प्रभु बैंकले सञ्चालनमा ल्यायो महादेवफाँट शाखा कार्यालय

प्रभु बैंक लिमिटेडले नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नं. ७ स्थित महादेवफाँटमा २१४ औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको महादेवफाँट शाखा कार्यालयको उद्घाटन प्रमुख अतिथि वाग्मती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गरेका थिए ।  


Advertisement

उक्त कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि पाण्डेले बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्