×

NMB BANK
NIC ASIA

धमाधम लागू हुँदै स्थानीय पाठ्यक्रम : १०० पूर्णाङ्कमा के-के पढाउँदैछन् गाउँका सरकार ?

फागुन ७, २०७७

NTC
Premier Steels

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर परिचय सहितको स्थानीय पाठ्यक्रम लागू गरेको छ ।

Muktinath Bank

‘हाम्रो तिलोत्तमा’ नाम दिएर कक्षा १ देखि ५ सम्म १०० पूर्णाङ्कको पाठ्यक्रममा ‘माइ पकेट माइ फस्ट डस्बिन’ जस्ता नगरका सामाजिक आर्थिक विकासका आधारहरू समेटर पाठ्यक्रम तयार पारिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसले नगरभित्रका विद्यार्थीले नगरको परिचय विद्यार्थीले नगरपालिकाको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

नगरप्रमुख वासुदेव घिमिरेले भने, ‘हाम्रो पाठ्यक्रम नगरभित्रै केन्द्रित छ । नगरले अगाडि सारेका आधारहरू पाठ्यपुस्तकमा विद्यार्थी पढ्नेछन् । रुपन्देहीमै रहेको लुम्बिनीको बारेमा हामीले सिकाउनु पर्दैन ।

Vianet communication

हामीले हाम्रो नगरमा रहेका पर्यटकीय स्थलहरू वन बाटिका कहाँ पर्छ ? बाउन्नकोटी वन कहाँ छ । नगरपालिकाको कार्यालय कहाँ भन्ने जस्ता कुराहरू विद्यार्थीले सिकुन् भन्ने हो ।’

यसले नगरको ज्ञानमा विद्यार्थी निपूर्ण हुने उद्देश्य नगरको छ । 

लुम्बिनी प्रदेशकै रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले खाम भाषाको पठनपाठन गराउने गरी पाठ्यक्रम बनाउने तयारीमा छ ।

खामभाषी मगर समुदायको बाक्लो बस्ती रहेको गाउँपालिकामा खाम भाषाको स्थानीय पाठ्यक्रम तयार पारेर पढाउन थालेको हो । 

गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्ती मगरले खाम भाषा पनि धेरै प्रकार रहेकाले त्यसको खोजी भइरहेको बताए । 

उनले लोकान्तरसँग भने, ‘खाम भाषाका पनि फरक–फरक प्रकार छन् । रोल्पा, रुकुम, बाग्लुङ र पाल्पामा फरक–फरक बोलिन्छ, त्यसमध्ये एउटालाई अन्तिम रूप दिएर पाठ्यक्रम बनाएर लागू गर्नेछौं ।’ 

पाल्पाको माथागढी गाउँपालिकामा ८५ प्रतिशत जनसंख्या मगर समुदायको छ । 

स्थानीय स्तरबाट मातृभाषामा पढाउन माग आएपछि गाउँपालिकाले गाउँमा तीनवटा विद्यालय जौपोखरा आधारभूत विद्यालय, नवजागृति प्रावि र धारादेवी माविमा मगर भाषामा पढाई हुन्छ । 

गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले स्थानीय भुगोल परम्परा, भाषा र लिपिलाई समावेश गरी पाठ्यक्रम तयार गरिएको बताए । 

‘हाम्रो पालिकाका पहिचान नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गरी पाठ्यक्रम तयारी गरी पठनपाठन शुरू गरिएको छ,’ थापाले लोकान्तरसँग भने । 

रुपन्देहीकै देवदह नगरपालिकाले तीन वर्ष अगाडिदेखि बौद्ध शिक्षा देवदह परिचय पाठ्यक्रम तयारी गरी लागू गरेपछि त्यहाँका विद्यार्थीले देवदहको समग्र परिचय दिन सक्ने र बौद्ध शिक्षाको आधारभूत ज्ञान उनीलाई भएको छ ।
नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले भनिन्, ‘बालबालिकामा निकै राम्रो प्रभाव परेको छ । विद्यार्थी नैतिकवान बन्दै गएका छन् । यो सबैभन्दा राम्रो पक्ष हो ।’ 

अंग्रेजहरूलाई पराजित गरेको जीतगढी किल्लाको जानकारीसहित बुटवल उपमहानगरपालिकाले तयार पारेको हाम्रो बुटवल स्थानीय पाठ्यक्रम विद्यार्थीको रोजाइमा परको छ । नगरका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई यो विषयको पढाइ रुचिकर बनेको छ । 

नगरप्रमुख शिवराज सुवेदीले बुटवलको महत्त्व र पहिचान झल्किने विषयहरू पाठ्यक्रममा रहेको बताए । संघीय पाठ्यक्रमले समेट्न नसकेका विषयहरू हाम्रो पाठ्यक्रमले समावेश गरेको छ ।

जीतगढी किल्ला, मणिमुकुन्देसन उद्यान, हिलपार्क, सिद्धबाबाको पहिचान समावेश छन् । यी क्षेत्रको विषयमा विद्यार्थीहरू निपूर्ण हुनेछन्,’ सुवेदीले भने, ‘ज्ञान, सीप व्यवहार तथा सामाजिक मूल्य र मान्यता आफ्ना सन्ततिमा हस्तान्तरण गर्दै बालबालिकाको सर्वाङ्गिण विकासका लागि पाठयक्रमले निर्देशन दिने हो ।’

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लागू भएको अवस्थामा आधारभूत शिक्षा स्थानीय तहको अधिकार क्षेत्रमा छ । ऐनको व्यवस्थाअनुसार र राष्ट्रिय पाठ्यक्रमले दिएको एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम स्थानीय स्तरबाटै निर्माण गरी लागू गर्ने भन्ने प्रावधान छ । 

शिक्षा क्षेत्रका जानकार युवराज कंडेलले स्थानीय पाठ्यक्रम स्थानीय तहको परिचयमा मात्रै केन्द्रित रहेको बताए ।

उनले भने, ‘सीप, रोजगारी र भाषा संरक्षण जस्ता विषयमा केन्द्रित हुनुपथ्र्यो । बत्ती काट्न, टपरी गाँस्न सिकाउने जस्तो हुनुपथ्र्यो, त्यस्ता विषय धेरै स्थानीय तहको पाठ्यक्रममा पाइएन ।’

कंडेलले थपे, ‘विद्यार्थीलाई अतिरिक्त भार थप्ने काम मात्र भएको छ । कल्पना गरिएजस्तो पाठ्यक्रम स्थानीय तहमा बनेनन् ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x