चैत २७, २०८०
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
माघ १८, २०७७
मुआब्जामा मात्र ३३ अर्ब ७९ करोडभन्दा बढी खर्च भइसकेको बहुप्रतिक्षित राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना अलपत्र परेको छ ।
यति ठूलो रकम खर्च भइसक्दा पनि निर्माणको मोडालिटी समेत बनेको छैन । साथै निर्माणको जिम्मा दिने भनिएको विवादित चिनियाँ कम्पनी गेजुवा पनि सम्पर्कविहीन छ ।
गेजुवा सम्पर्कविहीन भयो भन्ने आसयका समाचार आएपछि उसले पत्र पठाएर हामी सम्पर्कमै छौं भन्ने अन्य समयमा छलफलमा समेत नआउने गरेको देखिन्छ ।
सरकारले २०७५ साल असोजमा गेजुवासँगको छलफल अगाडि बढाउन ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई निर्देशन दिएको थियो ।
केही राजनैतिक दलका नेताहरूको व्यक्तिगत ‘इन्ट्रेस्ट’मा गेजुवालाई बूढीगण्डकी निर्माणको जिम्मा दिइएको भएपनि पछिल्लो समय भने कम्पनी सम्पर्कविहिन भएको ऊर्जा मन्त्रालयले बताउँदै आएको थियो । तर अहिले भने गेजुवाले मन्त्रालयसँग लुकामारी गरिरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयबाट वार्ताको जिम्मा पाएसँगै शुरूमा एकपटक मात्रै गेजुवासँग वार्ता भएको ऊर्जा सचिव दिनेशकुमार घिमिरेले लोकान्तरलाई बताए ।
उनले भने, ‘शुरूको १ पटक २/३ चरणको वार्ता भएको थियो, तर अहिले छैन ।’
शुरूको वार्तामा गेजुवाले आफ्ना ‘अथोरिटी’सँग छलफल गरी उनीहरूको राय अनुसार अगाडि बढ्ने मन्त्रालयलाई बताएको थियो ।
अथोरिटीको सल्लाह लिन्छु भनेर हिँडेको गेजुवा त्यसपछि सम्पर्कविहीन जस्तै छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधुप्रसाद भेटुवालले अहिले उनीहरू सम्पर्कमा नआएको बताए ।
लोकान्तरसँग उनले भने, ‘तपाईंहरूले मिडियामा गेजुवा सम्पर्कविहीन भनेर समाचार लेखेपछि उनीहरू हामी हराएका छैनौं है भन्दै पत्र पठाउँछन् । तर पछि अन्य कुरा हुँदैन ।’
सरकारकै बेवास्ता
राजनीतिक दलहरूले सत्तामा जाने बेलामा बूढीगण्डकीलाई भर्याङ बनाएपनि पछि बेवास्ता गर्ने गरेको मन्त्रालयका कर्मचारीहरूको गुनासो छ ।
गेजुवासँग छलफल गरेर प्रक्रिया अगाडि बढाउन २०७५ असोजमा मन्त्रिपरिषद्ले मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसपछि मन्त्रिपरिषद्ले यसबारे चासो देखाएको छैन । ‘मन्त्रिपरिषद्कै चाहनामा गेजुवा आएको भएपनि अहिले यसबारे कुनै पनि कुरा भएको छैन,’ मन्त्रालय स्रोतले भन्यो ।
‘गेजुवाको भर छैन’
निकै लामो समयसम्म गेजुवा कम्पनी बेखबर हुँदा पनि बूढीगण्डकीमा उसको नाम जोडिन भने छाडेको छैन । तर अझै पनि बूढीगण्डकी बनाउने जिम्मा कसलाई दिने भन्ने विषय अन्यौल नै छ ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी आयोजना बनाउन गेजुवाको भर नपरेको ऊर्जा सचिव घिमिरे बताउँछन् ।
लोकान्तरसँग उनले भने, ‘हामीले हाम्रो काम गरिरहेका छौं, गेजुवाको भरमा परेर बसेका हैनौं ।’
उनले मिडियामा गेजुवालाई नै बूढीगण्डकी दिइसकेको जसरी प्रचार भएको भन्दै असन्तुुष्टि समेत जनाए । उनले भने, ‘दिए भन्ने भाषाप्रति नै मेरो आपत्ति छ, हामीले दिएका हैनौं, दिनका लागि छलफल मात्रै भएको हो । अब यसकै भर परेर बसेका पनि छैनौं, गेजुवा ‘क्लोज’ गरे हुन्छ नि अब त ।’
कहिले शुरू हुन्छ निर्माण प्रक्रिया ?
असार मसान्तसम्ममा निर्माण प्रक्रिया शुरू हुने दाबी मन्त्रालयको छ ।
सचिव घिमिरे अहिले मन्त्रालयले बूढीगण्डकीलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गर्छन् । यसै आर्थिक वर्षभित्र निर्माण शुरू हुने उनको दाबी छ ।
उनले भने, ‘अहिले मोडालिटीमा वर्कआउट हुँदैछ । एक डेढ महिनाभित्रमा यसलाई सकाएर असार मसान्तसम्ममा निर्माण प्रक्रिया शुरू गर्छौं ।’
उनले अहिले मोडालिटी बनाउने काम अन्तिम चरणमा रहेको बताए ।
लगानीकर्ता को हुने ? वा कसरी छनौट गर्ने भन्नेबारे पनि अध्ययन भइरहेको र सबै कुरा मोडालिटी बनेपछि अगाडि बढ्ने सचिव घिमिरे बताउँछन् ।
उनका अनुसार, राज्यले आफैं बनाउने, विदेशी लगानीकर्तालाई लाइसेन्स दिएर निर्माणमा सहभागी गराउने वा बिडिङबाट जाने भन्ने विषयमा अध्ययन भइरहेको छ ।
मोडालिटीलाई एक/डेढ महिनामा अन्तिम रूप दिने उनले बताए ।
मुआब्जाको काम अन्तिम चरणमा
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितहरूका लागि अहिले मुआब्जा वितरणको काम भइरहेको छ ।
आयोजना अन्तर्गत वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाइका संयोजक कृष्णबहादुर कार्कीले अहिले धादिङ र गोरखातर्फका प्रभावितहरूको ४८ हजार रोपनी जग्गाको ३३ अर्ब ७९ करोड रूपैयाँ मुआब्जा वितरण भइसकेको लोकान्तरलाई जानकारी दिए ।
‘अहिले छुटेकाहरूलाई मुआब्जा दिने काम भइरहेको छ, उनले भने, ‘करीब–करीब यो सकिसकेको छ ।’
उनका अनुसार अब घर गोठ लगायतका संरचनाहरूको क्षतिपूर्ति निर्धारण गरी मुआब्जा दिनुपर्ने छ ।
‘करीब २५ हजार संरचनाका लागि अनुमानित १२ अर्ब रुपैयाँ छुट्याएर काम गर्नुपर्ने देखिन्छ,’ संयोजक कार्कीले भने ।
यता राष्ट्रिय योजना आयोगले गत आवको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै पुनर्वास तथा पुनःस्थापना नीति स्वीकृति नभएका कारण यसको काम हुन नसकेको औंल्याएको छ ।
त्यहाँका बासिन्दालाई मुआब्जा दिएर बिदा गर्न लागिए पनि पुनर्वास कहाँ गराउने भन्ने टुंगो लाग्न सकेको छैन ।
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...