मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
चैत १२, २०७७
फागुन २९ गते मोरङको रतुवामाई नगरपालिका– ४ सिंगारी बस्ने ८ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ६० वर्षीया फुदिया मुखियालाई प्रहरीले पक्राउ गर्यो ।
आफ्नै चिनजानकी बालिकालाई बलात्कार गरेका मुखियालाई इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले पक्राउ गरेको थियो । अहिले उनी पुर्पक्षका लागि थुनामा छन् ।
यस्तै बैतडीको दोगडाकेदार गाउँपालका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भयो ।
हत्या अभियोगमा सोही गाउँका १६ वर्षीय दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गर्यो । अहिले दिनेश पुर्पक्षका लागि जिल्ला कारागार बैतडीमा थुनामा छन् ।
यी त पछिल्ला उदाहरण हुन्, पछिल्लो समय कलिला बालिकाहरू आफन्तबाटै बलात्कृत भएका छन् ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार यो आर्थिक वर्षको पछिल्लो ९ महिनामा १ हजार ४४९ वटा बलात्कारका घटना प्रहरीमा उजुरीका रूपमा दर्ता भएका छन्, जसमा ११ वर्षदेखि १६ वर्षसम्मका पीडित ५ सय ४४ र १० वर्षमुनिका पीडित १ सय ७४ गरी कुल ७ सय १८ उजुरी परेको प्रहरीको तथ्यांकले देखाउँछ ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ११ देखि १६ वर्षसम्मका ८ सय १ र १० वर्षमुनिका २ सय ७३ गरी १ हजार ७४ वटा उजुरी दर्ता भएका छन् ।
प्रहरीको तथ्यांकलाई हेर्ने हो भने १६ वर्षसम्मका किशोरी तथा बालिकाहरू सबैभन्दा धेरै बलात्कारको शिकार भएको देखिन्छ । त्यसपछि १७ देखि २५ वर्षसम्मका युवतीहरू बलात्कारको शिकार भएका छन् ।
चालू आर्थिक वर्षमा १६ वर्षमुनिका ४ सय ४२ जना तथा आर्थिक वर्ष २०७६/०७७ मा ७ सय ७१ जना किशोरी तथा बालिका बलात्कारको शिकार भएको प्रहरी केन्द्रीय कार्यालयको तथ्यांकले देखाउँछ ।
कारागारमा बलात्कारका दोषी कैदीबन्दी सबैभन्दा बढी
बलात्कारका घटनामा अपराधी करार भएका कैदी र पुर्पक्षका लागि थुनामा रहेका बन्दीहरू सबैभन्दा धेरै रहेको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि देवकोटाले बताए ।
‘देशभरका कैदीबन्दीको प्रतिशतलाई हर्ने हो भने धेरै बलात्कारको संख्या देखिन्छ,’ देवकोटाले लोकान्तरसँग भने, ‘अझ अहिले बलात्कारको केशमा बन्दीहरूको संख्या बढ्दै गएको देखिन्छ ।’
यही चैत १० गते मंगलवारसम्मको तथ्यांक हेर्ने हो भने ७२ किसिमका अपराधमा २५ हजार ५१३ जना कैदीबन्दी छन् । अनुपातमा हेर्ने हो भने अपराधगत रूपमा सबैभन्दा बढी ६ हजार ५५१ जना कैदीबन्दी बलात्कारको मुद्दामा कारागार भुक्तान गरिरहेको विभागको तथ्यांकले देखाउँछ ।
‘७२ वटा अपराधको मुद्दालाई प्रतिशतका रूपमा हेर्ने हो भने यो सबैभन्दा धेरै हो’, देवकोटाले लोकान्तरसँग भने, ‘यसको संख्या अझ बढ्दो छ ।’
केन्द्रीय कारागार जगन्नाथ देवलमा १ हजार ७१, नख्खु कारागारमा ३७९, डिल्ली बजार कारागारमा ८८, भीमफेदी कारागारमा २१६, सुनसरी झुम्का कारागारमा ६०६, झापा कारागारमा १८३, कैलाली कारागारमा १५४, कञ्चनपुर कारागारमा ८७, कालिकोट कारागारमा ६ जना, कास्की कारागारमा २१२ जना, दाङको तुल्सीपुरमा १५६ जना र घोराहीमा ९४ जना, तनहुँमा ७२ जना गरी देशभरमा ६ हजार ५५१ जना रहेको विभागको तथ्यांकले देखाउँछ ।
