×

NMB BANK
NIC ASIA

रकम असुल्दै, एजेन्ट भाग्दै

फागुन १५, २०७७

NTC
Premier Steels

धनुषाको गोविन्दपुर–१ का ४५ वर्षीय रुदल मण्डल १० कक्षासम्म पढे। ३० वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि कतार गए। त्यहाँ तीन वर्ष काम गरेर नेपाल फर्किए। फेरि मलेसिया गए। फर्किएर काठमाडौंमा एउटा होटलमा काम गर्न थाले। त्यही बेला मण्डलको भेट गाईघाटका वीरेन्द्र साहसँग भयो। साहले आफू एजेन्ट रहेको परिचय दिई भेटघाट बढाए।
निरन्तर तीन महिना सम्पर्कमा रही साहले मण्डललाई युरोप जान सहमत गराए। त्यहाँ क्लिनरको काममा महिनाको ७ सय डलरसम्म तलब आउने भन्दै फकाए। मण्डलले राम्रो रोजगारीको आसमा आफू र ज्वाइँ सरोज मण्डलका लागि १० धुर घडेरी बेचे। भिसा र टिकट मिलाइदिनुप¥यो भन्दै साहलाई १० लाख रुपैयाँ दिए। तर, रकम पाउनेबित्तिकै साह बेपत्ता भए। उनको खोजीका लागि मण्डलले प्रहरीमा उजुरी दिए। तर, दुई वर्षदेखि न साह भेटिएका छन् न त मण्डलको पैसो फिर्ता पाउने कुनै बाटो फेला परेको छ।

Muktinath Bank

‘मलाई शंका लागेको थियो मजस्तो कम पढे÷लेखेकालाई युरोप पठाउने कुरामा। तर, तीन महिनासम्म एउटै कुरा भनेर फकायो’, मण्डलले आँसु झार्दै भने, ‘भएभरको पुँजी पनि गयो, अब जीवन कसरी चलाउने ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनकपुर उपमहानगरपालिका–१३ का बद्री राउत ६ वर्षदेखि एजेन्ट दशरथ मण्डलविरुद्ध ठगी मुद्दा लडिरहेका छन्। मण्डलले कतारमा काम दिलाइदिने भन्दै राउतसँग १ लाख रुपैयाँ भिसा र टिकटबापत लगेका थिए। एजेन्ट मण्डल राउतलाई झुक्याएर काठमाडौंमै छाडेर भागेका थिए।


Advertisment
Nabil box
Kumari

गरिब परिवारका राउतले एजेन्टलाई दिने रकम साहुबाट सयकडा ३ रुपैयाँ ब्याजमा लिएका थिए। वैदेशिक रोजगारीको चक्करले ठगीमा परेका राउतले ६ वर्षदेखि साहुको ब्याज मजदुरी गरेर चुकाइरहेका छन्। एजेन्टविरुद्ध मुद्दा पनि लडिरहेका छन्।

Vianet communication

विदेह नगरपालिकाका घुरन ठाकुर र उनका १२ जना साथीले ०६५ साउनमा एजेन्टलाई २ लाखका दरले २४ लाख रुपैयाँ बुझाएका थिए। बलहा लवटोलीका एजेन्ट इब्राहिमले दुबई एयरपोर्टमा क्लिनरको काम लगाइदिने भन्दै १२ जनाकै पासपोर्ट रुपैयाँसँगै लिएर गएका थिए। भिसा लगाएर पासपोर्ट र टिकट ल्याइदिने वाचा गरेका इब्राहिम पैसा पाएपछि फरार भएका छन्।

यी त प्रतिनिधि पात्र भए। प्रदेश २ बाट वैदेशिक रोजगारीमा जानेको संख्या बढी भएझैं ठगीमा पर्नेहरू पनि यसै प्रदेशमा सर्वाधिक देखिन्छन्। प्रदेशको आठ जिल्लामध्ये सबैभन्दा बढी धनुषाका युवा खाडी मुलुक पुगेका छन्।

स्वदेशमा रोजगारी नपाउँदा विदेश जाने बढेपछि केही व्यक्ति ठगीमा लागेको सुरक्षित आप्रवाशन परियोजना धनुषाका संयोजक अनिरुद्ध मुखियाले बताए। मुखियाका अनुसार यो वर्ष ६५ जना एजेन्टबाट ठगिएका पीडितले यस संस्थामा सहयोगका लागि निवेदन दिएका छन्।
‘ठगीमा परेका अधिकांशसँग प्रमाण अभाव हुन्छ। उनीहरूले पासपोर्ट वा पैसा एजेन्टलाई दिँदा न कुनै भर्पाइ लिन्छन् न कुनै प्रमाण’, मुखियाले भने। यस्तो अवस्थामा आरोपित व्यक्ति पत्ता लगाउन अप्ठ्यारो पर्ने उनको भनाइ छ।

परियोजनाले ठगीमा परेकाहरूलाई निःशुल्क कानुनी सहयता उपलब्ध गराउँदै आएको छ। साथै, यसले वैदेशिक रोजगारमा जाँदा अपनाउनुपर्ने सुरक्षा सतर्कता र सीपमूलक तालिम पनि सञ्चालन गर्ने गरेको छ।

आप्रवासनको क्षेत्रमा काम गर्दै आएको समता फाउन्डेसनका ब्रबिमकुमारले वैदेशिक रोजगारमा जाने आकांक्षी दिनहुँ ठूलो मात्रामा ठगिएको बताए। रकम लेनदेन प्रक्रिया अनौपचारिक र अलिखित हुने भएकाले कुनै समस्या परिहाले कानुनी उपचारको बाटो पनि त्यत्ति सहज नहुने कुमारको भनाइ छ।अन्नपूर्ण पोस्टमा मनिका झाले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x