×

NMB BANK
NIC ASIA

हिंसामुक्त समाज निर्माण गर्न विद्यालय शिक्षा प्रभावकारी हुनुपर्छः राष्ट्रपति भण्डारी

फागुन १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको बताएकी छिन् ।  
राष्ट्रपति भवन, महाराजगञ्जमा आइतबार आयोजित छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले ‘सबैका लागि शिक्षा’को अवधारणा कार्यान्वयन गर्दै शिक्षा क्षेत्रमा राज्य र अभिभावकले गर्ने लगानीअनुरुपको प्रतिफल हासिल गर्नुपर्ने बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले भनिन्, “विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाको व्यक्तित्व विकासमा विद्यालय, शिक्षक र अभिभावकको सबैभन्दा ठूलो भूमिका हुन्छ । सम्पूर्ण समाज यसको महत्वपूर्ण सरोकारवाला पक्ष हो । तसर्थ, विद्यालय र सामाजिक संगठनहरूले बालबालिकाको चरित्र निर्माणमा योगदान गर्नुपर्दछ भने सरकारका सम्बन्धित निकायहरूले यस प्रक्रियाको नेतृत्व र सहजीकरण गर्नुपर्दछ ।”

Muktinath Bank

नेपालमा शिक्षाको विस्तार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न तथा शैक्षिक पूर्वाधार विकास गर्नका लागि नीतिगत, कानुनी तथा कार्यक्रमगत रूपमा पर्याप्त व्यवस्था रहेको चर्चा गर्दै यी व्यवस्थाको प्रभाकारी कार्यान्वयनमा सम्बद्ध सबै पक्षले ध्यान दिन सके चाँडै प्रतिफल हासिल गर्न सहयोग पुग्ने धारणा राष्ट्रपतिले व्यक्त गरिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बालबालिकाको व्यक्तित्व विकासका लागि पहिलो पाठशालाको रुपमा रहेको घरपरिवारसहित सुरक्षित सामाजिक वातावरण अनिवार्य रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले समाजमा चुनौतीको रूपमा देखिएको बालदुव्र्यवहार र बालयौन हिंसालाई न्यूनीकरण गर्न आधारभूत तहदेखि नै विद्यार्थी, शिक्षक र समुदायको सामुहिक पहल जरुरी रहेकोमा जोड दिइन् ।


Advertisment
Nabil box
Kumari

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छलफल कार्यक्रममा प्राप्त भएका सुझावलाई सरकारको कार्यक्रममा समावेश गरी यथाशीघ्र कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।  सामुदायिक र संस्थागत विद्यालयका आधारभूत संरचनामा समयानुकुल सुधार गरी शिक्षालाई जीवनोपयोगी बनाउन सरकार क्रियाशील रहेको उनले बताए। कोभिड–१९ महामारीबाट प्रभावित भएका विद्यालयहरूको समस्याप्रति  सरकार संवेदनशील भएको बताउँदै मन्त्री श्रेष्ठले ती विद्यालयका समस्या समाधान गर्न आवश्यक पहल गर्ने उल्लेख गरे ।

Vianet communication
Laxmi Bank

विद्यार्थीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासका लागि विद्यालय तहदेखि नै नैतिक र नागरिक शिक्षालाई  अनिवार्य बनाउनु पर्नेतर्फ सहभागी व्यक्तित्वहरूको सुझाव रहेको थियो । लैंगिक हिंसा र बालयौन दुव्र्यवहारलाई न्यूनीकरण गर्न राष्ट्रिय अभियानको आवश्यकता रहेको कुरामा पनि सबैले जोड दिएका थिए।

शिक्षा क्षेत्रका विभिन्न सरोकारवाला पक्षहरुको सहभागिता रहेको कार्यक्रममा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ सहित संसद सदस्यहरू, जिसस महासंघका अध्यक्ष सीता सुन्दास, नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जु, गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, अभिभावक संघ, राष्ट्रिय शिक्षक महासंघ र शिक्षासँग सम्बद्ध विभिन्न संघसंस्था एवं अनुसन्धानकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल स्काउटका प्रमुख लोकबहादुर भण्डारी, राष्ट्रिय सेवा दल ९एनसीसी० का संयोजक रघुराम भण्डारी, नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपाने र बाल कल्याण परिषद्का कार्यकारी निर्देशक मिलन धरेलको समेत उपस्थिति थियो ।
यसअघि पनि गत फागुन ६ गने बिहीबार महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम राष्ट्रपति कार्यालयमा आयोजना गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x