कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
प्रतिनिधि सभा विघटनका विरुद्ध आन्दोलनमा उत्रिएको नेकपाको प्रचण्ड-नेपाल पक्षले शुक्रवार आजधानी काठमाडौँमा विशाल जनसभाको आयोजना गर्यो । काठमाडौँको दश ठाउँबाट निकालिएको जुलुश रत्नपार्कमा पुगेपछि जनसभामा परिणत भएको थियो ।
जनसभा व्यवस्थापनका क्रममा खटिएका एक डीएसपीका अनुसार आजको जुलुशमा सहभागीको संख्या करीब ५० हजारको हाराहारीमा थियो । जनसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड', अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य घनश्याम भुसालले सम्बोधन गरेका थिए ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरिदिएकी थिइन् । संसद विघटन संविधानसम्मत नभएको भन्दै सर्वोच्चमा परेका १३ रिटहरूको सुनुवाई संवैधानिक इजलासमा चलिरहेको छ ।
विघटित संसदलाई पुनर्स्थापना गर्नुपर्ने मागसहित प्रचण्ड-नेपाल पक्षले निरन्तर आन्दोलन गर्दै आइरहेको छ । शुक्रवारको जनसभा दोस्रो चरणको आन्दोलनको उत्कर्ष थियो । जनसभामा करीब २ लाख मान्छे उतार्ने दाबी नेताहरूले गरेको भएपनि ५० हजारको हाराहारीमा नेता तथा कार्यकर्ताको उपस्थिति देखिन्थ्यो ।
काठमाडौँमा यतिका मान्छे उतारेर गरिएको शक्ति प्रदर्शनमार्फत प्रचण्ड-नेपाल पक्षले केही सन्देश दिन खोजेको छ । ती सन्देश केके हुन सक्छन्, हामीले विश्लेषण गर्ने प्रयास गरेका छौं ।
१. अदालत र निर्वाचन आयोगले जनमत कता छ त्यो हेर्नुपर्छ
जनसभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले अदालत र निर्वाचन आयोगले जनताको सेन्टिमेन्ट हेरेर फैसला गर्नुपर्ने बताएका थिए ।
'ओलीका मान्छेहरूले हामीले सेटिङ मिलाइसकेका छौं भनेका छन्,' उनले सम्बोधनका क्रममा भने, 'षड्यन्त्रकारी सेटिंग भत्काएर जनताको सेटिंग खडा हुँदैछ । निर्वाचन आयोग र अदालतले जनमत पनि हेरेर फैसला गरेको इतिहास छ । कुनै पनि ऐतिहासिक फैसलामा जनताको मनोविज्ञान के छ भन्ने पनि एउटा फ्याक्टर हुने गरेको छ ।'
आजको सम्बोधनका क्रममा मात्र होइन, प्रचण्डले यसअघि पनि पटक-पटक यस्तै कुरा दोहोर्याउने गरेका छन् । केही दिनअघि उनले सम्बोधनका क्रममा भनेका थिए, 'हामीले आन्दोलनमार्फत अदालत र निर्वाचन आयोगलाई सहयोग गर्न खोजेका छौं ।'
विवाद शुरू हुनुभन्दा अघिका केन्द्रीय कमिटी सदस्यहरू मध्ये बहुमत प्रचण्ड-नेपाल पक्षमै छन् । आयोगको नियमावलीले यसअघिका विवाद सल्ट्याउँदा बहुमत अल्पमतलाई नै आधार बनाएको थियो । तर पनि प्रचण्ड-नेपाल पक्ष सूर्य चिह्न आफूले पाउनेमा विश्वस्त देखिँदैन ।
सर्वोच्च अदालतले पनि संसद विघटन उल्ट्याउला भन्नेमा प्रचण्ड-नेपाल पक्ष विश्वस्त देखिएको छैन । अध्यक्ष प्रचण्ड र अन्य नेताहरूका बारम्बारका अभिव्यक्तिहरूले यसको पटाक्षेप गरेका छन् ।
२. जनतामै फर्किनुपर्ने बाध्यता
