ओलीको राष्ट्रवादले हामीलाई आकर्षित गर्‍यो : मणि थापा

खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले कम्युनिस्ट राजनीतिलाई राष्ट्रवादसँग जोड्ने केपी शर्मा ओलीको अडानले आफूहरूलाई आकर्षित गरेको बताएका छन् । 

राष्ट्रिय युवा संघको केन्द्रीय समितिको पूर्ण बैठकलाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै थापाले ओलीले लिएको बाटो अग्रगमन तथा प्रचण्ड र माधव नेपालले लिएको लाइन पश्चगामी भएको आरोप लगाए ।


Advertisement

‘ओलीले जे विश्लेषण गर्नुभएको छ, त्यो विश्लेषणको मुख्य कुरा राष्ट्रवादलाई कम्युनिस्ट आन्दोलन जोड्न खोज्नुभएको छ । ओलीको राष्ट्रवादले आकर्षण गरेको हो,’ पूर्व माओवादी खेमाका नेता थापाले भने । 

भारतीय टेलिभिजन जी टीभीको अन्तर्वार्तासम्म आइपुग्दा ओलीले राष्ट्रियताको पक्षमा लिएको अडान प्रस्ट हुने उनले बताए । ‘आमजनता र युवामा ओलीप्रतिको आकर्षण इतिहासको निरन्तरको आकर्षण मात्र होइन, नेपाली समाजको संस्कार र संस्कृतिको आधारबारेमा विश्लेषण गर्नुभएको छ, त्यो नेपालको कम्युनिस्ट आन्दोलनको नयाँ विचार र मान्यता हो,’ मन्त्री थापाले भने ।   


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्