०३ असार २०८३, बुधबार

कसरी भए डाइनोसर पृथ्वीबाट समूल नष्ट ?

चैत १९, २०७७
कसरी भए डाइनोसर पृथ्वीबाट समूल नष्ट ?

आजभन्दा ६ करोड ६० लाख वर्षअघि आकाशबाट खसेको विशाल उल्कापिण्डका कारण डाइनोसरहरू अनि पृथ्वीको ७५ प्रतिशत जीवन समूल नष्ट भएको अनुमानलाई पुष्टि गर्ने एक तथ्य वैज्ञानिकहरूले फेला पारेका छन् । 
 

उल्कापिण्ड खसेर बनेको खाल्डोमा भेटिएको धूलोबाट यो तथ्य प्रमाणित भएको हो । 
 

टेक्सस विश्वविद्यालयका अनुसन्धाताहरूले मेक्सिको खाडीमा रहेको चिक्सुलुब क्रेटरमुनिका चट्टानहरूको अध्ययनबाट यो कुरा पत्ता लगाएका हुन् । 

उनीहरूले चट्टानका नमूनामा उल्कापिण्डको धूलो भेटेका थिए । डाइनोसरहरू एउटा शहरको जत्रो आकार भएको उल्कापिण्ड खसेकाले सोत्तर भएको अन्तिम प्रमाण यही भएको उनीहरूको भनाइ छ । 

तर अन्य अनुसन्धाताहरूले त्यसो हुन्थ्यो भने भ्यागुताहरू पनि नष्ट हुनुपर्ने थियो भनी तर्क गरेका छन् । 
 

उल्कापिण्ड सिद्धान्तका समर्थक अनुसन्धाताहरूले क्रेटरमा पाएको उल्कापिण्डको धूलो अन्तरिक्षबाट आएको इरिडियम नामक पदार्थ भएको बताए । 

यो पदार्थ पृथ्वीमा अत्यन्तै दुर्लभ छ तर निश्चित प्रकारका उल्कापिण्डमा चाहिँ यो पाइन्छ ।

संसारभरिको भौगोलिक पत्रमा इरिडियम फेला परेपछि उल्कापिण्ड सिद्धान्तको जन्म भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्