×

NMB BANK
NIC ASIA

भारतमा कोरोना निर्देशिकाको म्याद थप

माघ १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतमा कोरोनाभाइरस नियन्त्रणका लागि जारी गरिएको निर्देशिका लागू हुने समयावधि फेरी लम्ब्याइएको छ ।

Muktinath Bank

    भारतीय केन्द्रीय सरकारले बुधबार निर्देशिका कार्यान्वयनको अवधि कम्तीमा थप एक महिना लम्ब्याइएको घोषणा गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    हरेक नागरिकले घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने, सेनिटाइजरको प्रयोग गर्नु पर्ने वा निरन्तर साबुन पानीले हात धुनु पर्नेलगायतका नियम कडाइका साथ पालना गर्नु पर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।


Advertisment
Nabil box
Kumari

    यसअघि यो निर्देशिका यही जनवरीको अन्त्यसम्मका लागि लागू गर्ने निर्णय भएकोमा अहिले लम्ब्याएर आगामी फेब्रुअरी २८ तारिखसम्म लागू गर्ने निर्णय भएको हो ।  

Vianet communication
Laxmi Bank

    भारतमा पछिल्ला केही महिनादेखि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या घट्दै गए पनि सरकारले निर्देशिकालाई कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

    भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका र नयाँ थपिने सङ्क्रमितहरूको सङ्ख्यामा पहिलाभन्दा धेरै कमी आएको छ ।

    भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ७६ हजार ४९८ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।       

    कोरोनाका कारण भारतमा अहिलेसम्म एक लाख ५३ हजार ७२४ जनाको मृत्यु भएको छ । तीमध्ये १३७ जनाको मङ्गलबार मृत्यु भएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x