ओली नेतृत्वको सरकारमा भएका भ्रष्टाचार काण्ड, कोरोना महामारी नियन्त्रणमा कमजोरी, राष्ट्रिय स्वाधिनता र अन्य विषयहरूमा प्रचण्ड-नेपाल पक्ष चुप देखिन्थ्यो । यदा-कदा सुन्ने पनि गरिन्छ, 'जब जनतालाई साँच्चिकै आवश्यकता थियो, यो पक्ष चुप बस्यो । जब आफूमाथि आपत्ति आइपर्यो, तब प्रचण्ड-नेपाल पक्षले जनतालाई सडकमा आउन आह्वान गरिरहेको छ ।'
प्रचण्ड-नेपाल पक्षका नेताहरूले जनतामा रहेको यही पर्सेप्सन क्लियर गर्न खोजिरहेका छन् । आजको सम्बोधनमा वरिष्ठ नेता खनालले भने, 'यो संविधानले पाँच वर्षसम्म संसद् विघटन गर्न नपाउने व्यवस्था गरेको छ । तर संविधानविपरित कदम चालेर देशलाई विध्वंस र अस्थिरतातर्फ लैजाने काम केपी ओलीबाट भएको छ । त्यसैले हामी सडकमा जनताका साथमा आउन बाध्य छौँ ।'
प्रचण्डले त अझ एक कदम अघि बढेर आत्मालोचना नै गरे । 'हामी एक्लैले केपीलाई तह लगाउन सकेनौं, कमजोरी भयो,' प्रचण्डले भने, 'केपीलाई कुनै तरिकाले सम्झाइ बुझाइ र फकाइ गरेर कतिपय कुरा मान्दिए पार्टी र देश अघि जाने हो कि भनेर हामीले प्रयास गर्यौं । तर केपी ओली प्रवृत्तिलाई ठीक गर्न सकिने रैनछ । म आत्मालोचित हुन चाहन्छु ।'
उनले विधान मान्दिन भन्ने ओलीलाई नेताहरू मात्रले सच्याउन नसकेको स्वीकारे । 'हामी राष्ट्रप्रति इमान्दार थियौं र छौं,' उनले भने, 'हामी अन्ततः गलत सम्झौता गर्नु भन्दा प्रतिक्रान्तिका विरुद्ध जनताका माझ जाने निर्णय गरेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र जनताले ल्याएकाले अहिले पनि गुहार भन्न आएका छौं ।'
केही दिनअघि राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा पनि प्रचण्ड र नेपाल दुवैले आफूहरू आत्मालोचनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
३. अर्को ओली चाहिँदैन !
सम्बोधनका क्रममा वरिष्ठ नेता नेपालले ओलीले आफूलाई ५० वर्षअघि देखि दुख दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
'५० वर्षसम्म जहिले पनि दुःख दिए,' नेता नेपालले भने, 'हैरान मात्रै पारे । मैले मनाउन खोज्ने तर उनले मलाई सधैँ दुःख दिए । उनी सधैँ अरुको हुर्मत लिन खोज्छन् । अब तिनै ओली पार्टीमा चाहिँदैन । हिटलरी नाजिवादको नेपाली संस्करण केपी ओली हुन् ।'
अध्यक्ष प्रचण्डले पनि सम्बोधनका क्रममा पार्टीमा अर्को ओली जन्मिन नदिन आफूहरू प्रतिबद्ध रहेको बताए । उनले ओलीले पूर्वराजा ज्ञानेन्द्रका समर्थकहरूलाई लिएर हिंड्ने गरेको भन्दै यसले गणतन्त्र नै लजाएको बताए ।
४. प्रचण्ड-नेपालबीचको सहकार्यमा समस्या छैन
आजको जनसभा मात्र होइन, यसअघि पनि पटक-पटक अध्यक्षद्वय प्रचण्ड र नेपालले एक अर्काको प्रशंसा गर्दै आइरहेका छन् । केही दिनअघि दाङमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले भनेका थिए, 'प्रचण्डजस्तो व्यवहारमा इमान्दार कोही छैनन् । केपी ओली विध्वंशको अर्को नाम हो ।'
