×

NMB BANK
NIC ASIA

अझै बढ्ला इन्फ्रास्टक्चर बैंकको शेयर ? अब बेच्ने कि राख्ने ? यस्तो छ विश्लेषकहरूको सुझाव

फागुन ९, २०७७

NTC
Premier Steels

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को शेयर मूल्य लगातार बढेर शेयर बजारमा तहल्का मच्चाएको छ ।

Muktinath Bank

गएको साताबाट दोस्रो बजारमा कारोवार शुरू गरेको निफ्राको शेयरमा हरेक दिन सकारात्मक सर्किट लाग्दै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजारमा कुनै पनि कम्पनीको शेयर एकै दिन १० प्रतिशत भन्दा बढी बढ्न वा घट्न पाउँदैन ।


Advertisment
Nabil box
Kumari

१० प्रतिशत पुगेपछि सर्किट लाग्ने गर्छ, अर्थात् त्यो दिनका लागि उक्त कम्पनीको कारोवार बन्द हुन्छ ।

Vianet communication

अघिल्लो साता शेयर कारोवार हुने अन्तिम दिन ५ सय ४६ मा बन्द भएको निफ्राको कारोवार आइतवार ५ सय ७३ मा शुरू भयो । केहीबेरमै ६०० पुगेर सकारात्मक सर्किट लेभलमा पुगेको हो ।

करीब १ महिनाअघि एक सय रुपैयाँ प्रति कित्तामा भरेको शेयरको मूल्य ६ गुणा बढिसकेको छ ।

आइतवार बजार बन्द हुनुअघि उक्त कम्पनीको १२ लाख ४२ हजार ७ सय ४४ कित्ता शेयर खरिदका लागि माग थियो । तर बिक्री गर्न चाहनेको संख्या भने निकै न्यून रह्यो ।

अर्डर प्लेस गरेको मध्ये ११ लाखभन्दा बढी कित्ता लगानीकर्ताहरूले ६ सय रूपैयाँमा नै किन्न चाहेका थिए ।

यसैको प्रभाव भोलि पनि बजारमा पर्ने देखिन्छ । माग उच्च र आपूर्ति कम हुँदा शेयरको मूल्य बढ्ने गर्छ ।

कहिलेसम्म बढ्छ निफ्राको शेयर ?

नेपाल पूँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरीले निफ्राको शेयर मूल्य अझै केही दिन बढ्न सक्ने देखिएको बताइन् । 

‘बेच्नेभन्दा किन्ने धेरै भएको अवस्था छ, अझै केही दिन निफ्राको शेयर मूल्य बढ्न सक्छ,’ उनले लोकान्तरसँग भनिन् ।

चौधरीले अहिले धेरै नयाँ लगानीकर्ताले आईपीओ भरेको र कतिपयले दोस्रो बजारमा प्रवेश नगरिसकेका कारण पनि बिक्री न्यून भएको बताइन् ।

उनले भनिन्, ‘कतिजनासँग त ट्रेडिङ अकाउन्ट नै छैन, त्यसकारण अझै केही दिन बढ्ने देखिन्छ ।’

चौधरीले अहिले लगानीकर्ता चनाखो भएर शेयर होल्ड गरेर बसेको पनि बताइन् । 

ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले यो कम्पनीको शेयर कति माथि जान्छ भन्ने अनुमान गर्नै गाह्रो भएको सुनाए । उनले भने, ‘भोलि हजार रुपैयाँ नै पब्लिकलाई सस्तो लाग्न सक्छ ।’

रानाभाटले कम्पनी नयाँ भएकाले पनि केही दिन बढ्ने देखिएको सुनाए । 

उनले भने, ‘अझै केही दिन मूल्य बढ्ने देखिन्छ, बजार हो यस्तो भइरहन्छ ।’ 

यता नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलले निफ्राको शेयर मूल्य कहिलेसम्म बढ्ला भन्ने अनुमान नै गर्न नसकिएको बताए ।

उनले भने, ‘अनुमान गर्ने अवस्था नै रहेन, लगानीकर्ताकै हातमा रह्यो सबै कुरा । हेर्दै जाउँ, कतिसम्म पुग्ला !’

अझै केही दिन बढ्ने सम्भावना रहेपनि बेच्ने कि नबेच्ने भन्ने कुरा भने शेयर होल्डरको हातमा छ ।

धेरैले होल्ड गरिराखे अझै बढ्ने र बेच्नेको चाप बढ्न थाले शेयर घट्न हुन्छ । 

तर केही दिनलाई भने शेयर बढ्ने नै देखिएको विश्लेषकहरूको अनुमान छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x