प्रजातन्त्र जोगाउन राजसंस्था चाहिन्छः राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रजातन्त्र जोगाउन  राजसंस्था र हिन्दुराष्ट्रको आवश्यक रहेको तर्क गरेका छन् ।

नैैैतिकताको प्रश्नमा जनताले राजनीतिक नेतृत्वलाई विश्वास गर्ने आधार निर्माण नभएसम्म प्रजातन्त्र सबल नहुने, विकास र समृद्धि प्राप्त नहुने राप्रपा अध्यक्ष राणाले बताए । देशको राजनीतिमा नैतिकपतनको प्रश्न पेचीलो बन्नु चिन्ताको विषय भएको भन्दै उनले चिन्ता व्यक्त गरे ।


Advertisement

‘प्रजातान्त्रिक पद्धति सबल तुल्याउन निष्पक्ष राष्ट्र प्रमुखको रुपमा राजसंस्था र सनातन हिन्दुराष्ट्र आवश्यक देखिएको छ । पछिल्लो घटनाक्रमले राप्रपाले उठाउँदै आएको हिन्दुराष्ट्रको आधार र राजसंस्थाको अभिभावकीय भूमिका झन् टड्कारो भएको छ,’ अध्यक्ष राणाले शनिबार राप्रपानिकट युवा संगठनको भेलालाई सम्बोधन गर्दै भने ।

साम्यवादी पार्टीले जनादेश विपरीत काम गरेको भन्दै राणाले सत्तारुढ नेकपाको खरो आलोचना गरे । नेकपा नेतृत्वको सत्ताकेन्द्रीत स्वार्थको कारण देश, संविधान संकटउन्मुख रहेको उनको भनाइ थियो । सत्तारुढ दलले विगतका गल्तीबाट पाठ सिक्नु पर्दछ, राणाले भने ।


Advertisement

प्रजातन्त्रलाई जनमुखी बनाएर बेरोजगार, भ्रष्टाचार र विकृतिको अन्त्य गर्नु पर्नेमा उनले जोड दिए ।

अर्का अध्यक्ष कमल थापाले आसन्न संकट दूर गर्न युवाहरु नेतृत्वमा आउनु पर्ने विचार राखे । वर्तमान संकटका लागि कांग्रेस र कम्युनिष्ट जिम्मेवार रहेको उनको जिकिर थियो ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्