प्रचण्डले पनि बेलाबेलामा नेता नेपालको प्रशंसा गर्ने गरेका छन् । केही दिनअघि पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, 'केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासनको पक्षधर हो ।' उनले ओलीको उद्देश्य इमान्दारिताको नरहेको र नाङ्गै हुने छलछामको तरिका अपनाउने रहेको भन्दै ओलीको आलोचना गरेका थिए ।
ओली पक्षधरले प्रचण्ड-नेपालबीच लामो समय मिलती हुन नसक्ने बताइरहेका बेला दुवै नेताले एकले अर्कालाई यसरी प्रशंसा गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
शुक्रवारको सम्बोधनमा पनि प्रचण्डले यस्तै विषय समेटेका थिए । 'केपी ओली भन्ने कस्तो जातका मान्छे रहेछन् भने यिनलाई नेपालको एक नम्बर अपराधी प्रचण्ड नै हो भन्ने लागेको छ । यिनको एकमात्र मिसन राजावादीसँग मिलेर होस् प्रचण्ड सिध्याउने र माधवजी र मेरो बीचमा फाटो पार्ने ।'
सम्बोधनका क्रममा सबै नेताहरूले अधिकांश समय प्रधानमन्त्री ओलीकै खोइरो खन्न बिताएका थिए ।
५. पूर्व लडाकूप्रति स्नेह देखाउँदै प्रचण्ड !
केही साताअघि राजधानीको बबरमहलस्थित कार्की बैंकटमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सोधेका थिए, 'खोइ कालीबहादुर खाम ?'
त्यसको जवाफ आज प्रचण्डले दिए । 'कालीबहादुर खाम खोई अरे !' प्रचण्डले भने, 'त्यो कालीबहादुर खाम विचरा आफैंले केही गर्या त होइन । उसको मुद्दा ठीक ढंगले हल होस् भन्नका लागि १०/११ वर्षदेखि म लगातार लागेको छु । उसलाई परेको गाह्रो–साह्रो हेर्न मैले लगातार बल गरेको छु । अहिले त कालीबहादुर, तपाईंलाई प्रचण्डले हेर्दैन ! जनमुक्ति सेनाका कमाण्डर हुन् उनी ।'
प्रचण्डले आफूले १० वर्षसम्म स्कूलिङ गरेर हुर्काएर जनयुद्धका लडाकूहरूलाई अहिलेको ठाउँमा पुर्याएको बताए । 'ती मान्छेको चाहिँ अब केपीले संरक्षण गर्ने रे,' प्रचण्डले आक्रोशित हुँदै भने, 'आमाको दूध चुसेर भएन, बाबुको घुँडो ! योभन्दा लाजमर्दो अरु हुन्छ ? प्रचण्डले जनमुक्ति सेना नहेर्ने रे, केपीले हेर्ने रे ।’
उनले थपे, 'जनमुक्ति सेनाका सबै कमाण्डर, घाइते, योद्धा साथीहरु भ्रमित नहुनुहोला । तपाईंहरुको रगत पसिना र बलिदानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउन ऐतिहासिक भूमिका खेलेको छ । इतिहासको स्वर्णिम अक्षरमा तपाईहरुको नाम लेखिइसकेको छ । त्यसलाई कालो पोत्ने काम हामी कोही नगरौं । म यो अपील गर्न चाहन्छु ।’
प्रचण्डले पूर्व माओवादीहरूमध्ये ओलीतिर लागेकाहरूलाई बढी खरानी घसेको आरोप लगाए । उनले ओलीतिर लागेका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह लगायतका नेताहरूलाई बढी खरानी घसेको आरोप लगाएका हुन् ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...