×

NMB BANK
NIC ASIA

नेपालप्रेमी थिए राजकुमार फिलिप

चैत २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ। महारानी एलिजाबेथले बडो दुःखका साथ पति ‘ड्युक अफ एडिनबरा’ राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी बकिङहम राजदरबारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

Muktinath Bank

महारानी एलिजाबेथले सन् १९६१ र सन् १९८६ मा दुईपटक नेपालको राजकीय भ्रमण गर्दा राजकुमार फिलिप सँगै आएका थिए। बेलायती महारानीबाट विशिष्ट सम्मान ‘ओबीई’ प्राप्त समाजसेवी डा. राघवप्रसाद धिताल ‘ओबीई’ फिलिपको नेपाल–प्रेमलाई विशेष रूपमा सम्झना गर्छन्। ‘उहाँमा नेपालप्रति विशेष सद्भाव थियो’, डा. धितालले अन्नपूर्ण पोस्ट्सँग भने।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलायती सेनामा सेवारत गोर्खा सैनिक र नेपालको तत्कालीन राजसंस्थासँग नजिकको सम्बन्धजस्ता कारणले बेलायती राजपरिवारका अन्य सदस्यजस्तै फिलिपले नेपाललाई थप महत्त्व दिएको डा. धितालको बुझाइ छ। कुनै विशेष समारोहमा नेपाली टोपी लगाएर जाँदा फिलिपले हात हल्लाउने, मुस्कुराउने गरेको सम्झना डा. धिताललाई छ। नेपालको तत्कालीन राजपरिवारसँग व्यक्तिगत तहमै फिलिपको सम्बन्ध रहेको उनले सुनाए। उनले अध्ययन गर्न बेलायत आउँदा तत्कालीन युवराज दीपेन्द्र र अधिराजकुमार नीराजन राजकुमार र महारानीको सम्पर्कमै बस्ने गरेको बताए।


Advertisment
Nabil box
Kumari

लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी ‘क्युसी’ जनताको महान् सेवकका रूपमा फिलिपको सम्झना गर्छन्। ‘दोस्रो विश्वयुद्धपछि बेलायतमा राजनीतिक स्थिरता कायम गराउन महारानीलाई पतिका रूपमा उहाँले महत्त्वपूर्ण साथ दिनुभयो’, फिलिपलाई दुई अवसरमा भेटेका डा. सुवेदीले भने, ‘उहाँले यहाँका कैयौं च्यारिटीमा संरक्षकको भूमिकाबाट पनि ठूलो योगदान पुर्‍याउनुभएको छ।’

Vianet communication
Laxmi Bank

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राजकुमार फिलिपको निधनमा दुःख व्यक्त गरेका छन्। उनले जीवनमा अनगिन्ती युवालाई प्रेरित गरेको उल्लेख गर्दै प्रधानमन्त्री जोन्सनले बेलायतीमाझ राजसंस्थाले बनाएको आजको स्थानका लागि उनको विशेष योगदान रहेको स्मरण गरेका छन्। 

पछिल्लो समय अस्वस्थ रहेका फिलिप एक महिना अस्पताल बसेर हालै डिस्चार्ज भएका थिए। उनको विन्डसर क्यासलस्थित निवासमै निधन भएको हो। उनको जन्म सन् १९२१ जुन १० मा ग्रिक आइल्यान्ड कोर्फुमा भएको थियो। उनले सन् १९४७ नोभेम्बर २० मा तत्कालीन राजकुमारी एलिजाबेथसँग विवाह गरेका थिए। विवाहको पाँच वर्षपछि एलिजाबेथ बेलायतकी महारानी घोषित भएकी थिइन्। उनीहरूका ४ सन्तानका साथै ८ नाति–नातिना र १० पनाती–पनातिना छन्। अन्नपूर्ण पोस्टमा ध्रुवराज अर्यालले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x