सूचना अधिकारी देवकोटाका अनुसार झण्डै त्यति नै संख्यामा बाल सुधारगृहमा पनि बलात्कारको केसमा १८ वर्षमुनिका किशोर तथा बालकहरूको रहेको बताए ।
चिनजानका मानिसबाटै ७५ प्रतिशत बलात्कारका घटना : प्रहरी
प्रहरीका अनुसार ७५ प्रतिशत आफ्नै आफन्त र चिनजानका मानिस बाट बलात्कार हुने गरेको छ ।
‘प्रहरीले गर्ने अनुसन्धानलाई हेर्ने हो भने ७०/७५ प्रतिशत बलात्कारका घटना नजिकका मान्छेले घटाएको देखिन्छ,’ प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले भने ।
पछिल्लो समय बलात्कारका घटना सार्वजनिक हुने क्रम बढेको प्रहरी प्रवक्ता एसएसपी कुँवरले बताए ।
उनका अनुसार कानूनको दायरा बढेको, जबरजस्ती करणीको परिभाषा बढेको, उजुरीको हदम्याद १ वर्ष भएको, सामाजिक सञ्जालमा पहुँच बढेको आदिले गर्दा बढी घटना सार्वजनिक हुने गरेको उनले बताए ।
‘पछिल्लो समयमा इन्टरनेटको पहुँच बढ्दै गएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू पनि बढेको कारणले जबरजस्तीकरणीको बारेमा जानकारी र त्यसको दुरुपयोगले गर्दा पनि बढेको देखिन्छ,’ एसएसपी कुँवरले लोकान्तरसँग भने, ‘यसको सकारात्मक पाटो मानिसहरू सचेत भएर पनि उजुरी गर्ने क्रम बढेको हो ।’
बलात्कारको अनुसन्धान गर्न समाजिक सञ्जाल र मिडियाले अप्ठ्यारो पारे : प्रहरी प्रवक्ता
अनुसन्धान गर्न नकरात्मक दबाब आउँदा बलात्कारका घटनामा अनुसन्धान गर्न अप्ठ्यारो भएको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवरले बताए ।
‘सकारात्मक दबाबभन्दा पनि मिडिया, राजनीतिकर्मी, संघ–संस्था, अधिकारकर्मी लगायतको नकरात्मक दबाबले गर्दा अनुसन्धान गर्न अप्ठयारो परेको छ,’ एसएसपी कुँवरले लोकान्तरसँग भने, ‘आफ्नो हिसाबमा घटनाको विषयलाई बाहिर ल्याएर मिस गाइड गर्दा समस्या परेको छ ।’
बलात्कारका घटनालाई अनुसन्धान गर्न टेक्निकल पाटोमा समस्या रहेको प्रहरीले जनाएको छ । कानूनी जटिलताले गर्दा कल डिटेल निकाल्न, लोकेसन ट्रेसिङ, भर पर्दो पोलियोग्राफ नहुनु, डीएनए टेस्ट लगायतका विषयमा जटिलता रहेको प्रहरी प्रहरी उच्च अधिकृतले बताए ।
‘टेक्निकल पाटो जटिल छ र अर्को विज्ञ जनशक्ति पनि भनेको ठाउँमा छैन, त्यसले गर्दा पनि बलात्कारका घटना अनुसन्धान गर्न चुनौती छ,’ ती अधिकृतले लोकान्तरसँग भने, ‘यसका लागि प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई देशको एकै ठाउँबाट खटाउनुपर्ने भएकाले विज्ञ जनशक्ति कम भएको हो ।’
बलात्कार र यौनजन्य अपराधलाई रोक्नका लागि यसका सरोकारवालाले जनचेतनाका कार्यक्रमहरू बढाउनुपर्ने जस्तै राजनीतिकर्मी, सञ्चारमाध्यम, अभियानकर्ताहरू पनि यसको न्यूनीकरणमा लाग्नुपर्ने एसएसपी कुँवरले बताए ।
‘बालिकाहरूलाई शारीरिक रूपमा बलियो र आत्मरक्षाका विषयमा बलियो बनाउन मार्सल आर्टसहरू पनि सिकाउनुपर्ने देखिन्छ,’ एसएसपी कुँवरले भने ।
कमजोर शिक्षाले बलात्कार निम्त्यायोः निर्मला ढकाल, समाजशास्त्री, त्रिभुवन विश्वविद्यालय
विद्यालयमा यौन दुर्व्यवहार पढाइको विषय नभएको र व्यवहारिक हिसाबले परिवारले पनि यसका बारेमा नसिकाएकाले कलिला बालिकाहरू यौनजन्य हिंसाको शिकार भएको त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागकी उपप्राध्यापक एवं समाजशास्त्री निर्मला ढकालले बताइन् ।
