×

NMB BANK
NIC ASIA

निक्षेप तथा कर्जा सुरक्षण कोषको वित्तीय अवस्थामा व्यापक सुधार, सम्पत्ति १५ अर्ब माथि

फागुन १९, २०७७

NTC
Premier Steels

चालू आर्थिक वर्ष २०७७/७८ को माघ मसान्तसम्ममा निक्षेप तथा कर्जा सुरक्षण कोषले वित्तीय क्षेत्रमा व्यापक सुधार गरेको देखिएको छ । 

Muktinath Bank

कोषको चालू आर्थिक वर्षको माघ मसान्तसम्मको वित्तीय अवस्थाले विगतको तुलनामा आर्थिक क्षेत्रमा व्यापक सुधार भएको देखिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आर्थिक वर्ष २०७७/७८ को माघ मसान्तसम्ममा कोषको खुद सम्पत्ति १५ अर्ब १५ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबर पुगेको छ । 


Advertisment
Nabil box
Kumari

चालू आवको अन्तिमसम्ममा १५ अर्ब ४६ करोड २० लाख २२ हजार रुपैयाँ बराबरको खुद सम्पत्ति आर्जन गर्ने लक्ष्य कोषले लिएको छ ।

Vianet communication

गत आव २०७६/७७ को असार अन्तिमसम्ममा कोषको यस्तो सम्पत्ति १४ अर्ब १३  करोड ४२ लाख ७३ हजार रुपैयाँ बराबरको रहेको थियो । 

कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णुबाबु मिश्रले आर्थिक वर्ष २०७३/०७४ को असारमा कार्यभार सम्हालेका थिए । 

कोषको नेतृत्व मिश्रले सम्हाल्नुअघि अर्थात् आर्थिक वर्ष २०७३/७४ को असार मसान्तसम्ममा कोषको खुद सम्पत्ति ६ अर्ब ३ करोड ६८ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

कोषले चालू आर्थिक वर्ष (२०७७/७८)को सात महिनामा लक्ष्यभन्दा बढी चुक्तापूँजी संकलन गरेको छ । माघ मसान्तसम्ममा कोषको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुगेको छ । 

कोषले चालू आवको अन्तिमसम्ममा १० अर्ब चुक्ता पूँजी संकलन गर्ने लक्ष्य राखेको थियो ।

तर चालू आवको सात महिनामै चुक्ता पूँजी १० अर्ब पुगेको कोषले जनाएको छ । 

आर्थिक वर्ष २०७३/७४ को असार मसान्तसम्ममा कोषको चुक्ता पूँजी ३ अर्ब रुपैयाँ रहेको थियो ।

पछि आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्ममा १० अर्ब रुपैयाँ चुक्ता पूँजी पुगेको थियो । 

चालू आवको माघ मसान्तसम्ममा कोषले ७ खर्ब ८६ अर्ब १४ करोड ७३ लाख ८५ हजार रुपैयाँ निक्षेप बीमा (सुरक्षण) गरेको छ । 

चालू आवको अन्तिमसम्ममा ७ खर्ब ९६ अर्ब ३६ करोड ७३ लाख १ हजार ५ रुपैयाँ निक्षेप बीमा गर्ने कोषले लक्ष्य लिएको थियो । 

कोषको माघ मसान्तको प्रतिवेदनअनुसार, लक्ष्य अनुसारको निक्षेप बीमा गर्न अब  १० अर्ब २१ करोड ९९ लाख १६ हजार रुपैयाँ मात्रै बाँकी रहेको छ । 

कोषले आव २०७३/७४ मा ३ खर्ब ८१ अर्ब ८९ करोड १ लाख रुपैयाँ निक्षेप सुरक्षण गरेको थियो ।

यस्तै आव २०७६/७७ मा कोषले यस्तो रकम बढाउँदै ६ खर्ब ८९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ सुरक्षण गरेको थियो । 

चालू आव २०७७/७८ को माघ महिनासम्ममा कोषको सञ्चालन आम्दानी १ अर्ब ४७ करोड ८४ लाख ५७ हजार रुपैयाँ रहेको छ । 

चालू आवको असार अन्तिमसम्ममा कुल २ अर्ब ९७ करोड १७ लाख रुपैयाँ आम्दानी बनाउने लक्ष्य लिएको कोषको यो आम्दानी लक्ष्यभन्दा १ अर्ब ४९ करोड ३२ लाख ४३ हजार रुपैयाँ कम हो ।

गत आर्थिक वर्ष २०७६/७७ को असार अन्तिमसम्ममा कोषको सञ्चालन आम्दानी २ अर्ब ७३ करोड ३५ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।

कोषले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा १ खर्ब २३ अर्ब ६७ करोड ४७ लाख ३२ हजार रुपैयाँ कर्जा सुरक्षण (बीमा) गरेको छ । 

चालू आवको अन्त्यसम्ममा १ खर्ब २४ अर्ब ९१ करोड १४ लाख ७९ हजार रुपैयाँ कर्जा सुरक्षण गर्ने लक्ष्य लिएको छ । 

गत आव २०७६/७७ को असार मसान्तसम्ममा कोषले ६५ अर्ब २० करोड ९८ लाख ७८ हजार रुपैयाँ कर्जा सुरक्षण गरेको थियो । 

