×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश एकद्वारा गण्डकीलाई १०३ रनको लक्ष्य

माघ ५, २०७७

NTC
Premier Steels

चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा आज भइरहेको खेलमा प्रदेश नं १ ले गण्डकी प्रदेशलाई १०३ रनको लक्ष्य दिएको छ । 

Muktinath Bank

टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १०२ रन मात्र बनायो । प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले २४, मिनास थापाले २२, शुभाङ्कर उरावले १२, दीपक पासवानले ११ तथा दिपेश कँडेलले १० रन बनाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलिङतर्फ गण्डकी प्रदेशका लागि सुवाश भण्डारी र विशाल पौडेलले चार÷चार तथा विपीन खत्रीले दुई विकेट लिए । यसैगरी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा अहिले समूह ‘बी’अन्तर्गत वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच अर्को खेल भइरहेको छ । सुदूरपश्चिम प्रदेशले टस जिते फिल्डिङ रोजेपछि वाग्मती ब्याटिङ गर्न पुगेको हो । 


Advertisment
Nabil box
Kumari

वाग्मतीले ३१ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर १६९ रन बनाएको छ । वाग्मतीका आकाश थापा, पारस खड्का र आदिल खान पवेलियन फर्किएका छन् । थापाले आठ बल खेल्दै तीन चौकाको मद्दतमा १३ तथा खड्काले १९ बलमा तीन चौका हान्दै २० रनको योगदान दिए  । यस्तै खानले अर्घशतकीय पारी खेल्नुभयो । उहाँले ८६ बलमा ६३ रन बनाए । यसक्रममा खानले १० चौका प्रहार गरे । अहिले पृथु बाँस्कोटा र इशान पाण्डेले ब्याटिङ गरिरहेका छन् । बाँस्कोटाले अद्र्धशतक प्रहार गरेका छन्  । बलिङतर्फ सुदूरपश्चिमका भोजराज भट्टले दुई तथा विनोद लामाले एक विकेट लिएका छन् ।

Vianet communication

    वाग्मतीले आइतबार आफ्नो पहिलो खेलमा साविक विजेता पुलिसलाई ७ विकेटले हराएको थिया । गण्डकी र प्रदेश नम्बर भने यसअघि आ–आफ्ना खेलमा पराजित भएका थिए । गण्डकी नेपाली सेनाको त्रिभुवन आर्मीसँग ९८ रनले हारेको थियो भने प्रदेश १ एपीएफसँग १३५ रनले पराजित भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x