परिपक्व नभएका १०/१२ वर्षका बालिकाहरू बलात्कारको शिकार भएको र उनीहरूलाई शारीरिक अवस्थाबारे पनि जानकारी नहुने उनले बताइन् ।
‘कुन ठाउँमा छुँदा हिंसा हुन्छ भन्ने कुराको पनि जानकारी नभएका कारण बालिकाहरू बलात्कार र दुर्व्यवहारको शिकार भएका छन्,’ ढकालले लोकान्तरसँग भनिन् ।
विद्यालयमा तल्ला कक्षहरूबाटै यौनजन्य हिंसाबारे पढाइ शुरू गर्ने हो भने बालिकाहरूलाई सचेत बनाउन सकिने उनको सुझाव छ ।
आफन्तबाटै बलात्कृत हुने क्रम बढेको भन्दै उनले यसको न्यूनीकरणमा परिवार स्वयं सचेत हुनुपर्ने बताइन् ।
अभिभावकले छोराछोरीलाई समय दिने, आफन्तहरूको भरमा नछाड्ने र विद्यालयका पाठ्यपुस्तकमा १ कक्षादेखि नै यौन शिक्षाका बारेमा पढाउनुपर्ने सुझाव समाजशास्त्री ढकालको छ ।
मानिसहरूमा चेतना अभिवृद्धि भएकाले बलात्कारका घटनाहरू सार्वजनिक हुने क्रम बढेपनि कानून भने अझै कमजोर रहेको उनको टिप्पणी छ ।
समाज नै बिरामी छः डा. विमला राई पौडेल, राष्ट्रिय सभा सदस्य
अहिले बलात्कारका घटना धेरैजसो दुर्गम ठाउँमा भएको देखिन्छ ।
जहाँ राज्यले कानूनको विषयलाई पहुँचमा पुर्याउन सकेको छैन त्यस्ता ठाउँमा बलात्कारका घटना बढी भएको देखिएको राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौड्यालले बताइन् ।
‘बलात्कार त लगभग हरेक घरमा भएको देखिन्छ, तर विषेश गरेर दुर्गम र राज्यले कानूनको जानकारी पुर्याउन नसकेको ठाउँमा धेरै घटना भएको देखिन्छ,’ उनले लोकान्तरसँग भनिन् ।
छोरीलाई जोगिएर हिँड् भन्न सिकाउने समाजले छोरालाई यस्तो गर्नु हुँदैन भनेर नसिकाएकाले पनि यस किसिमका अपराध मौलाएको उनको तर्क छ ।
‘हाम्रो समाजमा छोरी बलात्कारमा परी भने बर्बादै भयो भन्ने तर छोराले बलात्कार गरेको खण्डमा लुकाउने र सामान्य लिने गर्दा समाज नै बिरामी भएको देखिन्छ,’ डा. राईले भनिन्, ‘यस्ता सामाजिक कुराहरूलाई राज्यले चिर्नु जरुरी देखिन्छ ।’
कडा कानूनले मात्र बलात्कार नघटाउने भन्दै डा. राईले अनुसन्धान र दण्ड सजायलाई पनि बलियो बनाउन जरुरी रहेको बताइन् ।
हामीले कानून बनायौं, पालना गर्ने दायित्व नागरिकको होः शिवमाया तुम्बाहाम्फे, मन्त्री
कानून निर्माण गर्ने निकायले कडा कानून निर्माण गरेको र कानून पालना गर्ने दायित्व हरेक नागरिकको भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले बताइन् । उनी पूर्व कानूनमन्त्री एवं पूर्व उपसभामुख समेत हुन् ।
‘नेपालको संविधानमा हरेक नागरिकले संविधान र ऐनको पालना गर्ने दायित्व भएको उल्लेख छ । यस्ता घटना संलग्न हुँदा कस्तो कारवाही हुन्छ भन्ने ज्ञान हुनुपर्छ,’ मन्त्री तुम्बाहाम्फेले लोकान्तरसँग भनिन्, ‘कानूनको चेतना हरेक नागरिकमा हुनुपर्छ, तब मात्र बलात्कारका घटनामा कमी आउँछन् ।’
बलात्कार र यौन अपराधका विषयमा कानून कडा भएपनि त्यसको कडाइका साथ पालना नहुँदा घटना बढेको उनको तर्क छ ।
सरकारले बलात्कार र कानून कार्यान्वयनका विषयमा कानून मन्त्रालयमार्फत जनचेतनाका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा कार्याक्रम सञ्चालन गरिरहेको र हरेक नागरिकले यसका विषयमा पूर्ण जानकार भएपछि बलात्कारका घटना कम हुने र लुकेका घटनाहरू बाहिर आउने मन्त्री तुम्बाहाम्फेको बुझाइ छ ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...