×

NMB BANK
NIC ASIA

फिल्म समीक्षा

मिनारी : अमेरिकामा आप्रवासी जीवनसंघर्षको संवेदनशील चित्रण

चैत १५, २०७७

NTC
Premier Steels

संसारका सबै मुलुकका मानिसका लागि अमेरिका आकर्षक गन्तव्य हो । अमेरिका गएर सुखद जीवनयापनको कामना प्रायः सबै मुलुकका आप्रवासीले राखेका हुन्छन् ।

Muktinath Bank

तर अमेरिकाका रुखमा सुनका फल लाग्दैनन् । निकै कठोर मेहनत र संघर्षपछि मात्र सुखद जीवन नसिब हुन्छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आप्रवासीको त्यही सपना र अमेरिकामा सम्मानित जीवन बाँच्नका लागि राखेको धोकोलाई भावनात्मक तथा संवेदनशील रूपमा चित्रण गर्न कोरियाली भाषाको चलचित्र मिनारी सफल छ । निर्देशक ली आइज्याक चुङको आफ्नै जीवनीमा आधारित भनिएको उक्त चलचित्रमा दक्षिण कोरियाबाट सन् १९८० को दशकमा अमेरिकातर्फ बसाइँ सरेर गएको एक परिवारको कथा देखाइएको छ ।


Advertisment
Nabil box
Kumari

फिल्मका प्रमुख पात्र जेकबमा महत्त्वाकांक्षा र आशा प्रचुर मात्रामा पाइन्छ । क्यालिफोर्नियामा चल्लाको लिंग छुट्ट्याउने जस्तो सामान्य काम गरेर वाक्कदिक्क भएका उनी थप राम्रो अवसरको खोजीमा पत्नी मोनिका र दुई सन्तान यान्नी र डेभिडलाई साथ लिई आर्कान्सास राज्यको ओजार्कमा पुग्छन् । 

Vianet communication

चल्लाको लिंग छुट्ट्याउने काममा दक्ष दम्पती आर्कान्सासमा पनि त्यही काम गर्न थाल्छ तर जेकबलाई खेतीपातीमा रुचि भएकाले उनी प्रशस्त जमीन लिएर तरकारी रोप्न थाल्छन् ।

क्यालिफोर्नियाको व्यस्त शहरबाट टाढा जंगलको छेउमा एकलासे ठाउँमा कृषि गर्न आउने अनि विरक्तिलाग्दो चक्के घरमा बस्ने जेकबको निर्णयलाई पत्नी मोनिकाले चित्त बुझाउँदिनन् । उनीहरूबीच झगडा हुन्छ र छोराछोरीहरू हतप्रभ हुन्छन् । मोनिकालाई त्यस्तो एकलासे ठाउँमा छोरो डेभिडको कमजोर मुटु भएका कारण सहज उपचार उपलब्ध नहुने पीर छ । 
 

जेकब र मोनिका दुवै काममा खटिँदा छोराछोरीको रेखदेख गर्ने कोही त चाहियो भनी मोनिकाकी आमा सूनजालाई कोरियाबाट मगाइन्छ । सूनजा खाना पकाउन नजान्ने अनि छाडा बोल्ने भएकीले नाति डेभिडको नजरमा उनी आदर्श हजुरआमा हैनन् । त्यसमाथि आफ्नो कोठा हजुरआमासँग शेयर गर्नुपर्दा उनी निकै चित्त दुखाउँछन् । 

यसैबीच कृषिकर्ममा सहायताका लागि जेकबले पल नामक पूर्वसैनिकलाई नियुक्त गर्छन् । कोरियाली युद्धमा लडेका पलले यस कोरियाली परिवारमा आत्मीयता भेट्छन् तर शायद युद्धको आघातले गर्दा होला उनको स्वभाव अलि अनौठो किसिमको छ । उनी अनौठा आवाज निकाल्छन् अनि जिसस क्राइस्टको नाम लिइरहन्छन् । अनि जिससले जस्तो गरी क्रस बोकेर लतार्दै उनी सडकमा निस्कने गर्छन् । 
 

जेकब र पलको मेहनतले तरकारी त फल्छ तर त्यसलाई बेच्नका लागि अर्को महाभारत हुन्छ । किन्ने भनी ठिक्क परेका ग्राहकले अन्तिम समयमा धोका दिन्छन् अनि अन्य विघ्नबाधा आइलाग्छन् । छोरोछोरीको रेखदेखका लागि ल्याइएकी हजुरआमा थप बोझ बन्न पुग्छिन् ।

