×

NMB BANK
NIC ASIA

एटीएम ह्याकिङको प्रयास

काठमाडौं ओर्लिएकै दिन एटीएम ह्याकको प्रयास, चीनमै बनेको थियो योजना !

चैत १८, २०७७

NTC
Sarbottam
पक्राउ परेका चिनियाँ नागरिक
Premier Steels
Marvel

चैत १७ गते मंगलवार साँझ काठमाडौंको ज्याठामा एटीएम बुथ ह्याक गरेर पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक २९ वर्षीय वाङ सियाओलोङलाई प्रहरीले पक्राउ गर्‍यो ।

Muktinath Bank

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार वाङले मंगलवार दिउँसो नेपाल आएको केही घण्टापछि नै एटीएम ह्याकको प्रयास गरेको देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपाल आउँदाको दिन नै एटीएम ह्याक गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ एसएसपी सिंहले लोकान्तरसँग भने, ‘अन्य कुराहरूको अनुसन्धान भइरहेको छ ।’


Advertisment
Nabil box
Kumari

प्रहरीले उनी नेपाल आउनेवित्तिकै कसरी एटीएम ह्याक गरे ? उनीसँग अरू को–को संलग्न छन् भन्ने विषयको अनुसन्धान गरिरहेको बताएको छ । 

Vianet communication
Laxmi Bank

प्रहरीका अनुसार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिनेबित्तिकै ठमेल ज्याठास्थित होटल म्यान्थसको चौथो तल्लामा रहेको रूम नम्बर ४०५ मा बसे ।

त्यहाँ केही समय बसेपछि उनी नजिकै रहेको मेगा बैंकको एटीएम ह्याक गर्नका लागि बूथमा प्रवेश गरेको देखिन्छ ।

ह्याकिङको प्रयास गर्दागर्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कसरी पत्ता लाग्यो ह्याकिङ ?

मेगा बैंकको केन्द्रीय कार्यालयबाट आफ्नो एटीएम बुथमा अस्वाभाविक गतिविधि देखिएको सूचना महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहलाई आयो ।

जानकारी पाउनासाथ महानगरीय प्रहरी परिसरबाट डीएसपीको टोली र महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोली परिचालन भयो ।​ साेही टोलीले उनलाई पक्राउ गरेको हो ।

यसअघि २०७६ भदौ १४ गते ६ जना चिनियाँ नागरिकलाई एटीएम ह्याक गरेर पैसा चोरी गर्दागर्दै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो ।

प्रहरीले चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानगाङ, किउ युनकिङ र चेन बिनलगायत ५ जनालाई सार्वजनिक गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भाग्न खोजेका सु लु सिङ भदौ १५ गते पक्राउ परेका थिए । 

आरोपीले नबिल बैंकको दरबारमार्गमा रहेको एटीएम, हिमालयन बैंकको ठमेलमा रहेको एटीएम र प्रभू बैंकको कमलपोखरीमा रहेको एटीएमबाट रकम निकालेका थिए । 

पक्राउ परेका चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १ सय ८ अमेरिकी डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, २ सय ५० यूरो, ५ हजार क्याम्बोडीन मुद्रा र ८० हङकङ डलर फेला परेको थियो । 

नक्कली भिसा कार्ड १ सय ३२ थान, सक्कली भिसा कार्ड १८ थान, कार्ड प्रिन्टर मशिन १ थान, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड १/१ थान प्रहरीले बरामद गरेको थियो । 

यसपटक पक्राउ परेका वाङको साथबाट प्रहरीले १० वटा चाबीको झुप्पा एक थान, १० वटा एटीएम कार्ड, एप्पलको म्याकबूक, चाइनिङ पासपोर्ट लगायतका सामग्री बरामद गरेको छ ।

उनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x