विधान संशोधन गर्दै एक्यानको ३६औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल चार्टड एकाउन्टेन्ट्स संघको ३६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाल राष्ट्र बैंकका गर्भनर सिए महाप्रसाद अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न साधारणसभाले, संघीयताको मर्म अनुरुप संघको संगठनात्मक संरचना तथा महिला समावेशीकरण सुनिश्चितता सहित सर्वसम्मत रुपमा विधान संशोधन पारित समेत गरेको छ ।


Advertisement

साधारणसभामा बोल्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले संघको आफ्नै भवन निर्माणका लागि सहयोग गर्ने र चार्टड एकाउन्टेन्ट्स उपाधि प्राप्त विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रदान गर्ने सम्बन्धमा रहेका द्धिविधाहरुको छिटो समाधानका लागि आवश्यक पहल लिने समेत प्रतिबद्धता जनाए ।

सो कार्यक्रममा नेपाल राष्ट्र बैंक सिए पेसाबाट पहिलो गर्भनर सिए महाप्रसाद अधिकारी र ५० वर्षभन्दा बढि चार्टड एकाउन्टेन्ट्स प्रोफेसनमा योगदान पुर्‍याएबापत सिए टि.आर. उपाध्यायलाई सम्मान गरिएको थियो ।

साथै कार्यक्रमका विशिष्ट अतिथि, नेपाल राष्ट्र बैंकका गर्भनर तथा संघका पूर्वमहासचिव सिए महाप्रसाद अधिकारीले आर्थिक रुपान्तरणका लागि सिएहरुको योगदान अतुलनीय रहने बताए । साथै उनले नेपाल राष्ट्र बैंकमा समेत सिएहरुको कार्यसम्पादन क्षमता तथा माग उच्च रहेको बताए ।

उक्त कार्यक्रममा आइक्यान अध्यक्ष मदनकृष्ण शर्मा, महालेखा परीक्षक टंकमणी शर्मा, वरिष्ठ चार्टड एकाउन्टेन्ट्स टिआर उपाध्याय लगायतले एक्यानको गतिविधि सम्बन्धमा आफ्नो विचार राखेका थिए ।  
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्