०३ साउन २०८३, आइतबार

यो हो संसारको सबभन्दा ठूलो गुफा, ४० तल्ले घर पनि सजिलै अट्ने

माघ १२, २०७७
यो हो संसारको सबभन्दा ठूलो गुफा, ४० तल्ले घर पनि सजिलै अट्ने

भियतनामका जंगलहरूमा संसारका सबभन्दा विशाल गुफाहरू रहेका छन् । कुनै कुनै गुफा यति विशाल छन् कि तिनमा ४० तल्ले घर पनि सजिलै अट्छन् । 

गुफा समूहको नाम सोन डोङ हो । यो संयोगले पत्ता लागेको हो र आठ वर्षअघि मात्र सर्वसाधारणका लागि खुलेको हो । लाखौं वर्षअसघदेखि अस्तित्वमा रहेको यस गुफामा अग्ला भवन पनि अट्न सक्छन् । 

गुफाको लम्बाइ नौ किलोमिटर छ । यहाँ १५० वटा फरक फरक गुफा छन् । 

गुफामा भूमिगत नदीहरू पनि छन् । 

गुफामा पर्यटकहरूलाई गाइड गर्ने हो मिन्हका अनुसार, यस गुफामा इको सिस्टम र मौसमको प्याटर्न छ र त्यो बाहिरी संसारको भन्दा बिल्कुलै फरक मौसम छ । 

गुफामा उड्ने स्यालहरू बस्छन् । सन् २०१३ मा गुफा पर्यटकहरूका लागि खोलिँदा त्यहाँ नजिक बस्ने मानिसहरूको जीवनस्तरमा परिवर्तन आएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्