×

NMB BANK
NIC ASIA

कञ्चनपुरको पुर्नवासस्थित 'प्याराताल'मा भारतको दाबी

माघ १३, २०७७

NTC
Premier Steels

नगरपालिकामा पर्ने प्याराताललाई भारती पक्षले लामो समयदेखि विवाद सिर्जना गर्दै आएको भए पनि नेपाली पक्ष भने मौन रहँदै आएको छ ।

Muktinath Bank

तत्कालीन जिल्ला विकास समिति कञ्चनपुर हुँदै हाल स्थानीय तहले तालमा माछा मार्ने ठेक्का दिँदै आएकामा भारतीय पक्षले तालमा आफ्नो पनि स्वामित्व दाबी गरेर बखेडा झिकिरहेको छ । विसं २०६१÷६२ मा आएको नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले प्याराताल भारततिर पार्ने गरी सीमास्तम्भ गाडेको स्थानीयको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झण्डै चार दशकदेखि प्यारातालको विषयमा नेपाल–भारतबीच देखिएको विवाद सुल्झिने कुनै सुरसार देखिएको छ ।


Advertisment
Nabil box
Kumari

विसं २०२२ देखि जिल्ला विकास समितिले तालमा माछा पार्न ठेक्का दिँदै आइरहेको प्यारातालमा २०३५ सालयता भारतीय पक्षले पनि उक्त तालमा आफ्नो पनि दाबी गर्दै विवाद गरिरहेको छ ।

Vianet communication

पुर्नवास नगरपालिका–९ का वडाध्यक्ष नारायणप्रसाद जैसीले तीन वर्षयता पुर्नवास नगरपालिकाले प्यारातालमा माछा मार्ने ठेक्का दिँदै आएको बताए ।

'नगरपालिकाले ठेक्का दिए पनि भारतीय पक्षले त्यति सहजै माछा मार्न भने दिएको छैन,' वडाध्यक्ष जैशीले भने, 'पूर्व–पश्चिम फैलिएको तालमा भारतले आधा आफ्नो दाबी छाडेको छैन ।'

तालसँगै छेउमा रहेको भारतीय दुधुवा नेशनल पार्कका वन्यजन्तुको पानीको प्यास मेटाउने एक मात्र ठाउँ प्याराताल हुने भएकाले सो प्रयोगजनका लागि भारतले तालमा आँखा गाडेको उनको भनाइ छ । 'डेढ दशकअघि ताल पारी नेपाली भूमिमै भारतीय पक्षले सीमा स्तम्भ गाडेर हाम्रो भूमि कब्जा गरेको थियो,' जैसीले भने, 'त्यो बेला स्थानीयले स्तम्भ भत्काएर सीमाको रक्षा गर्दै भूमि फिर्ता लिएका थिए ।'

सो घटनापछि भारतले तालबारी आएर विवाद भने गर्न सकेको छैन । 'अहिले ताल छेउको हामीले फिर्ता लिएको त्यही भूमिमा कच्ची सडक बनाउन वडाले रु अढाइ लाख रकम विनियोजन गरेर काम शुरु गरेको छ,' उनले भने, 'प्याराताल संरक्षण नहुँदा जलकुम्भीले पुरिँदै गएको छ । यसबारेमा माथिल्लो स्तरबाट कुनै चासो देखाइएको छैन ।'

स्थानीयका अनुसार तालभन्दा करीब ५०० मिटर दक्षिणसम्म नेपाली भूमि रहेपनि भारतीय पक्षले त्यहाँ आवागमन गर्न रोक लगाएको छ । करीब तीन किलोमिटर लम्बाइमा प्याराताल फैलिएको छ ।

माछाको ठेक्का पाएका स्थानीयले भने माछा मारेर ५० प्रतिशत भारतीय पक्षलाई दिनुपर्ने बाध्यता रहेको दुःखेसो पोख्छन् । पर्यटकीय र जलाधार क्षेत्रको महत्वपूर्ण सम्भावना बोकेको यस ताल पछिल्लो समय स्थानीय निकायले संरक्षणमा ध्यान नदिएको स्थानीयवासीको भनाइ छ ।

ताल छेउमै पर्यटन बोर्डको सहयोगमा वनभोज स्थल बनाइएको छ । प्याराताल क्षेत्रको पारी (दशगजा) क्षेत्रमा पर्ने साविक सीमास्तम्भ नं १९५ अझै तालभन्दा वर जङ्गलमै मर्मतसम्भारको पर्खाइमा छ भने १९६ सीमास्तम्भ लामो समयदेखि हराएको छ ।

पुर्नबास नगरपालिकामै पर्ने आनन्द बजारमा सीमास्तम्भ नं २०० छैन । भारतले सो क्षेत्रमा एउटा रुखलाई सीमास्तम्भ मानी त्यसैलाई दाबी गर्दै आइरहेको छ । सोही रुख नजिकै गत वर्ष कल्भर्ट बनाउने विषयमा भारतीय सुरक्षाकर्मीको गोली चलाउँदा पुनर्वासका गोविन्द गौतमले शहादत प्राप्त गरेका थिए ।

सीमास्तम्भ १९६ देखि सीमास्तम्भ नं २०० सम्म नेपाल–भारतबीच लामो समयदेखि सीमा विवाद हुने गरेको छ । त्यसैगरी पुर्नवास नगरपालिकाका प्रमुख जीवनराम थापाले प्यारातालको विवाद सुल्झाउन केन्द्रमा पटकपटक ज्ञापनपत्रसहित आग्रह गर्दा पनि केही पहल नभएको बताए ।

उनले तालमा माछा मार्ने ठेक्का नगरपालिकाले दिएको भए पनि भारतीय हस्तक्षेप कायम रहेको बताए । 'शहीद गोविन्दा गौतमले सीमा विवादकै कारण मृत्युवरण गर्दा पनि हामीले प्याराताल विवाद प्राथमिकतामा राखेर पहल गरेका थियौँ”, नगरप्रमुख थापाले भने।

यस विषयमा टोली बनाएर काठमाडौंँमा धाउँदा पनि कुनै ठोस पहल नभएको उहाँको गुनासो छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x