अर्थात्, प्रवासी परिवारले सुखद जीवनको कल्पना गरे पनि त्यो सहजै उपलब्ध हुँदैन । जेकब र मोनिकाको विवाह नै टुट्नेसम्मको स्थिति आउँछ । 

संघर्षको यस कथामा आशाका प्रतीकहरू पनि निर्देशक चुङले राखेका छन् । जस्तो, फिल्मको शीर्षक मिनारी आफैंमा प्रतीकात्मक छ । मिनारी भनेको कोरियामा फल्ने एक बोट हो जुन पर्याप्त पानी पाएमा जुन ठाउँमा पनि उम्रिन्छ । त्यसलाई खिम्ची भनिने कोरियाको लोकप्रिय भोजन बनाउनमा उपयोग गरिन्छ । जस्तो परिस्थितिमा पनि हुर्किन सक्ने विशेषता भएको मिनारी अमेरिकी सपना पछ्याउने आप्रवासीको प्रतीक हो । 
 

आप्रवासीले देखेको सपना अमेरिकाको ऊर्वर भूमिमा जहाँ पनि साकार हुन सक्छ । हजुरआमा सूनजाले कोरियाबाट दाना ल्याएर एउटा सानो खोल्सो नजिक रोपेको मिनारीको बोट हुर्केर परिवारमा आशाको सञ्चार गराएको छ । 
आदिम कालमा पशु शिकार युगबाट कृषियुगमा प्रवेश गरेको मानिसको संघर्षलाई प्रतिबिम्बित गर्ने एक आप्रवासी परिवारको जीवनकालको सानो अवधिको यो कथा निकै मार्मिक तवरले पर्दामा उतारिएको छ । प्रमुख पात्रहरूले आफ्नो चरित्रमा पूरापूर न्याय गरेका छन् । 

विशेषगरी हजुरआमा सूनजाका रूपमा युह–जुङ यून र नाति डेभिडका रूपमा बालकलाकार एलन किमबीचको संवाद तथा गैरभाषिक सञ्चार फिल्मको सबल पक्ष हो । त्यसो त सबै पात्रहरू वास्तविक जीवनको नगिच छन् । सबै पात्रहरू निर्माणमा लेखक/निर्देशक चुङले कठोर मेहनत गरेको स्पष्ट देखिन्छ ।
 

आर्कान्सासको सुन्दर तथा ऊर्वर भूमिलाई सिनेमाटोग्राफर लाकलान मिल्नेले कलात्मक रूपमा पर्दामा उतारेका छन् । कतिपय दृश्यमा प्रकृति आफैं अर्थपूर्ण रूपमा देखिएकी छन् अनि प्रकृतिको काखमा पात्रहरूको गतिविधिलाई तालमेल मिलाएर राखेको देखिन्छ । 

फिल्मको संगीतमा इमाइल मोस्सेरीले मेहनत गरेका छन् । पात्र तथा घटनाको मूड अनुसारको संगीत फिल्मको कथा अघि बढ्ने क्रममा बज्दा श्रोतादर्शकको ध्यान एकत्रित भएको पाइन्छ । 
 

मिनारीको जस्तो कथा भन्ने अरू कैयौं फिल्म छन् तर त्यही कुरालाई सरल तथा संवेदनशील रूपमा भन्न सकेकाले यो फरक बनेको छ । अनि हलिउडमा गोरा जातिका मानिसको कथा हेरिरहिएकोमा अन्य जातिले अमेरिकी सपना साकार पार्नका लागि गरेको प्रयासको कथा हेर्दा फ्रेश अनुभव पनि हुन्छ । 

अमेरिकामा जीवनयापनका लागि संघर्ष गर्ने नेपाली तथा अन्य परिवारले यस फिल्मका प्रमुख पात्रमा आफूलाई देख्नेछन् । त्यस अर्थमा कोरियाली परिवारको कथा एकप्रकारले सम्पूर्ण मानवताकै कथा हो । 

फिल्म हेरेको लामो समयसम्म पनि यसलाई दर्शकले मनमा सजाउन सक्नु नै यसको ठूलो विशेषता हो । तडकभडकविनाको सरल कथाले नै गम्भीर दर्शकको मन जित्छ भन्ने तथ्यलाई मिनारीले स्थापित गरेको छ ।

यस वर्षको अस्कर पुरस्कारका लागि ६ वटा विधामा नामांकित फिल्म मिनारी पुरस्कारका लागि पूर्णतः हकदार छ । 

फिल्म : मिनारी
कलाकार : स्टिभन युन, येरी हान, युह–जुङ यून, विल प्याट, एलन किम, नोएल केट चो आदि
निर्देशक : ली आइज्याक चुङ
विधा : ड्रामा
अवधि : १ घन्टा ५५ मिनेट

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x