परिणाम देखेर चिन्तित छ । उसले पनि फाइजरको खोपको ठूलो मात्रा किनिसकेको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्