यस्तै आर्थिक वर्ष २०७३/०७४ को असार मसान्तसम्मा कोषले ६ अर्ब ८७ करोड ९० लाख ७३ हजार रुपैयाँ कर्जा सुरक्षण गरेको थियो । 

सबै आर्थिक सूचकहरूमा वृद्धि गर्दै लगेको कोषले चालू आवको माघ मसान्तसम्ममा २ अर्ब ५५ करोड ३९ लाख १९ हजार रुपैयाँ साना तथा मझौला उद्यमको कर्जा सुरक्षण गरेको छ । 

सोही अवधिमा  कोषले २ अर्ब ४३ करोड ४७ लाख १४ हजार रुपैयाँ कृषि कर्जा सुरक्षण गरेको छ ।  

गत आव २०७६/७७ असार मसान्तसम्ममा कोषले १ अर्ब ७४ करोड ३८ लाख २२ हजार रुपैयाँ साना तथा मझौला उद्यम कर्जा र २ अर्ब ३७ करोड ४७ लाख ७९ हजार रुपैयाँ कृषि कर्जा सुरक्षण गरेको थियो । 

कोषले चालू आवको माघ मसान्तमा १ खर्ब ३ अर्ब ९२ करोड ७० लाख ५८ हजार रुपैयाँ लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गरेको छ । 

गत आव २०७६/७७ मा कोषले ५८ अर्ब २ करोड ६२ लाख ५५ हजार रुपैयाँ लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गरेको थियो । 

कोषले चालू आवको माघ मसान्तसम्म १४ अर्ब ७५ करोड ९० लाख ३९ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा सुरक्षण गरेको छ । 

गत आवको असार मसान्तसम्ममा कोषले २ अर्ब ९६ करोड ५० लाख २२ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा सुरक्षण गरेको थियो । 

चालू आवको माघ मसान्तसम्ममा कोषले २४ करोड ५६ लाख २९ हजार रुपैयाँ पशुधन सुरक्षण गरेको छ । 

चालू आवको अन्तिमसम्ममा कोषले ६१ करोड ४० लाख ७२ हजार रुपैयाँ पशुधन सुरक्षण गर्ने लक्ष्य लिएको छ ।

गत आव २०७६/७७ को असार अन्तिमसम्ममा कोषले ५९ करोड ३७ लाख ८६ हजार रुपैयाँ पशुधन सुरक्षण गरेको थियो । 

भौतिक अवस्थामा पनि उस्तै सुधार

कोषले आव २०७३/७४ मा जीर्ण रहेका भौतिक संरचनाहरू चालू आवको वैशाख मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

वैशाख मसान्तसम्ममा केन्द्रीय कार्यालयसहित सबै कार्यालयहरू आफ्नै भवनमा सर्ने कोषका सीईओ विष्णुबाबु मिश्रले बताए ।

लोकान्तरसँग उनले भने, ‘कर्मचारीहरूको साथ, सहयोग र मेहनतले कोष अगाडि बढेको छ, पूर्वाधार निर्माण भएका छन् । कोषको अवस्था निकै राम्रो भएको छ ।’

उनका अनुसार, निक्षेप सुरक्षणका लागि कोषले डीजीएमआइएस सफ्टवयर र कर्जा सुरक्षणको लागि सीजीएमआईएस तथा लेखा र प्रशासनको छुट्टै सफ्टवयर निर्माण भई कार्यान्वयन भइरहेको छ । 

यस्तै आईएस अडिटको लागि कम्पनी छनौट भइरहेको उनले बताए । 

कोषले सबै सफ्टवयर पूर्ण रूपमा ल्याई सदस्य संस्थाबाट तथ्यांक लिनेगरी काम गरिरहेको बताउँदै सीईओ मिश्रले भने, ‘यसै आर्थिक वर्षको अन्त्यसम्ममा हाम्रो कार्यालय र काम आईटीमय हुनेछ ।’

कोषले निक्षेप तथा कर्जा सुरक्षणको व्यवसाय जोखिम अध्ययन शुरूआत गरेको छ । चालू आवको अन्तिमसम्ममा यस्तो अध्ययन पूरा गरी सोहीबमोजिम कार्य गर्ने कोषको भनाइ छ । 

मिश्रले आफ्नो कार्यकालमा कोषको सम्पूर्ण अवस्थाको सुधार गरेका छन् । उनी आउनुपूर्व आव २०७३/७४ को असार मसान्तसम्म निक्षेप तथा कर्जा सुरक्षणका लागि विनियमावली कार्यान्वयनमा रहेको थियो ।

उनले आव २०७६/७७ मा निक्षेप तथा कर्जा सुरक्षणका लागि नियमावली तयार गरी मन्त्रिपरिषद्बाट स्वीकृत भएको र नयाँ ५ वर्ष रणनीतिक योजना, सुशासन, निर्देशिका, जोखिम व्यवस्थापन निर्देशिका लगायतका नीति नियमहरू संशोधन गरी कार्यान्वयनमा ल्याएका थिए । 

चालू आवमा पनि आवश्यक नीति नियम निर्माण तथा विद्यमान नीति नियम परिमार्जन गर्ने काम भइरहेको मिश्रले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x