कंगना रनावतको ट्विटर अकाउन्ट सस्पेन्ड

बलिउड अभिनेत्री कंगना रनावतले ट्विटरमा निकै कडा पोस्टहरू गर्ने गरेकोमा ट्विटरले मंगलवार उनको अकाउन्ट सस्पेन्ड गरेको छ । 

पश्चिम बंगालको विधानसभा निर्वाचनपछि ममता बनर्जीलाई ताडका राक्षसी भनी आलोचना गरेपछि ट्विटरले कंगनामाथि यो कारवाही गरेको विश्वास गरिएको छ ।
 


Advertisement

कंगनाले ममताका विरुद्ध लगातार ट्वीट गरिरहेकी थिइन् र बंगालमा राष्ट्रपति शासन लगाउन माग गरेकी थिइन् । 

अकाउन्ट सस्पेन्ड भएपछि कंगनाले बयान दिइन्, ‘ट्विटर बनाउनेहरू अमेरिकी हुन् र गोरा मान्छेले खैरा मान्छेलाई दास बनाउने जन्मसिद्ध अधिकार आफूहरूसँग रहेको ठान्ने गरेका छन् भन्ने मेरो दाबीलाई ट्विटरले प्रमाणित गरेको छ । मसँग आवाज उठाउनका लागि विभिन्न प्ल्याटफर्म छन् जसमा सिनेमा पनि पर्छ ।’
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्